काठमाडौं । एनआईसी एसिया क्यापिटलले नयाँ वर्षको अवसरमा पहिलोपटक निक्षेप सदस्य सेवा अन्तर्गत ‘एनआईसी एसियाको डिम्याट खाता साथमा, हप्तैपिच्छे उपहारको बहार हातमा’ नारासहित विभिन्न उपहार योजनाहरु सार्वजनिक गरेको छ ।
क्यापिटलले विगतका वर्ष देखि नै ‘एक नेपाली, एक डिम्याट’ खाता अभियानअन्तर्गत ग्राहकहरुलाई विभिन्न छुटसहित सहज, सरल र उच्च कोटिको ग्राहकमुखी सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा २०७८ पुस १८ गतेदेखि २०७८ फागुन मसान्तसम्म एनआईसी एसिया क्यापिटल तथा क्यापिटलको शाखा कार्यालयहरु, एनआईसी एसिया बैंकको शाखा कार्यालयहरु र एनआईसी एसिया अनलाइन डिम्याट सेवामार्फत डिम्याट खाता खोल्ने खातावालाहरुमध्ये गोलाप्रथा विधिबाट साप्ताहिक रूपमा भाग्यशाली ग्राहकहरुको छनौट गरिनेछ ।
भाग्यशाली खातावालाहरुको नामवली र उपहारको विवरण क्यापिटलको आधिकारिक सोसल मिडिया पेजमार्फत प्रकाशित हुने क्यापिटलले बताएको छ ।
योजनाअन्तर्गत हरेक साता २ जनालाई स्मार्ट वाच, ५ जनालाई एनआईसी एसिया डाइनामिक डेब्ट फन्डको सय युनिट ओपन म्युचुअल फन्ड, ५ जनालाई आजीवन एएमसी छुट, ५ जनालाई निःशुल्क डिम्याट, मेरो सेयर अकाउन्ट ओपनिङ कुपन र ५० जनालाई एनआईसी एसिया न्युजलेटर प्रदान गरिनेछ ।