काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) ले उद्योग तथा परियोजनामा गरेको लगानीमा निर्माण अवधिको ब्याज (आईडीसी) लाई पुँजीकरण गर्न अनुमति पाएको छ ।
नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गरी आयोजना निर्माणका क्रममा पाकेको ब्याज पुँजीकरण गर्ने पाएको हो । यसअघि वाणिज्य बैंकहरुसँग सहवित्तीयकरणमार्फत प्रवाह भएको परियोजना कर्जाको निर्माण अवधिको ब्याज मात्र पुँजीकरण गर्न पाएको थियो ।
निफ्राको एकल लगानी भएको परियोजनाले यस्तो सुविधा पाएको थिएन । ब्याज पुँजीकरण गर्न नपाउँदा समस्या आउन सुरु भइसकेकोमा केन्द्रीय बैंकले पाउने व्यवस्था गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडाले बताए । परियोजना कर्जाको ग्रेस अवधिमा पाकेको ब्याजलाई पुँजीकरण गर्न पाइने छैन ।
तर, राष्ट्रिय प्राथमिकताप्राप्त क्षेत्रमा लगानी गरिएका कर्जाको हकमा यस बैंकको पूर्व स्वीकृति लिई पूँजीकरण गर्न पाउने भएको छ । निफ्राले जलविद्युत उत्पादन, प्रशारण तथा वितरण लगायतका ऊर्जामूलक उद्योग, स्वदेशी कच्चा पदार्थ प्रयोग हुने क्लिङ्कर तथा सिमेन्ट उत्पादन सम्बन्धी उद्योगहरूले पाउने भएका छन् ।
यस्तै औषधि उद्योग, केबुलकार, चिनी उत्पादन सम्बन्धी उद्योग,दुग्धजन्य वस्तु उत्पादन उद्योग, सरकारको सम्बन्धित निकायवाट मनसायपत्र प्राप्त गरेका मेडिकल कलेजहरु र परिवत्र्य विदेशी मुद्रा आर्जन गर्ने पर्यटक स्तरीय होटल, अस्पताल, फलफूल, मसला, जडिबुटीलगायतका दीर्घकालीन कृषि परियोजनाहरुमा भएको लगानीको ब्याजलाई पुँजीकरण गर्न पाउने भएको छ ।