काठमाडौं । केन्द्रीय बैंकले १६ वस्तुको एलसी खोल्दा सतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आयातमा कडाई गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकको बिदेशी बिनिमय ब्यवस्थापन बिभागले एकीकृत निर्देशन २०७६ परिवर्तन गरेको हो । चिनी, चकलेट, मिनरल वाटर, मदिरा र भिनागर, चुरोट र सुर्तिजन्य वस्तु, परफ्युम, कस्मेटिक सामान, काठका वस्तु तथा सामानहरू, जुत्ता चप्पल, छाता र लठ्ठि, मार्वल, सिमेन्ट, प्लास्टर र सेरामिक जस्ता वस्तुहरुको आयात गर्दा सतप्रतिशत नगद मार्जिन राखेर मात्रै प्रतितपत्र खोल्न पाउने भएका छ्न।
यसैगरी मोटरसाइकल र विद्युतीय सवारी साधान बाहेकका सवारी साधन आयात गर्दा ५० प्रतिशत नगद मार्जिन राखेर मात्रै एलसी खोल्ने ब्यवस्था राष्ट्र बैंकले गरेको छ । यस्ता बस्तुको आयातमा नगद मार्जिन राख्नुपर्ने भएकाले आयात निरुत्साहित हुने बिश्वास राष्ट्र बैंकले गरेको छ । आयात गरे बापत कै बस्तु बराबर नगद बैंकमा जम्मा गर्नुपर्ने भएकाले बैंक वित्तीय संस्थामा निक्षेप बढने भएकाले बैकिङ प्रणालीमा तरलता केही सहज हुने देखिएको छ ।
यस ब्यवस्थाका कारण बित्तिय सस्थाले आयातका लागि टीआर कर्जा र अल्पकालिन कर्जा दिनुनपर्ने बैंकर बताउँछन । उक्त ब्यवस्थाका कारण शोधन्तारघाटा कम गर्न तथा सीडी अनुपात ब्यवस्थापनका गर्नका लागि सहज हुने बताइएको छ ।