एजेन्सी । जागिर खानुभन्दा व्यापार–बिजनेस गर्नु, उद्यमी बन्नु राम्रो कुरा हो । सानै किन होस् तर आफ्नै होस् । आफ्नै र आफैंले केही गर्दा मिल्ने सन्तुष्टि जागिरबाट सायदै प्राप्त हुन्छ ।
यही सोचलाई बदल्न युवा उद्यमी अरुणा चावलाले एउटा बिजनेस सुरु गरिन् ।
बिजनेस सुरु गरिन् तर कन्डमको । त्यो पनि यङ वुमनले ।
अझै पनि हाम्रो समाज उदार छैन । प्रेम गरेकै आधारमा मृत्युवरण गर्नुपर्ने समाज हाम्रै हो । पानी नचल्ने समाज पनि यहीँ छ । यस्तोमा एउटी महिलाले कन्डम उत्पादन सुरुवात गरिन् ।
त्यसो त यो सेक्टरलाई ‘मेन अन्ली (मात्र पुरूष) भनिन्छ । हामी आधुनिक त निकै भयौं । तर, आज पनि सेक्स, कन्डम र गर्भनिरोधकका उपायबारे पर्दापछाडि लुकीछिपी नै कुरा हुन्छन् । यस्तो स्थितिमा यदि कन्डमको बिजनेसमा महिला आउँदा धेरैलाई आश्चर्य लाग्न सक्छ । पुरूषको वर्चश्व रहेको यो क्षेत्रमा महिला आउनु त्यति सजिलो छैन ।
तर, भारतका केही महिला उद्यमी (एन्टरप्रेन्योर) यस्ता छन् जसले कन्डम र सेक्स प्रडक्टको बिजनेसमा आफूलाई खरो रूपमा उतार्दै उपलब्धि हासिल गरिरहेका छन् ।
यसैमध्येकी एक हुन्, सलद कन्डम्स्की फाउन्डर अरुणा चावला ।
वकिलबाट सुरु गरेकी थिइन् करिअर
अरुणाले आफ्नो करियरको सुरुवात वकिल पेसाबाट गरिन् । उनले क्रिस्ट युनिभर्सिटी बैंगलोरबाट सन् २०१३–२०१८ सम्म कानुन विषय पढिन् । त्यसपछि केही समय आर्ट एन्ड फेसन लयरको रूपमा काम गरिन् । तर,उनलाई यसो गर्दा मजा आएन । उनलाई महसुस भयो, यो क्षेत्र उनका लागि होइन ।
अरुणाले रिचर्स र स्टडीमा आफूलाई केन्द्रित गरिन् । र, बायर साइकोलोजिस्टको रूपमा काम थालिन् । यही बीचमा उनले बीटुसी ई–कमर्स ब्रान्डस्बारे रिचर्स गरिन् । आफ्ना एक क्लाइन्टका लागि हेल्थ एन्ड वेलनेस सेक्टरको बारेमा पढ्दै गर्दा थाहा भयो, भारतमा मात्रै ५.६ प्रतिशत मानिसले मात्रै कन्डम प्रयोग गर्छन् । जबकि गर्भनिरोधको यो साधन बजारमा छ्यापछ्याप्ती पाइन्छ ।
अरुणाले यसबारे दुई महिना लगाएर रिचर्स गरिन् । उनलाई थाहा भयो– कन्डम कम प्रयोग गरिनुको कारण पैसा र उपलब्धता होइन । बरु कन्डमलाई यो समाजमा स्विकार्यता छैन ।
रिसर्च गरिरहँदा उनले देशभरका कन्डम निर्माता कम्पनीसँग संवाद गरिन् ।
आफ्नो ब्रान्ड आइडिया
पुरुष होस् या महिला, अफलाइन स्टोरबाट कन्डम किन्न आज पनि कति अप्ठ्यारो छ भन्ने अरूणालाई थाहा थियो । यस्तो अवस्थामा यदि मान्छेले अनलाइन कन्डम सपिङको सुविधा पायो भने धेरै सहज हुन्छ भन्ने लागेपछि उनलाई ‘सलाद’ सुरु गर्ने आइडिया आयो ।
र, जुन २०२० मा उनले आफ्नो स्टार्टअप सलद लन्च गरिन् ।
अरुभन्दा सेलड कसरी भिन्न ?
