वर्षकै ठूलो अटो प्रदर्शन, नाडा अटो सोमा स्याङयोङ कम्पनीले अधिकतम छुटका साथ माइन्ड ब्लोइङ अफर दिइरहेको बताएको छ ।
प्रदर्शनीमा कम्पनीले स्याङयोङ द अथेन्टिक सुटः मस्सो ग्र्यान्ड, ४ह्४ बेस्ट भ्यालु अवार्ड विजेता गाडी पहिलो पटक राखेको छ । राख्न गईरहेकोे छ । स्याङयोङ मस्सो ग्र्यान्डको उद्घाटन अर्थ मन्त्री डा युवराज खतिवडाले गरेका हुन् ।
नेपालका लागि स्याङयोङको एकल वितरक आईएमएस ग्रुपले यसका ६ ओटा मोडल रहेको जनाएको छ । कोरियन लक्जरी एसयूभीमा रेक्सटन, कोरान्डो, टिभोली, एक्सएलभी, एक्सन स्पोर्टस र अत्याधुनिक एसयूटी मस्सो छन् ।
नयाँ लन्च भएको मस्सो ग्र्यान्डमा स्याङयोङको नयाँ एसयूटीको सुरु मूल्य ७३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
अफरअन्तर्गत स्याङयोङले अत्यधिक छुट दिने भएको छ । कोरियन लक्जरी एसयूभी भएका कारण स्याङयोङले ग्राहकलाई भर्खरै बजारमा आएको सामसुङ ग्यालेक्सी नोट टेन अफर गरेको छ ।
रेक्सटन, कोरान्डो, टिभोली, एक्सएलभी र एक्सन स्पोर्टस मोडलको गाडी खरिदमा यो अफर लागू गरिएको छ । आफ्ना पुराना गाडीसँग नयाँ गाडी साट्ने सोचमा आएका ग्राहकलाई तत्काल बेस्ट स्पट एक्सचेन्ज सुविधा र पुराना गाडीको उचित मूल्य दिने पनि कम्पनीले बताएको छ ।
प्रमुख अफरबाहेक थप अफर यस्ता छन् ः
१. एक वर्षको बिमा
२. एक वर्षको सवारी कर
३. पाँच वर्षको निःशुल्क सर्भिसिङ
४. तीन वर्षको वारेन्टी
५. मासिक सरल किस्ता
६. उचित ब्याजदर
७. २५ हजार रुपैयाँसम्मको एसेसरिज