काठमाडौं । नाडा अटो सो २०१९ यही भदौ १० गतेदेखि सुरु भएको छ । सरकारले विद्युतीय तथा हाइब्रीड गाडीलाई प्रोत्साहन गर्ने नीति लिएसँगै चौधौँ नाडा अटो सोमा विभिन्न ब्राण्डका इलेक्ट्रिक तथा हाइब्रीड फोर ह्वीलर्स र टू ह्वीलर्स लन्च तथा सोकेस गरिएको छ ।
यस वर्षको अटो सोमा विद्युतीय तथा हाइब्रीड गाडीलाई सोकेस नगर्ने कम्पनीले पनि आगामी अटो सोमा त्यसप्रकारका गाडी लन्च तथा सोकेस गर्ने बताएका छन् । फोर ह्वीलर्स सेग्मेन्टमा नाडामा २३ ओटा ब्राण्डले सहभागिता जनाएका छन् । जसमा विभिन्न कम्पनीले हाइब्रीड तथा विद्युतीय गाडीहरु ल्याएका छन् । यस वर्ष नाडा अटो सोमा सोकेस भएका विद्युतीय तथा हाइब्रीड गाडी यस्ता छन् ।
एमजी मोटर्स
एमजीले यसवर्षको नाडा अटो सोमा जेटएस इलेक्ट्रिक भेहिकलको सोकेस गरेको छ । यसको मूल्य कम्पनीले ४९ लाख ९९ हजार तय गरेको छ ।
हुण्डाई
हुण्डाईले यो वर्ष नाडा अटो सोमा आफ्नो लोकप्रिय इलेक्ट्रिक भेहिकल कोनाको प्रदर्शन गरेको छ । ६४ किलोवाट क्षमताको कोनालाई कम्पनीले नाडामा ६५ लाख ९६ हजार रुपैयाँमा बिक्री गर्दैछ ।
बीवाईडी
बीवाईडी कम्पनीले यस वर्षको नाडा अटो सोमा आफ्ना दुईओटा इलेक्ट्रिक भेहिकल ई–सिक्स र एम–थ्रीको सोकेस गरेको छ ।
बीवाईडील ई–सिक्सको मूल्य ६६ लाख रुपैयाँमा एक लाख छुट दिएको छ भने एम–थ्रीमा सात र पाँच सिटर गरी दुई ओटा भेरियन्ट छन् जसको मूल्य क्रमशः साढे ४७ लाख र साढे ४६ लाख रुपैयाँ रहेको छ । कम्पनीले यी दुई मोडलमा डेढ डेढ लाखको छुट दिएको छ ।
फोर्ड
फोर्डले यस वर्षको नाडा अटो सोमा फोर्ड फ्रिस्टाइलको सोकेस गरेको छ । यो एउटा क्रस युटिलिटी भएको हाइब्रीड गाडी हो । यसको मूल्य ३३ लाख रुपैयाँ रहेको छ । कम्पनीले स्क््रयाच कार्डमार्फत तीन लाख रुपैयाँसम्मको छुटको व्यवस्था गरेको छ ।
सुजुकी
सुजुकीले यसवर्षको नाडा अटो सोमा चार ओटा हाइब्रीड गाडीको सोकेस गरेको छ । जसमा सुजुकी अर्टिगाको मूल्य ३८ लाख ९९ हजारदेखि ४४ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ ।
यस्तै अर्को सुजुकी सियाजको मूल्य ३८ लाख २९ हजारदेखि ४४ लाख ३९ हजार रुपैयाँसम्म रहेको छ । यस्तै एस क्रसको मूल्य ४२ लाख ९९ हजारदेखि ४८ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ । यस्तै बालेनोको मूल्य ३३ लाख ९९ हजारदेखि ३६ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ ।
पिउग्योट
पिउग्योट कम्पनीले पनि पार्टनर टिपी विद्युतीय गाडी यसवर्षको नाडा अटो सोमा सोकेस गरेको छ । यो गाडीको मूल्य ५० रुपैयाँ लाख रहेको छ जसमा कम्पनीले तीन लाख रुपैयाँसम्मको छुट दिने बताएको छ ।
टोयोटा
टोयोटाले यसवर्ष दुई ओटा हाइब्रीड गाडी क्यामरी हाइब्रीड र र्याभ फो हाइब्रीड सोकेस गरेको छ ।
जसमा क्यामरीको मूल्य एक करोड ३१ लाख रुपैयाँ र र्याभ फोको मूल्य एक करोड ३४ लाख रुपैयाँ रहेको छ । कम्पनीले यसमा कुनै छुट नहुने बताएको छ ।
किया मोटर्स
कियाले यो वर्षको नाडा मेलामा इलेक्ट्रिक भेहिकल निरोको सोकेस गरेको छ । यसको मूल्य ६६ लाख ९० हजार रुपैयाँ रहेको छ । यसमा कम्पनीले एक लाखको छुट दिने बताएको छ ।
त्यस्तै टु ह्वीलर्स सेग्मेन्टमा नाडामा १९ ओटा कम्पनी सहभागी छन् । यहाँ थोरै मात्र कम्पनीले विद्युतीय दुई पाङ्ग्रे सवारीको प्रदर्शन गरेका छन् ।
एनआईयू
विद्युतीय स्कुटर निर्माणमा आफ्नो पहिचान बनाएको एनआईयू कम्पनीले नाडा अटो सोमा तीनओटा मोडलका विद्युतीय स्कुटरको सोकेस गरेको छ ।
जसमा एम सिरिजको मूल्य २ लाख २९ हजार रुपैयाँ, एन सिरिजको मूल्य २ लाख ५४ हजार रुपैयाँ र एनजीटीको मूल्य ३ लाख ९८ हजार रुपैयाँ रहेको छ । कम्पनीले ग्राहकलाई चिठ्ठाको व्यवस्था गरेको छ ।
जिनियस
जिनियस कम्पनीले चार ओटा विद्युतीय बाइक र दुईओटा विद्युतीय स्कुटरको सोकेस गरेको छ । कम्पनीका बाइक एक्स वाई ५४ यसको मूल्य ३ लाख ७८ हजार रुपैयाँ रहेको छ । अर्को मोडल डब्ल्यु ५४ यसको मूल्य ३ लाख ७८ हजार रुपैयाँ रहेको छ ।
पी ३४ यसको मूल्य २ लाख ७८ हजार रुपैयाँ रहेको छ । एक्स ५४ यसको मूल्य ३ लाख ७८ हजार रुपैयाँ रहेको छ । विद्युतीय स्कुटरमा एक्स एन १२३२ यसको मूल्य १ लाख ८९ हजार रुपैयाँ रहेको छ । अर्को एल टी १५३२ रहेको छ । यसको मूल्य १ लाख ९६ हजार रहेको छ । मियामा
मियामाले बजारमा छ ओटा विद्युतीय स्कुटर ल्याएको छ । जसमा जेवाई वान यसको मूल्य एक लाख ६८ हजार रुपैयाँ रहेको छ ।
अर्को सीजेवाई वान यसको मूल्य १ लाख ६५ हजार रुपैयाँ छ । यस्तै एलवाई वानको मूल्य १ लाख ६५ हजार रुपैयाँ रहेको छ । एसडी वानको मूल्य १ लाख ४९ हजार रुपैयाँ रहेको छ । अर्को टीएन सिक्स यसको मूल्य १ लाख ९६ हजार रुपैयाँ रहेको छ । अर्को वाई वाई जेट रहेको छ यसको मूल्य १ लाख ८६ हजार रुपैयाँ छ ।