एजेन्सी । सन् २०२१ उत्तरार्धमा आईपुगेको छ । लगानीकर्ताहरुका लागि ‘पोर्टफोलियोलाई’ पुनरसंरचना गर्ने समय आएको छ । इन्धन ऊर्जाको मूल्य चुलिएको कारण यो वर्ष लगानीकर्ताहरुका लागि स्वर्णिम वर्ष रह्यो । तर, महामारीका तथा जारी ऊर्जा संक्रमणकालका कारण इन्धन बजार निरन्तर अस्थिर र अशान्त बनिरहेको छ ।
युरोप र अमेरिकामा हिउँदे विदाको समयमा कोभिडको नयाँ प्रजाती ओमिक्रोनको अर्को त्रास फैलिएसँगै कच्चा तेलको मूल्य प्रति ब्यारल ६७ डलर आएपछि डब्लुटीआई पनि तल झरेको थियो । यसले गर्दा इन्धनको मूल्यमा ठूलो चाप परेको थियो । कोभिडको नयाँ प्रजाती तिव्ररुपमा फैलिरहँदा यसले लगानीकर्ताहरुमा चिन्ता बढाएको छ ।
आवगमनमा नयाँ प्रतिवन्ध लागू भएको अवस्थामा यसले इन्धनको मागलाई पनि नराम्रोसँग प्रभावित पार्ने सम्भावना देखिन्छ । नेदरल्याण्डले त कोभिडको नयाँ भेरियन्टसँग लड्न निषेधाज्ञा जारी गरिसकेको छ ।
गत हप्ता मात्र जलवायु परिवर्तनविरुद्ध लड्न र नविकरणीय ऊर्जाको प्रयोगलाई बढाउन अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले महत्वपूर्ण नीतिगत सुधार ल्याएको छ । जसअन्तर्गत अब अमेरिकाले कुनै पनि नयाँ कोइला, इन्धन तथा ग्यास परियोजनालाई तत्कालका लागि संघीय सहयोग प्रदान गर्ने छैन ।
अलस्काको सबैभन्दा ठूलो कच्चा तेल उत्पादक कम्पनी कोनोकोफिलिप्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ¥यान ल्यान्सका अनुसार नयाँ इन्धन, ग्याँस तथा कोइला उत्पादनमा लगानी रोक्न सरकारको दबाब र प्याक मुलुकहरुले इन्धन उत्पादन क्षमतामा भारी वृद्धि गर्ने विषयले तेलको विश्व बजारमा संक्रमणकालको अवस्था सृजना गर्न लागेको छ । यसले ऊर्जाको मूल्यमा अस्थिरता ल्याउने उनी बताउँछन् ।
अर्को ग्लोबल तेल उत्पादक कम्पनी हेसका सीईओ जोन हेसका अनुसार अमेरिकी सरकारले इन्धन उत्खनन उद्योगलाई सहयोग बन्द गरे पनि अमेरिकी कम्पनीहरुलाई ग्यास तथा तेलको बाहिरी परियोजना सञ्चालन गर्नबाट रोक्न सक्ने छैन । दशकसम्म नभए पनि अझै केही वर्षसम्म खनिज इन्धन प्रमुख ऊर्जा स्रोतकै रुपमा रहने उनी बताउँछन् ।
टेक्सासमा आधारित एक्सन मोबिल कर्पोरेसन अमेरिकाको सबैभन्दा ठूलो एकिकृत ऊर्जा कम्पनी हो । केही दिनअघि बैंक अफ अमेरिकाले ११ वटा क्षेत्रका एक एक गरी ११ वटा स्टकलाई चयन गरेको थियो ।
यी स्टकहरु अधिकांश एक्टिभ फण्डहरुबाट बेवास्ता गरिएका छन् । मन्दी, उच्च कुलग्राहस्र्थ उत्पादन (जीडीपी), उच्च ब्याजदर, उच्च तेल मूल्यबाट लाभान्वित छन् । यी स्टकले जुन वृद्धि हासिल गरेको छ, त्यो ११ सेक्टरको पोर्टफोलियोले २०२२ मा प्राप्त गर्ने अपेक्षा गरिएको वृद्धि भन्दा धेरै भएको रणनीतिज्ञ साभित सुब्रमनियन र उनको टिमले उल्लेख गरेको छ ।
सुब्रमनियनले एक्जन मोबिललाई उत्कृष्ट ऊर्जा कम्पनीको रुपमा चयन गरेकी छिन् । उनका अनुसार एक्जनसँग चेभ्रोनको भन्दा उच्च आयल बेटा छ र इएएसजी स्कोर पनि धेरै छ ।
