डिजल/पेट्रोलबाट समय विद्युतीय (इलेक्ट्रिक) कारतिर बढिरहेको छ । अहिले पनि नेपालका सडकमा पुराना या ठोकठाक पारेर चलिरहेका सवारीसाधन देखिन्छन् ।
तर, हालसालै मात्र भारतमा एउटा यस्तै तर फरक उदाहरण देखिएको छ । उदाहरणलाई प्रमाणित गर्छ एउटा भिडियोले ।
यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसलाई महिन्द्रा एन्ड महिन्द्रा ग्रुपका चेयरमेन आनन्द महिन्द्राले सेयर गरेका छन् । यसकारण पनि यो थप भाइरल बनेको छ ।
यो भिडियोलाई आनन्दले झैं सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि यो तरिकाको निकै सराहना गरेका छन् ।
भिडियोमा एउटा जुगाडबाट बनेको जिप देख्न सकिन्छ । कुनै बाइक वा स्कुटरझैं किक मार्दा त्यो स्टार्ट हुन्छ । अचम्म त के भने, जिपको फ्रन्ट ग्रिलले मान्छेलाई महिन्द्रा जिपको याद दिलाउँछ ।
कमालको क्षमता
आनन्दले यो भिडियो २१ डिसेम्बरमा ट्विटरमा सेयर गरेका थिए । उनले क्याप्सनमा लेखेका थिए, ‘यो वाहन कुनै नियममा खरो त उत्रिँदैन । तर, मैले प्रिय मान्छेहरुको सादगीपन, क्षमता र कलाको प्रशंसा गर्न छाड्दिनँ । यात्राप्रति यो उनको लगनशीलता हो । जिपको फ्रन्ट चिरपरिचत नै लाग्दैछ होइन ?’
भिडियो हेरेर प्रयोगकर्ताले थुप्रै प्रतिक्रिया लेखेका छन् । केहीले भने भिडियोलाई आवश्यकता नै आविष्कारको जननी भएको बताएका छन् । यस्तै कतिपयले त महिन्द्रा ग्रुपले आवश्यक क्षमतालाई चिनेर मञ्च दिँदा राम्राे हुने बताएका छन् ।