भर्चुअल माध्यमबाट सम्पन्न साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक बर्ष २०७७ र ०७८ को आर्थिक विवरण, वासलात, नाफानोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँ हिसाब र बार्षिक प्रतिवेदन पारित गरेको हो ।
यस्तै सभाले सेयरधनीलाई आव २०७७/०७८ का लागि ६.५ का दरले हुने ५३,३६,२३,०३१ बराबरको बोनस सेयर र ४.३२ का दरले हुने ३८,४२,०८,५८३ बराबरको नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंकले प्रस्तावित ५३,३६,२३,०३१ बराबरको बोनस सेयर वितरण भएपश्चात् हालको जारी र चुक्ता पूँजी ८,८९,३७,१७,१७८ बाट वृद्धि भई ९,४२,७३,४०,२०९ हुने भएकोले जारी र चुक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।
बैंकको साधारणसभाले आव २०७८/०७९ को लागि श्री सुन्दर एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।