काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ क्यानको २७औं संस्करण आगामी माघ १८ गतेदेखि २३ गतेसमम्म आयोजना हुने भएको छ ।
प्रत्येक वर्ष भृकुटीमण्डपमा आयोजना हुँदै आइरहेको इन्फोटेक यस वर्ष भौतिक तथा भर्चुअल दुवै माध्यमबाट हुने क्यान महासंघले बताएको छ । गत वैशाख मै आयोजना गर्न क्यान इन्फोटेकका लागि क्यानले थालेको तयारी दोस्रो चरणको कोभिड महामारीका कारण स्थगित भएको थियो ।
क्यान इन्फोटेकमार्फत सूचना तथा सञ्चार प्रविधि आईसीटीका बारेमा चेतना बढाउने अप्रियायले यसपटक क्यानले १ रुपैयाँमै पेपरलेस टिकटको व्यवस्था गरेको छ । तर, इन्फोटेक भ्रमण गर्न आउने व्यक्तिहरुले डिजिटल वालेटबाटै कारोबार गर्नुपर्ने क्यानका अध्यक्ष नवराज कुँवरले बताएका छन् ।
यो वर्ष क्यानले प्रदर्शनी हलभित्र ब्रान्डिडका निम्ति मात्रै एउटा इस स्टार्ट–अपका निम्ति तथा अर्को ट्रस आईसिटी एक्ससरिज, इमर्जिङ टैक्नोलोजी, इ–वेष्ट म्यानेजमेण्ट, इ–गभर्नेन्स सूचना प्रविधिमा महिला उद्यमी वाइफाइ तथा इन्टरनेट र लर्निङ सेन्टर लगायतका निम्ति विभिन्न खण्डहर रहने गरी तयारी अगाडि बढाईएको क्यान महासंघले बताएको छ ।
यसैगरी गेम पार्लर, प्रडक्ट लञ्चिङ रोबोटिक्सलगायतका निम्ति पनि छुट्टै खण्ड रहने गरी तयारी अगाडि बढाइएको छ ।
प्रदर्शनीमा सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युसन, मोबाइल फोन तथा सोल्युसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युसन, सोलार पावर सिष्टम, इन्भर्टर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युसन, सीसीटीभी र हार्ड डिस्क, आईओटी, ब्लकचेन तथा आर्टीफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी दिइने छ ।
आईटी कलेज, बैंक, बिमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहनेछन् ।
‘इन्फोटेक २०२२’ का लागि पुस १३ गते मंगलबारदेखि बुकिङ खुला हुनेछ । क्यान इन्फोटेकको २६औं संस्करण करिब साढे ३ लाखले अवलोकन गरेकोमा यो संस्करणमा समेत सोही वा बढी संख्यामा अवलोकनकर्ता आउने महासंघको अपेक्षा छ ।