कोकोनोफिलिप्स विश्व बजारको एउटा शीर्षस्थ सेल (एक प्रकारको ढुंगा) को खेलाडी नै हो । यो कम्पनी सेल ग्यास, भारी तेल, एलएनजी, ओयल स्याण्ड, तेल भण्डारन र अन्य उत्पादन प्रक्रियामा संलग्न छ । वर्षको अन्तिम त्रैमासिकमा बैंक अफ अमेरिकाले ६७ डलरको मूल्य टार्गेटमा राखेर कम्पनीको सेयर खरिद गर्न सीओपी सेयर अद्यावधिक गरेको थियो । राम्रो प्रतिफल दिने बलियो सम्भावना भएको कम्पनी भन्दै बैंक अफ अमेरिकाले कोकोनोफिलिप्सलाई ‘क्यास मसिन’ समेत नाम दिएको थियो ।
सिनोभस एनर्जी इंक सीभीई क्यानडाको आयल स्याण्ड आयल कम्पनी हो । यो कम्पनीले क्यानाडा, अमेरिका र एसिया प्रशान्त क्षेत्रको कच्चा तेल, प्राकृतिक ग्यास तरल र प्राकृतिक ग्यासलाई उत्खनन, उत्पादन तथा बजारीकरण गर्दछ । लामो समयदेखि प्रभावित क्यानाडाको ऊर्जा स्टक बजार अहिले फेरी तंग्रिएर बलियो बन्दै गइरहेको छ ।
जेपी मोर्गानले सेयर अद्यावधिक गरेपछि सीभीईको सेयर पनि ५२ हप्ता यताकै उच्च विन्दुमा पुगेको थियो । सीभीईको सेयर अहिले अबमूल्यनको अवस्थामा छ । तर कम्पनीसँग कोनोकोफिलिप्सको आफ्नो सेयर किनेर फिर्ता ल्याउन पर्याप्त नगद प्रवाह उत्पन्न गराउन सक्ने क्षमता छ ।
गत हप्ता उक्त कम्पनीले २०२२ को निर्देशिका र ५ वर्षको परिदृष्य (आउटलूक) सार्वजनिक गरेको थियो । कम्पनीले ७५ डलरको डब्लुटीआई मूल्यमा आगामी पाँच वर्षमा ३३ डलर ब्यारलमा आफूले पर्याप्त नगद प्रवाह उत्पन्न गराउने वा कम्पनीको हालको ‘मार्केट क्यापका’े सत्प्रतिशसम्म क्यास बनाउन सक्ने बताएको छ ।
सेनियरी एनर्जी ऊर्जा पूर्वाधार कम्पनी हो जसले लिक्विफाइड एनर्जी ग्यास र त्यस सम्बन्धि अमेरिकाका अन्य व्यवसायहरुसँग संलग्न रहेर काम गर्छ । खाडी तटमा रहेको सेनियरीको टर्मिनल्सले अमेरिकालाई ग्यास प्रशोधन तथा बाहिर सिपिङ गर्ने बाटो खोलिदिएको छ ।
विश्व स्वच्छ उर्जा स्रोतको उत्पादनतिर ढल्किरहँदा एलएनजी र प्राकृतिक ग्याँसको माग २०३५ सम्म प्रति वर्ष ३.४ प्रतिशतले बढ्दे अपेक्षा छ । किनभने यसले हाइड्रोकार्बनलाई सफा तरिकाले जलाउने र अन्यको तुलनामा आधा मात्र हरितगृह ग्यास उत्सर्जन गर्दछ । हालका आयोजनाहरुमा माग घट्ने र यसमा बढेको अवस्थमा १० करोड मेट्रिकटन अतिरिक्त क्षमता आवश्यक हुने देखिन्छ ।
यसले प्राकृतिक ग्यास र एलएनजी मात्र एउटा जीवाश्मा इन्धन हुने जसले आगामी दुई दशकसम्म पनि थप माग र वृद्धि हासिल गर्न सक्ने देखिन्छ । यसबाहेक एलएनजीले अब कार्बन क्याप्चर तथा स्टोरेज सीसीएस प्रविधि प्रयोग गर्ने हुँदा यसले थप वृद्धि हासिल गर्ने वूडम्याकको भनाई छ ।
नर्दन आयल एण्ड ग्यास एनओजी एउटा स्वतन्त्र ऊर्जा कम्पनी हो,जसले अमेरिकामा कच्चा तेल र प्राकृतिक ग्यासको उत्खनन, उत्पादन, विकास तथा अधिग्रहणको काम गर्दछ ।
एनओजीले हालै एकदमै प्रतिस्पर्धी तथा पृथक लाभांश योजना लिएर आएको छ । उसले २०२३ मा ३३ सीएस क्वाटर्ली नपुगेसम्म प्रति त्रैमासिक २० प्रतिशतले बढ्ने आधार लाभांश प्रस्तुत गरेको छ । एनओजीसँग आधिकारिक सेयर बाईब्याक प्रोग्राम छ र उसले सेयर पुनः खरिद गरी हालकै कमोडिटी प्राइस रहिरहे विशेष लाभांश पनि दिने योजना बनाएको छ ।