काठमाडौं । नेपालमा विद्युतीय गाडीको ‘एसम्बलिङ प्लान्ट’ राख्नेलाई सरकारले करमा सहुलियत दिने भएको छ ।
नेपालमा ‘एसम्बलिङ प्लान्ट’ राखेर न्यूनतम २० प्रतिशत मूल्य अभिवृद्धि गर्ने कम्पनीलाई सरकारले सहुलियत दिने अर्थमन्त्री डा युवराज खतिवडाले बताए । उनले २० प्रतिशतभन्दा कम मूल्य अभिवृद्धि हुने भए नेपालमा गाडीको ‘एसम्बलिङ प्लान्ट’ नखोल्न व्यवसायीलाई सुझाए ।
२० प्रतिशतभन्दा कम मूल्य अभिवृद्धि हुने प्लान्ट राखेर राज्यलाई केही फाइदा छैन उनले भने कम हुन्छ भने त्यस्तो प्लाण्ट नखोल्नुस् । २० प्रतिशतभन्दा बढी हुन्छ भने सरकार बढी सहुलियत दिन तयार छ ।
डिजेल र पेट्रोलबाट जस्ता परम्परागत ऊर्जाबाट चल्ने सवारीसाधन आयातमा भन्दा विद्युतीयमा जोड दिन उनले अटो व्यवसायीलाई सुझाए ।
मुलुकको औद्योगिकीकरणको सुरुबाट एस्सम्बलीबाट हुने गरेको बताउँदै उनले व्यवसायीलाई गाडी आयातभन्दा पनि नेपालमै प्लाण्ट राख्न सुझाए । उनले नेपालमै गाडी उत्पादनको प्लाण्ट राख्न सरकारले सहयोग गर्ने प्रतिबद्धता अर्थमन्त्रीले दोहोर्याए ।
नेपाल अटो मोबाइल्स एसोसियसन अफ नेपालले मङ्गलबारदेखि आयोजना गरेको अटो शोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले विद्युतीय सवारीसाधन आयातमा जोड दिएका छन् ।
उनले पछिल्लो दशकमा सवारीसाधन आयात अधिक बढेको बताए । उनका अनुसार १० वर्षभित्र गाडी आयात ४ गुणा र २ वर्षमा दोब्बर बढेको तथ्याङ्क प्रस्तुत गरे ।
विश्व व्यापार सङ्गठन (डब्ल्युटीओ) ले सवारीसाधनमा ८० प्रतिशतभन्दा बढी भन्सार लगाउन नहुने प्रावधान भएको बताउँदै उनले भन्सार दरलाई विस्तारै घटाएर अन्तःशुल्कमा जोड दिने जानकारी गराए । सवारीसाधनबाट बढी कर उठाउने राज्यको नीति नभएको समेत उनले स्पष्ट पारे ।
यो पनि पढ्नुहोस् :