आफ्नो भ्वाइस असिस्टेन्ट ‘एलेक्जा’ मा आएको गम्भीर समस्या निर्मूल गर्न एमेजन बाध्य भएको छ । साथै यस प्रकारको गल्तीका लागि उसले माफीसमेत मागेको छ ।
खासमा यो इको भ्वाइस असिस्टेन्टले अमेरिकामा एउटी १० वर्षकी बालिकालाई फोन चार्जर कुनै चालू इलेक्ट्रिक बोडमा आधा लगाउन र बाँकी बाहिर देखिएको भागलाई सिक्काले छुने सल्लाह दिएको थियो ।
यसपूर्व ती बालिकाले एलेक्जासँग कुनै ‘गर्न सकिने च्यालेन्ज’ को माग गरेकी थिइन् ।
एलेक्जाको यस्तो खतरापूर्ण सल्लाहलाई बालिकाकी आमाले सोसम मिडियामा सेयर गरिन् । त्यसपछि सोसल मिडियामै अमेजन र त्यसको भर्चुअल असिस्टेन्ट टेक्नोलोजीको कडा आलोचना भयो ।
बालिकाली आमा क्रिस्टिनले उक्त घटनाको ट्विट गरिन्, ‘हे प्रभु ! मेरी १० वर्षे छोरीले हाम्रो इकोमाथि एलेक्जालाई चुनौती दिने कुरा गर्छिन् ।’
क्रिस्टिनले एपको एउटा स्क्रिनसट सेयर गरिन् ।
‘त्यसमा ‘एक्टिभिटी’ सेक्सनमा ‘मलाई च्यालेन्ज गर्न देऊ’ भनी लेखिएको थियो । मैले वेबसाइटमा भेटें । ‘आवरकम्युनिटीनाउ डटकम’ का अनुसार आफ्नो फोनको चार्जरलाई कुनै चालू इलेक्ट्रिक सकेटमा आधा लगाएर बाहिर रहेको भागलाई सिक्काले छुने च्यालेन्ज साधारण हो ।
१ वर्षअघि भाइरल भएको थियो च्यालेन्ज
यो खतरापूर्ण च्यालेन्ज १ वर्षअघि ‘द पेनी च्यालेन्ज’ नामबाट टिकटक र अन्य सोसल मिडियाको साइटमा भाइरल बनेको थियो । त्यसपछि यो चलिरहँदा सबैतिर भएको दुर्घटनाको खबर आएको थियो ।
खासमा सिक्का धातुको हुन्छ, जुन बिजुलीको सहचालक हो । चलिरहेको इलेक्ट्रिक बोर्डमा लागिराखेको चार्जरमा यसलाई लगाउँदा ज्यानै लिने झड्का, आगो वा अन्य दुर्घटना हुने सम्भावना बढी रहन्छ । यस्ता दुर्घटनामा हात जल्ने या उछिट्टिने खतरा हुन्छ ।
यस्तो ज्यान लिने च्यालेन्जलाई अमेरिकाका फायर ब्रिगेडियरले विरोध गरेका छन् ।
अमेजको माफी
अमेजनले आफ्नो भ्वाइस असिस्टेन्ट टेक्नोलोजीको यो गल्तीका लागि माफी मागेको छ ।
‘यो घातक साबित हुनसक्थ्यो’ उसकाे भनाइ छ, ‘अमेरिकाकी क्रिस्टिनले हामीलाई उनकी छोरीले एलेक्जासँग यस्तो च्लालेन्ज मागेको र जवाफमा एलेक्जाले दिएको सल्लाहबारे जानकारी गराइन् ।’
अब अमेजनले भविष्यमा एलेक्जालाई यस्ता गतिविधिबाट टाढै राख्न अपडेट गरिसकेको बताएको छ ।
-बीबीसीबाट