काठमाडौं । विभिन्न क्षेत्रका अनुभवी व्यावसायिक समूहद्वारा गठित गैरनाफामूलक संस्था प्रोफेसनल्सले देशका युवा उद्यमीलाई सहयोग गर्न ‘उद्यमी नेतृत्व कार्यक्रम, स्टार्ट–अपहरूका लागि’ आयोजना गर्ने भएको छ ।
यही डिसेम्बर २५ गते होटल हयात रिजेन्सीमा कार्यक्रम हुने प्रोफेसनल्सका संस्थापक सीए दिपक बंसलले जानकारी दिए ।
कार्यक्रममा विभिन्न अनुभवी व्यवसायी तथा विज्ञहरुले व्यवसायका विभिन्न पक्षका बारेमा प्रशिक्षण दिनेछन् ।
अधिवक्ता रमन कर्णले व्यवसाय दर्ता र कानुनी पक्षबारे, बिके अग्रवाल एन्ड कम्पनीका साझेदार प्रमोद स्वर्णकरले लेखा र अनुपालन, निम्बस समूहका निर्देशक प्रदीप अग्रवालले व्यवसाय व्यवस्थापनबारे प्रशिक्षण दिनेछन् । यस्तै हाम्रो बजारका खुद्रा निर्देशक सुनिल वशिष्टले ब्रान्डिङ तथा वितरण, नबिल बैंकका प्रमुख व्यवसाय अधिकृत ज्ञानेन्द्र शाहले बैंकिङ तथा फाइनेन्स, फुल सर्कल हाउसका सीईओ सोनना अमात्यले उद्यम कौशलका बारेमा प्रशिक्षण दिने छन् ।
इच्छुक उद्यमीले निःशुल्क दर्ता तथा सहभागिताका लागि ९८५१०३२७४४ नम्बरमा म्यासेज गर्न सक्ने छन् ।
प अग्रवालले व्यवसाय व्यवस्थापनबारे प्रशिक्षण दिनेछन् । यस्तै हाम्रो बजारका खुद्रा निर्देशक सुनिल वशिष्टले ब्रान्डिङ तथा वितरण, नबिल बैंकका प्रमुख व्यवसाय अधिकृत ज्ञानेन्द्र शाहले बैंकिङ तथा फाइनेन्स, फुल सर्कल हाउसका सीईओ सोनना अमात्यले उद्यम कौशलका बारेमा प्रशिक्षण दिने छन् ।
इच्छुक उद्यमीले निःशुल्क दर्ता तथा सहभागिताका लागि ९८५१०३२७४४ नम्बरमा म्यासेज गर्न सक्ने छन् ।