काठमाडौं । एनसेल आजियाटा लिमिटेडले साना तथा मझौला व्यवसायी र कार्यालयहरुलाई लक्षित गरी आकर्षक योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेडले आधुनिक प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना संचालनमा ल्याएको हो ।
साे योजनामा मासिक कुनै निश्चित रकम तिर्न पर्ने बाध्यता बिना सहजै प्रिपेड सेवा लिन सकिन्छ । साना तथा मझौला व्यवसायी र स–साना कार्यलयहरुलाई ध्यानमा राखि ल्याइएको यो योजनामा कम शुल्कमा पेजी, सीयूजी, अन नेट र अफनेट कल सेवालगायत विषेशताहरु रहेको एनसेलले जनाएको छ । रिचार्जमा बोनस डेटा पाउने सुविधा पनि रहेकाे छ भने रिचार्जमा समयसीमा नरहने व्यवस्था रहेको जनाइएको छ ।
बिजनेस सधैं अन थिमअन्तर्गत पुस २ गते शुक्रबारबाट लागू हुने गरी यो योजना ल्याइएको हो । सरल रुपमा प्रचलित प्रिपेड सेवामा जस्तै यो सेवा लिएर सुलभ दरमा आफ्नो सीयूजी समूहअर्थात कार्यालयका साथीहरुसँग करसहित ३० पैसा प्रतिमिनेटका दरमा कूरा गर्न सक्छन् । त्यसैगरी पेजी अन नेट र अफ नेट कल सेवा पनि कर सहितमात्र रु १.३० प्रतिमिनेटमा उपलब्ध हुन्छ । यसका साथै ग्राहकले पेजी डेटा सेवा रु १.३० प्रतिएमबी र पेजीएसएमएस सेवापनिप्रति एसएसएस रु १.३० मा पाउँछन् ।
ग्राहकले एकपटक मात्र कर सहितमात्र १ सय ५० रूपैयाँमा बिजलाइट प्रिपेड प्लान सजिलै सुचारु गर्न सक्छन् । यो प्लान सुचारु भए पछि ग्राहकले ३५ रूपैयाँ मेनब्यालेन्ससहित सात दिनको समयसीमा रहेको ५ सय एमबी डेटा पनि प्राप्त गर्ने जनाइएको छ । यसको साथै ३० दिन सम्ममाजम्मा २ सय रूपैयाँको रिचार्ज गरेमा ग्राहकले ७ दिनको समयसीमा रहेको १ जीबी डेटा पनि प्राप्त हुने कम्पनीले जनाएको छ ।
यस प्लानमा रहेका अन्य सुविधाअन्तर्गत ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकताअनुसार विभिन्न एड अन प्याकहरु पनि खरिद गर्न सक्छन् । ग्राहकले उपलब्ध प्रिपेड डेटा प्याक, बिजप्लस रिकरिङ् प्याकअन्तर्गत २ जीबी/४ जीबी/६ जीबी डेटा प्याक, वानटाइम ३ जीबी/५ जीबीप्याक र कम्बो प्याकहरु खरिद गर्न सक्छन् । कम्बो प्याकअन्तर्गत ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डलिङ सहितको रु २०० को कम्बो सिल्भर, ३ सय रूपैयाँको कम्बो गोल्ड वा ३ सय ५० रूपैयाँको कम्बो प्लाटिनम प्याक पनि लिन सक्ने एनसेलले जनाएको छ ।
बिजलाइट योजनाले साना तथा मझौला व्यवसायहरु र स–साना कार्यालयहरुलाई आधुनिक व्यवसायका लागि आवश्यक सञ्चार सुविधाहरु प्रदान गर्दै उनीहरुका बिजनेस कम्युनिकेसनलाई अभिवृद्घि गर्न मद्दत गर्ने एनसेलले जनाएको छ । यस प्रिपेड योजनाका साथ एनसेलले ग्राहकलाई बिना कुनै निश्चित अग्रिम मासिक शुल्क सेवा प्रदान गर्ने जनाइएको छ ।