काठमाडौं । बाजेको सेकुवाको नयाँ फ्रेञ्चाइज ललितपुरको कुमारीपाटीमा सञ्चालनमा आएको छ । सेकुवा पारखीहरुलाई मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ कुमारीपाटीमा बुधबारबाट सञ्चालनमा आएको हो ।
उक्त फ्रेञ्चाइजमा प्रकाशचन्द्र श्रेष्ठ, रोजित श्रेष्ठ, गोपाल तामाङ र माइतवर गुरुङको संयुक्त लगानी छ । मुख्य व्यापारिक सहरमा बढ्दो उपभोग सृंस्किृतलाई लक्षित गरी बाजेको भेन्चर प्रालिले फ्राञ्चाइज मोडलमा रेस्टुरेन्ट सञ्जाल विस्तारलाई गति दिन लागेको हो । बाजेको सेकुवा नेपालभित्र जनकपुर, नेपालगन्ज, वीरगन्जमा र नेपालबाहिर अमेरिकामा थप केही, अस्ट्रेलिया र बेलायतमा आगामी दुई वर्षभित्रमा रेस्टुरेन्ट सञ्जाल विस्तार गरिसक्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ ।
उपत्यकाबाहिर पोखरा, भरतपुर र बुटवलमा फ्रेन्चाइज मोडेलमा रेस्टुरेन्ट सञ्चालन भइरहेको छ भने अमेरिकाको न्युयोर्कमा पनि बाजेको सेकुवा ‘हिमालयन ग्रिल’का रुपमा फ्रेञ्चाइज सञ्चालनमा छ । अमेरिकाकै डालसका लागि फ्रोचाइज सम्झौता अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । एउटा रेस्टुरेन्ट सञ्चालनका लागि ५० देखि ८० लाख रुपैयाँसम्म लगानी आवश्यक पर्छ । कुमारीपाटीमा रहेको बाजेको सेकुवामा २० जनाले रोजगारी पाएका छन् ।
बाजेको सेकुवा ब्रान्डमा रेस्टुरेन्ट सञ्चालन गर्न इच्छुक लगानीकर्ताको पहिचान र फ्रेञ्चाइज सम्झौता गर्ने काम बाजेको भेन्चर प्रालिले गर्दै आएको छ । यो कम्पनीले कुनै पनि सहरमा रेस्टुरेन्ट सञ्चालनमा ल्याउनुअघि स्थानीय बजारमा उपभोक्ताको खर्च गर्ने प्रवृत्ति, स्थानीय रेस्टुरेन्ट सञ्चालनको सम्भाव्यता अध्ययन गरेर सम्भावना रहेको ठाउँमा मात्र सञ्जाल विस्तारलाई प्राथमिकतामा पार्ने गरेको भनाइ छ ।
काठमाडौं उपत्यकाको सिनामङ्गलबाट चार दशकअघि सुरु भएको बाजेको सेकुवा रेस्टुरेन्टअन्तर्गत अहिले उत्यकाबाहिर ३ ओटा आउटलेटसहित ११ ओटा रेस्टुरेन्ट सञ्चालनमा छन् । तीमध्ये अनामनगर, स्रोहखुट्टे, गैरीधारा र बत्तीसपुतलीमा सबै लगानी कम्पनीका प्रवद्र्धकको छ भने बाँकी फ्रेन्चाइज हुन् ।