काठमाडौं । एयरलाइन्सको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले विदेशी नागरिलाई नेपाली सरह हवाई भाडा दिन नसक्ने स्पष्ट पारेको छ । संङले ७० बर्ष नाघेका बृद्धबृद्धाहरुलाई ५० प्रतिशत भाडामा छुट दिनन सक्ने व्यहोरा सहितको पत्र संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई पठाएका छन् ।
पर्यटन मन्त्रीमा नियुक्त भएलगत्तै भट्टराईले नेपाली र विदेशीलाई लिने भाडामा समायोजन गर्न एयरलाइन्सहरुलाई अनुरोध गरेका थिए । उनले एयरलाइन्सहरुले नै सुझबुझका साथमा भाडा समायोजन गर्न अनुरोध गर्दै घुमाउरो भाषामा अटेर गरेमा सरकारले हस्तक्षेप गर्न सक्ने समेतको चेतावनी दिएका थिए ।
पर्यटन मन्त्रीले राखेको प्रस्तावमा तत्कालै बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले हवाई भाडा समायोजन गर्न नसक्ने बताएका थिए । सरकारले जवरजस्ती भाडा समायोजन गरेमा चाबी बुझाउने प्रतिक्रिया दिएका थिए ।
यो पनि हेर्नुहोस : बुद्ध एयरका एमडी वीरेन्द्र बस्नेतले भने-७० वर्ष पुगेका वृद्धलाई भाड छुट दिन सकिन्न
यस्तै यति एयरलाइन्सका अध्यक्ष सोनाम शेर्पाले पनि भाडा समायोजन गर्न नसक्ने जवाफ यस अघिनै पर्यटन मन्त्री भट्टराईलाई दिइ सकेका थिए ।
पर्यटन मन्त्रीभट्टराईले १ बर्षको कार्ययोजना सार्वजनिक गर्दै ७० बर्ष नाघेका बृद्धबृद्धाहरुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका थिए । पर्यटन मन्त्रीले हवाई क्षेत्र सम्बन्धी विभिन्न निर्णयहरु धमाधम गर्न थालेपछि सोमबार र मंगलबार वायुसेवा संचालक संघको बैठक बसेको थियो ।
बैठकले पर्यटन मन्त्रीले सम्बन्धीत निकायहरुसँग छलफलनै नगरी आफुखुसी निर्णय गरेको भन्दै मान्न नसक्ने भनि पत्र पठाएको एक सञ्चालक समितिका एक सदस्यले क्यापिटल नेपाललाई जानकारी दिए ।
उनले पर्यटन मन्त्री भट्टराईले भने जसरी ५० प्रतिशत भाडा छुट नदिदा अहिलेको भन्दा महंगो पर्न जाने भएको भन्दै यसमा केहि सोच विचार गरेर मात्र सार्वजनिक रुपमा बोल्न अनुरोध गरेका छन् ।