काठमाडाैं । 'काेड फर नेपाल' ले डेटासम्बन्धी सीप विकास गर्न डेटा फेलोसीप संचालन गर्ने भएको छ । डेटाक्याम्पको सहकार्यमा सञ्चालन गर्न लागेको हो ।
तीन महिना लामो फेलोसीपको मुख्य उद्देश्य भनेकाे नेपाली युवालाई डेटासम्बन्धी सीप सिकाउने तथा रोजगारी प्रदान गर्ने रहेको छ ।
फेलोसीपले याे वर्ष ४०० भन्दा बढीमा डाटा सीप विकास गरी उनीहरूको जीवनमा परिवर्तन ल्याउने लक्ष्य राखेको छ।
‘कोड फर नेपाल’ नेपालमा डिजिटल साक्षरता प्रबर्धन गरी ओपन डाटाको प्रयोग बढाएर नेपाललाई डिजिटल रूपमा सशक्त बनाउन सन् २०१४ मा स्थापना गरिएको स्वयंसेवकहरूको एउटा समुदाय हो ।
फेलोसीपका प्रत्येक सहभागीले ३९९ अमेरिकी डलर बराबरको प्रिमियम डाटाक्याम्प सदस्यता प्राप्त गर्नेछन् । साथै उनीहरूले रोजगारीका विभिन्न अवसर प्राप्त गर्नेछन्।
फेलोसीपका सम्पूर्ण सहभागीले प्राप्त गर्ने कार्यक्रमको कुल मौद्रिक मूल्य २ करोड नेपाली रुपैयाँ भन्दा बढी छ ।
फेलोसीपमा चार चरण हुने काेड फर नेपालले जनाएकाे छ । जसमा डाटाक्याम्प कोर्स, असाइनमेन्ट, सफ्ट स्किल्स डेभलपमेन्ट, र सपोर्ट हुनेछन् । डाटाक्याम्प कोर्सअन्तर्गत सहभागीले आफ्नो डेटा र डिजिटल सीप वृद्धि गर्नेछन् ।
यो कोर्स तीन महिनाभित्र सक्नुपर्नेछ। त्यसपछि असाइनमेन्टअन्तर्गत फेलोहरूले असाइनमेन्टलाई ब्लग पोष्ट, डाटा भिजुअलाइजेसन वा प्रकाशनयोग्य आउटपुटको कुनै पनि रूपको रूपमा पेस गर्नुपर्नेछ।
यसरी प्रकाशन भएका प्रत्येक ब्लग पोष्टको ५ हजार रुपैयाँका दरले प्रदान गरिने छ ।