काठमाडौं । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीलाई साँढेको संज्ञा दिएका छन् । साँढेका कारण लन्डनमा जाँदा आफ्नो बेइजत भएको बताउदै चाहँदाचाहँदै पनि देशको बिषयमा जानकारी दिन नपाएको बताए ।
रक्सी खाएर सीईओ रेग्मीले होस गुमाएको भन्दै त्यस्तालाई राखेर बोर्ड सञ्चालन गर्न नसक्ने बताए ।
पर्यटन बोर्डको २३ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री आलेले पर्यटन क्षेत्रमा भिजन नै नभएकाले समस्या उत्पन्न भएको बताए ।
निजी क्षेत्रको कुरा पनि नसुन्ने र बोर्डका सञ्चालको पनि भिजनलाई बेवास्ता गर्ने गरेको उनको आरोप छ ।
बोर्डको जिम्मा गाडी व्यवसायीलाई दिएपछि समस्या आयोः पर्यटन सचिव न्यौपाने
संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पर्यटन बोर्डको जिम्मेवारी गाडी व्यवसायीलाई दिएपछि समस्या आएको बताएका छन् ।
पर्यटन बोर्डको २३ औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सचिव न्यौपानेले प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई लक्षित गर्दै पर्यटन क्षेत्रको अनुभव नै नभएको व्यक्तिलाई बोर्डको जिम्मेवारी दिएर समस्या उत्पन्न भएको बताए ।
केही समयअघि मात्र प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गरेका थिए ।
तर, सीईओ रेग्मीले शुक्रबार सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिइसकेका छन् । यस्तै पर्यटन सचिव न्यौपानेले भने पर्यटन क्षेत्रमा अनुभव भएका व्यक्तिलाई मात्र आफ्नो कार्यकालमा नियुक्ति दिने बताए ।