काठमाडौं । नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’ लोकप्रिय बनिरहेको छ । दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्क बिना नै प्याकेज अवधिभरि नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिन्छ ।
त्यसैगरी प्याकमा उपलब्ध डाटा लिमिट सकिएपछि प्याकेजको बाँकी अवधिभरि ६४ केबीपीएसको स्पिडमा निःशुल्क डाटा चलाउन सकिन्छ । प्याक अवधिभरि ग्राहकले आफ्नो आवश्यकताअनुसार थप सुविधाहरु प्राप्त गर्न चाहेमा एड अन प्याकसमेत खरिद गरी चलाउन सक्छन् ।
‘सजिलो अनलिमिटेड प्याक’ अन्तर्गत पोस्टपेडमा ५ सय ९९, ७ सय ९९, ९ सय ९९ र १४ सय ९९ का प्याकहरु उपलब्ध छन् । सजिलो अनलिमिटेड पोस्टपेड ५ सय ९९ अफरअन्तर्गत ३० दिनसम्म चलाउन मिल्ने गरी ५ सय ९९ मा अनलिमिटेड अननेट (नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने) भ्वाइस सेवा उपलब्ध हुनेछ ।
सजिलो अनलिमिटेड पोस्टपेड ७ सय ९९ अफरअन्तर्गत जम्मा ७ सय ९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जीबी डाटा, २ सय वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस (अन्य नेटवर्कमा समेत कल गर्न सकिने) र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ ।
सजिलो अनलिमिटेड पोस्टपेड ९ सय ९९ अफरअन्तर्गत जम्मा ९ सय ९९ मा अनलिमिटेड भ्वाइस र ४ सयवटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन २ जीबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जिबी डाटा, १ सय मिनेट अफ नेट भ्वाइस र १ सयवटा अफ नेट सन्देश पठाउन सकिन्छ ।
सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफरअन्तर्गत जम्मा १४ सय ९९ मा अनलिमिटेड भ्वाइस, १ हजारवटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन ४ जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने १ सय २० जीबी डाटा, २ सय मिनेट अफ नेट भ्वाइस र २ सयवटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ ।
उल्लेखित सबै प्याक लिँदा जीएसएम पोस्टपेडमा लागू हुने रेन्टल चार्जबापतको ३ सय ८४ समेत जोडेर प्याक लिन सकिन्छ । यी प्याकहरु *1415# डायल गरी प्राप्त निर्देशनअनुसार वा सहज रूपमा नेपाल टेलिकम एपबाट प्राप्त गर्न सकिन्छ ।
एड अन प्याक खरिदको सुविधा
माथि उपलब्ध प्याकेजअनुसार प्रतिदिन १ जीबी, २ जीबी र ४ जीबी प्रयोग गर्न सकिने डाटा सकिएमा प्याकेजको बाँकी अवधिभरिका लागि सस्तो दरको एड अन प्याक खरिद गर्न सकिन्छ । यसअन्तर्गत २ सय ९९ मा प्रतिदिन १ जीबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जीबी डाटा सेवा एड अन प्याकका रूपमा खरिद गर्न सकिन्छ ।
प्रतिदिन प्रयोग गर्न सकिने १ जीबी डाटा सकिएमा ६४ केबीपीएसको निःशुल्क अनलिमिटेड डाटा सेवा भने उपलब्ध नै हुनेछ । यदि ग्राहकले ६४ केबीपीएसभन्दा बढी गतिको डाटा सेवा प्रयोग गर्न चाहेमा जम्मा ३० रुपैयाँमा १ जीबी, ४० रुपैयाँमा २ जीबी र ५० रुपैयाँमा ३ जीबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिन्छ ।
यसैगरी अटम अफरमा ग्राहकले ३० दिनसम्म प्रतिदिन १ जीबी प्रयोग गर्न सकिने ३० जिबी डाटा सेवाको प्याक ५ सय ९९ मा खरिद गर्न सकिन्छ । यो अफर खरिद गरेपश्चात् ग्राहकले सुलभ दरमा भ्वाइस सेवा पनि लिन चाहेमा जम्मा २ सय ९९ रुपैयाँमा ३० दिनसम्म अनलिमिटेड प्रयोग गर्न सकिने एड अन प्याक खरिद गर्न सकिन्छ ।
यस प्याकेजमा पनि प्रतिदिन प्रयोग गर्न सकिने १ जीबी डाटा सकिएमा ६४ केबीपीएस अनलिमिटेड डाटा सेवा प्याकेजको बाँकी अवधिभरि निःशुल्क उपलब्ध हुनेछ । सोभन्दा बढी गतिको सेवा लिन चाहेमा जम्मा ३० रुपैयाँमा १ जिबी, ४० रुपैयाँमा २ जीबी र ५० रुपैयाँमा ३ जीबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड अन प्याककै रूपमा खरिद गर्न सकिन्छ ।
सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याक
सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याकमा जम्मा ५ सय ९९ मा प्रतिदिन १ जीबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जीबी डाटा उपलब्ध हुनेछ । यो प्याक लिएका ग्राहकहरुले अनलिमिटेड भ्वाइस सेवा लिन चाहेमाा जम्मा २ सय ९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिने एड अन प्याक खरिद गर्न सकिन्छ । यो सेवा प्रयोग गर्नका लागि *1415# डायल गरी दिइएको निर्देशनअनुसारको प्याक छान्न सकिन्छ । त्यसैगरी नेपाल टेलिकम एपबाट पनि यो सुविधा लिन सकिन्छ ।