एजेन्सी । प्रवर्तन निर्देशनालय (इनफोर्समेन्ट डायरेक्टरेट) ले सम्पत्ति शुद्धिकरण मुद्धा (मनी लन्ड्रिङ केस) मा ‘यस बैंक’ का सहसंस्थापक राणा कपुर, उनकी पत्नी बिन्दु कपुर र अवन्ता ग्रुपका संस्थापक गौतम थापरविरुद्ध मुम्बईको पीएमएलए कोर्टमा मुद्धा दर्ता भएको छ । दिल्लीमा धितो राखिएको एउटा बंगलाको मार्केट भ्यालुभन्दा कम रकममा खरिद गरेको पाइएपछि केस अदालतसम्म पुगेको हो ।
दिल्लीको अमृता सेरगिलमा रहेको यो बंगला थापरको थियो । त्यसलाई उनले बैंकमा धितो राखेका थिए । जसको मूल्य ६ अर्ब ८५ करोड (भारु) बताइएको छ । यसलाई ३ अर्ब ८० करोड भारुमा खरिद गरिएको थियो ।
यो केसमा राणा कपुर र उनकी पत्नीमाथि ३ अर्ब ५ करोड घुस लिएको आरोप छ । थापरको कम्पनीले ‘यस बैंक’ को २५ अर्ब भुक्तानी नगरेर डिफल्ट गरेको थियो ।
कपुरविरुद्ध कैयौं केस
इडीले ३ हजार पानाको मुद्धामा १० आरोपीलाई उल्लेख गरेको छ । यसमा कपुरलाई मनी लन्ड्रिङमा सहयोग गर्ने ‘यस बैंक’ का कैयौं सिनियर कर्मचारी पनि सामेल छन् ।
१.२ एकडमा फैलिएको बंगला कपुरको कालो कमाइ हो । इडीले यसमा पहिले नै कब्जा गरिसकेको छ । उसले कपुरविरुद्ध मनी लन्ड्रिङका ६ मुद्धाको जाँचपड्ताल गरिरहेको छ । अवन्ता ग्रुपले बंगलालाई धरौटी राखी आईसीआईसीआई बैंकबाट ३५० करोड भारु र डेभलपमेन्ट क्रेडिट बैंकबाट ३० करोड भारु लिएका थिए ।
सन् २०१६ मा आईसीआईसी लोनमा बंगलाको मूल्य ५ अर्ब ५० करोड भारुआएको थियो । सोही वर्ष बैंकले अवन्ता रियल्टीलाई ४ अर्ब भारु ऋण दिएको थियो । तर, कम्पनी ऋणको हकदार थिएन ।
किनकि उसमाथि पहिल्यै ‘यस बैंक’ को बक्यौता बाँकी थियो । यो बैंकको लोनबाट कम्पनीले आईसीआईसी र डीसीबीको बक्यौता चुक्ता गर्यो । फेरि यसलाई ‘यस बैंक’ मा धितोमा राखे ।
‘यस बैंक’ ले अवन्ता ग्रुप अफ कम्पनीलाई अझै ऋण दियो । त्यसको कुल बक्यौता २५ अर्ब भारुको थियो । पछि अवन्ता ग्रुपको कम्पनीको अकाउन्ट बनेपछि बंगला लिलामीका लागि ‘यस बैंक’ बाट नो अब्जेक्सन लेटर (एनओसी) प्राप्त गर्यो ।
तर, कम्पनीले आवश्यक प्रक्रियालाई पालना (ड्यु प्रोसेसलाई फलो) गरेन । यस्तै यसलाई बिन्दु कपुरको कम्पनी ब्लिस अबोडलाई ३ अर्ब ८० करोड भारुमा बेचिदियो ।
पछि यसलाई ६ अर्ब ८५ करोड रुपैयाँमा इन्डिया बुल्स हाउजिङ फाइनान्समा धितो राखियो । पर्चेस प्राइस र मोर्टगेज भ्यालुबीचको रकम कपुर र उनकी पत्नीलाई थापर ग्रुपबाट ‘घुस’ को रुपमा मिलेको थियो ।
यसको बदलामा उनले थापर ग्रुपको कम्पनीलाई लोनसँगै अन्य सुविधा पनि दिएका थिए ।
राणा कपुर अहिले मुम्बई जेलमा छन् । इडीबाहेक सीबीआईले पनि उनीमाथि अनुसन्धान गरिरहेको छ ।
यो पनि हेर्नुहोस
पारिवारिक झगडाले भारतको चौथो ठूलो निजी बैंक कसरी टाट पल्टियो ?, ४०० को सेयर घटेर १८ भारू