काठमाडाैं । मुक्तिनाथ विकास १६ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ ३२ वटा शाखाको केन्द्रीय कार्यालयबाटै समुद्घाटन गरेको छ । प्रदेश नं १ मा ४, प्रदेश नं २ मा ३, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ५ र सुद्धरपश्चिम प्रदेशमा २ वटा शाखा कार्यालयहरुको औपचारिक रुपमा शाखा समुद्घाटन गरेको छ । उक्त समारोहको समुद्घाटन बैंकका अध्यक्ष भरत राज ढकालले गरेका हुन् ।
यस्तै बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरुले विद्यालयमा स्टेसनरी सामग्री तथा फर्निचर , अनाथालय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा, विभिन्न ठाउँमा डस्बिन वितरण, वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ साक्षरताका कार्यक्रम सम्पन्न गरेको छ । यस्तै विद्यार्थीलाई न्यानो कपडा, स्कुल ब्याग वितरण, विद्यालयका पुस्तकालयलाई बस्ने कुर्सी सहयोग र विभिन्न संस्थालाई आर्थिक सहयोगसमेत गरेको छ ।
यसैगरी बैंकका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयले वृहत् रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका छन् । वार्षिकोत्सवको अवसरमा उल्लेखित सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि १० लाख बराबरको सहयोग गरेको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएम, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता, इन्टरनेट बैंकिङजस्ता सेवाहरु दिँदै आइरहेको छ ।