काठमाडौं । पर्यटन विभागले सात ओटै प्रदेशलाई पर्यटनसम्बन्धी कार्यसम्पादनको जिम्मेवारी हस्तान्तरण गरेको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितिमा प्रदेश सरकारलाई जिम्मेवारी हस्तान्तरण गरिएको हो ।
नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्ययस्था गरी अधिकार र जिम्मेवारीसमेत बाँडफाँट गर्ने व्यवस्था ल्याएकाले अब सम्पूर्ण पर्यटन सेवासम्बन्धी कार्य सम्पादनको काम प्रदेशबाट नै हुने विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।
सरकारले तीनै तहमा पर्यटन सम्बद्ध उद्योग÷सेवा र व्ययसायको विकासका लागि स्थानीय तहमा समेत यसको विस्तार गर्न लागेको उनको भनाइ छ । विभागबाट नै पर्यटन सम्बद्ध, सेवा र व्यवसायीहरुले आफ्नो व्यवसायसम्बन्धी कार्यहरु केन्द«ीकृतरुपमा गर्दा सबै प्रदेशबाट भौगोलिकरुपमा समान पहुँच पुग्न नसकेकाले सातै प्रदेशबाट नै कार्य सम्पादन गर्ने कानुनी व्यवस्था गरिएको छ ।
प्रदेश सरकारले आगामी असोज १ गतेबाट कार्य सम्पादनका लागि पर्यटकस्तरीय होटल ३ सय ६१, होमस्टे ९२, ¥याफ्टिङ एजेन्सी ८५, ट्राभल एजेन्सी ३ हजार २ सय ६२, ट्रेकिङ ऐजेन्सी २ हजार ४ सय १७, रिभर गाइड २ सय १४, ट्रेकिङ पोटर गाइड १ सय ७२, पर्यटन यातायात सेवा ७९, ट्रेकिङ गाइड १२ हजार ९ सय ८१ र टुरिष्ट गाइड २७ हजार १ गरी कुल २२ हजार ३ सय ६४ सेवाक्षेत्र सातै प्रदेशलाई हस्तान्तरण गरिएको छ ।
प्रदेशमा जिम्मेवारी हस्तान्तरण भएसँगै विभागबाट लिने सेवा अब सातै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र अन्तरगतका निकायबाट ट्राभल एजेन्सी इजाजत पत्र जारी तथा नवीकरण, टे«किङ, पर्यटक यातायात सेवा, ¥याप्टिङ एजेन्सी, पर्यटकस्तरीय होटल, होमस्टे र टुर गाइट टे«किङलगाएतका सेवा लिन सकिने छ ।