काठमाडाैं । मेगा बैंकले ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ सेवा सुरु गरेको छ ।
बैंकले सबै डिजिटल बैंकिङ सेवा ‘मेगा स्मार्ट बैंकिङ’ एपमार्फत प्रयोग गर्न मिल्ने जानकारी दिएको छ । डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा उत्कृष्ट बनाउँदै बैंकमा खाता भए/नभएका ग्राहकलाई समेत लक्षित गर्दै बिनाचेक नगद निकाल्न/पठाउन मोबाइल क्यास जम्मा गर्न मोबाइल भाउचर लगायतका सुविधा समेत थप गरेको छ ।
साथै बैंकले समान रूपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो मोबाइल एप पनि अद्यावधिक गरेको छ ।
एम भाउचरको प्रयोग गरी मोबाइलबाटै डिपोजिट भौचर भर्न सकिने, एम क्यासमार्फत प्रयोगकताले एसएमएसमा कोड पठाएर तुरुन्तै नगद भुक्तानी दिन तथा लिन सकिने, मोबाइलबाटै बैंकका कर्मचारीसँग भेट्ने समय सुनिश्चित गर्न सकिने, क्युआर कोडको माध्यमबाट नगद निकाल्न सकिने लगायतका अन्य विशेषता रहेको बैंकका डिजिटल तथा ई–बैंकिङ प्रमुख विश्व सिंहले जानकारी दिए ।
मेगा स्मार्ट बैंकिङ मोबाइल एप अद्यावधिक भएसँगै ग्राहकले बैंकका सेवासम्बन्धी जानकारी, आफ्नो खाताको विस्तृत विवरण, मुद्दती खाता खोल्न, कार्ड आवेदन गर्न, रकमान्तर गर्न, क्यूआर कोडमार्फत भुक्तानी गर्न, अनलाईन रकम भुक्तानी गर्नुका साथै डिजिटल बैंकिङसम्बन्धी समस्या परेमा उजुरी दिन सक्ने जस्ता सेवा लिन सक्नेछन् ।
त्यसैगरी बैंक खाता नभएका प्रयोगकर्ताले आफैं रजिष्टर गरी अनलाइनबाट नै खाता खोल्न पाउनुका साथै बैंकले प्रदान गरिरहेका डिजिटल सेवाको प्रयोग गर्न र जानकारी पाउन सक्नेछन् ।
‘डिजिटलाइज्ड बैंक’ का रुपमा अघि बढिरहेको बैंकले घरमै बसी भिडियोमार्फत खाता खोल्ने सुविधासहित ‘भिडियो अकाउन्ट ओपनिङ सिस्टम’, च्याटबट, टिक बैंकिङजस्ता सेवा सञ्चालनमा ल्याइसकेको छ