बेलायतको एउटा अदालतले दुबईका शासकलाई डिभोर्सको जरिवाना स्वरूप पूर्वपत्नी र उनका बच्चालाई ५५ करोड पाउन्ड क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।
बेलायती इतिहासमा यसलाई सर्वाधिक महँगो डिभोर्समध्येको एक भएको बताइएको छ ।
नेपाली रुपैयाँमा यो रकम झन्डै ९० अर्ब हुन आउँछ ।
पत्नी र बच्चाहरुलाई छुट्टाछुट्टै रकम
बेलायत हाइकोर्टले शेख मोहम्मद बिन रसिद अल मकतुमलाई आफ्नी छैटौं पत्नी राजकुमारी हया बिन्त अल हुसैनलाई २५.१५ करोड पाउन्ड दिनुपर्नेछ । यसबाहेक उनका दुई बच्चाहरू; १४ वर्षीय अल जलिला र नौ वर्षीय जायद, लाई २९ करोड पाउन्ड बराबरको बैंक ग्यारेन्टीअन्तर्गत भुक्तान गर्नुपर्नेछ । कुल मिलाउँदा यो राशि ५५ करोड पाउन्ड बन्छ ।
अदालतका अनुसार बच्चालाई प्राप्त हुने कुल राशि २९ करोड पाउन्डभन्दा कम या बेसी हुन सक्छ । उनीहरू कति समयसम्म जीवित रहन्छन् वा पितासँग मेलमिलाप गर्छन्/गर्दैनन् जस्ता कारक तत्वमा पनि याे निर्भर रहन्छ ।
७२ सालका शेख मोहम्मद संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्रीसमेत हुन् ।
भागेर बेलायत
न्यायाधीश फिलिप मुरले आदेश पारित गरेका हुन् ।
४७ वर्षीया राजकुमारी हया सन् २०१९ मा भागेर बेलायत पुगेकी थिइन् । साथै बेलायत अदालतको माध्यमबाट आफ्ना दुई सन्तान संरक्षणका लागि माग गरेकी थिइन् । जर्डनका दिवंगत राजा हुसैनकी छोरी हयाले आफू पतिसँग भयभीत रहेको बताएकी थिइन् ।
पारिवारिक कोर्टको पनि शेखविरुद्ध फैसला
बेलायतको एक पारिवारिक अदालतका न्यायाधीशले अक्टोबरमा फैसला सुनाएको थिए। फैसलामा शेख मोहम्मदले कानुनी लडाइँका बेला हयाको कल ह्याक गर्ने आदेश दिएका थिए । यद्यपि शेखले यो आरोपलाई अस्वीकार गरेका थिए ।
त्यसपछि शेखको तर्फबाट पनि कानुनी लडाइँ लडिएको थियो ।