काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रबार ५ वटा कम्पनीको बोनस सेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले नबिल बैंक, कृषि विकास बैंक, फरवार्ड लघुवित्त वित्तीय संस्था, गुडविल फाइनान्स र हिमालयन डिष्टिलरी लिमिटेडको मूल्य समायोजन गरेको हो । यी ५ वटै कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि शुक्रबार बुक क्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले कृषि विकास बैंकको २० प्रतिशत बोनस सेयरको समायोजनपछि सेयर मूल्य ४१० रूपैयाँ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिनको अन्तिम सेयर मूल्य ४९२ रूपैयाँ आधारमा सेयर मूल्य समायोजन भएको हो ।
त्यसैगरी, फरवार्ड लघुवित्त वित्तीय संस्थाको ३५ प्रतिशत बोनस सेयरको समायोजनपछि नेप्सेले सेयर मूल्य १ हजार ९६२ दशमलव ९६ रूपैयाँ केको छ । कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्य २ हजार ६५० रूपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।
त्यस्तै, गुडविल फाइनान्सको ९ दशमलव १० प्रतिशत बोनस सेयरको समायोजन पछि नेप्सेले सेयर मूल्य ५३३ दशमलव ४६ रूपैयाँ तोकेको छ । कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ५८२ रूपैयाँको आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।
हिमालयन डिष्टिलरी लिमिटेडको ७५ प्रतिशत बोनस सेयरको समायोजनपछि नेप्सेले सेयरमूल्य ३ हजार ९२५ दशमलव ७१ रूपैयाँ तोकेको छ । कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ६ हजार ८७० रूपैयाँको आधारमा मूल्य समायोजन भएको छ ।
त्यसैगरी नबिल बैंकको ३३ दशलमव ६० प्रतिशत बोनस सेयरको समायोजनपछि नेप्सेले सेयरमूल्य १ हजार ८५ रूपैयाँ तोेकेको छ । कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्य १ हजार ४५० रूपैयाँको आधारमा समायोजन भएको हो ।