अरुणाको यस कम्पनीले भिगन, नन ट्याक्सिस र वातावरणमैत्री कन्डम अनलाइनमार्फत उपलब्ध गराउँछ । जुन प्राकृतिक लेटेक्सबाट बनेको हुन्छ । यसमा कुनै प्रकारको गन्ध वा दुर्गन्ध छैन । साथै सलद रिसाइकिलेबल प्याकेजमा आउँछ ।
अहिले सलद प्रडक्ट किन्नेमा ५२ प्रतिशत महिला छन् ।
सलद कन्डमको प्याकेजिङमा ब्राइट कलर्स र भिडियो गेमजस्तो डिजाइन राखिएको छ । यो राख्नुको पछाडि पनि कारण छ । कारण के भने, यदि कसैले यसलाई कहीँ राखेको देख्यो भने पनि खोल्न असहज नहोस् ।
मुस्किलको सामना
सेक्सुअल वेलनेसको फिल्डमा महिला एन्टरप्रेन्योरलाई बाधा–अड्चन नहोस्, यस्तो हुनै सक्दैन । सलाद सुरु हुँदा ब्रान्ड र अरुणामाथि सामाजिक सञ्जालमा अश्लील मेसेज र गाली बर्सियो । यसका कारण उनले सामाजिक सञ्जालबाट आफ्नो फोटो डिलिट गर्नुपर्यो । त्यसो त भारत टप कन्डम उत्पादनमा अग्रपंक्तिमा आउँछ ।
तर, उनलाई आफ्नो ब्रान्डका लागि मेनुफ्याक्चर्स भेटाउन निकै गाह्रो भयो । उनले अन्य कन्डम मेनुफ्याक्चर्ससँग सम्पर्क गर्दा कतिपय त उनीसँग यस विषयमा कुरै गर्न चाहन्नथे । उनले बारम्बार सुनिरहने कुरा थियो, ‘तपाईंले आफ्ना पति या पितासँग हाम्रो कुरा किन गराउनुहुन्न ?’
यी समस्याहरूबीच कन्डम मेनुफ्याक्चर्स खोज्नु अरुणाका लागि चुनौती थियो । जसले उनले सहज महसुस गर्ने गरी वर्किङ स्पेस क्रियट गर्न सकोस् ।
अन्ततः अरुणाको खोज २०२१ मा पूरा भयो ।
क्युआर कोडसहितको प्याकेजिङ
अरुणाको भनाइ छ– ‘कन्डम केवल ‘मेल प्लेजर’ (पुरुष आनन्द) का लागि होइन । यो त दुवै पार्टनरका लागि हो । साथै सेक्स अश्लील नै हुनु जरुरी पनि छैन । हामी ‘हेल्थ फस्र्ट अप्रोच’ सहित चल्छौं । र, हाम्रो फोकस भनेको सेफ सेक्समा हो ।
सलदको प्याकेजिङमा एउटा क्युआर कोड हुन्छ । त्यसलाई स्क्यान गर्दा प्रडक्टबारे विस्तृतमा जानकारी लिन सकिन्छ ।
बिनाविज्ञापन मार्केटिङ
सलद लन्च गर्नुपूर्व अरुणाले आफ्नो ब्रान्डका लागि माउथ मार्केटिङको सहयोग लिइन् । साथीसँगीलाई स्याम्पल बाँडिन् । सेक्स एजुकेसनबारे क्लब हाउसमा सेसन सुरु गरिन् । विभिन्न सेमिनार आयोजना गरिन् । तर, यसको विज्ञानपमा उनले पैसा खर्च भने गरिनन् ।
अहिले सलदको वेबसाइटमार्फत आवश्यक ठाउँमा डेलिभरी हुने गरेको छ ।