काठमाडौं । सस्कृती,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले विदेशमा जाने श्रमिकहरु प्रति उदार देखिदै आएका छन् ।
विदेश जानेहरुलाई गाउँघरबाटै ठगिदै आउने र मेनपावर कम्पनीहरुबाट पनि ठगिने भएकोले त्यस्ता श्रमिकहरुलाई लक्षित गरेर वार्षिक ४० वटा नेपाल एयरलाइन्सको टिकट सर्वसुलभ मूल्यमा दिन निर्देशन दिएका हुन् । यसअघि एयरलाइन्सले १० वटा मात्र दिँदै आएको थियो ।
विदेशमा जाने र आउने श्रमिकलाई सम्मान गर्नुपर्छ भन्ने उद्धेश्यका साथ आजबाटै(सोमबार) लागू गर्न कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिएका हुन् । उनिहरुलाई अन्तिम भिसाको आधारमा जहाजको टिकट काट्न नसक्नेहरलाई अत्यन्त सहुलियत दरमा टिकट दिन भनिएको छ ।
उनि मन्त्रीमा नियुक्त भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने पीसीआर परीक्षणको शुल्क घटाउन निर्देशन दिए । प्रति व्यक्ति २ हजारबाट घटाएर १२ सय रुपैमा झारेका छन् ।
विमानस्थलको अनुगमनमा निस्किदा विदेश जाने श्रमिकहरुलाई पीसीआर परिक्षणको नाममा चर्को शुल्क लिएको गुनासो पाएपछि तत्कालै घटाउन मन्त्री आलेले निर्देशन दिएका थिए । उनको निर्देशनपछि तत्कालै कार्यन्वयनमा आएको छ ।
विदेशबाट श्रमिकहरुले पठाएको रेमिट्यान्सकै कारण देश चलेको भन्दै उनिहरुलाई नेपालबाट जादा र आउदा भव्य स्वागत गर्नुपर्छ भन्ने धारणा राख्दै उनले विमानस्थल भित्रै विश्राम कक्ष समेत बनाएका छन् ।
लामो समयसम्म विमानस्थलमा जहाज कुर्दा सहज रुपमा बस्ने व्यवस्था होस भन्ने उद्धेश्यले एसी,टेलिभिजन र इन्टरनेट सहितको सुविधा दिएर विश्राम कक्ष बनाएका हुन् । त्यति मात्र हैन,त्यहाँ केहि बेडहरु राखेर श्रमिकलाई सुत्ने व्यवस्था समेत गर्न थालेका छन्।
विदेशबाट आउने श्रमिकहरुलाई नै लक्षित गरि विमानस्थलमा अन्तर्राष्ट्रिय तर्फ पनि सटल बस राख्ने व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । अहिले आन्तरिक पर्यटक र यात्रुहरुलाई लक्षित गरि ३ वटा सटल भ्यान सञ्चालन गर्दै आएका छन् ।
विमानस्थलमा हुने ट्याक्सिको लुटलाई नियन्त्रणका लागि सटल बस सञ्चालन गरिएको उनको भनाई छ । अव विदेशबाट आउने श्रमिकहरुलाई पनि गोल्डेन गेटसम्म आउने व्यवस्था गर्नका लागि बस सेवा सञ्चालनको अन्तिम तयारी भइरहेको उनले बताए ।
निगम भनेको गरिव जनताहरुलाई सहज र सरल रुपमा सेवा दिने उद्धेश्यका साथ सञ्चालन भएको बताउँदै मन्त्री आलेले विदेश जाने र आउने श्रमिकहरुलाई विषेश प्राथमिकता दिएर उनिहरुलाई उचित सम्मानका साथ लैजान र ल्याउनका लागि समेत व्यवस्थापनलाई निर्देशन दिएका छन् ।