एजेन्सी । सन् २०१४ मा सत्य नाडेला माइक्रोसफ्ट कर्पोरेसनको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बने । त्यस बेला कम्पनीमा एकदमै विषाक्त संस्कृति थियो, जसलाई टेड डाइनसर भनिन्थ्यो । माइक्रोसफ्टका संस्थापकमाथि कर्मचारीलाई आलोचना तथा गाली गर्ने आरोप लागेको थियो । उनीपछि सीईओ बनेका स्टिभ बामरले सधै हार्डबल बिजनेस टेक्निलाई निरन्तरता दिइरहे । तर, उनकै साझेदारले घृणा गरे ।
यही कारणले गर्दा माइक्रोसफ्टले स्मार्टफोनको लडाइँमा हार बेहोर्नुपर्यो । आफ्ना प्रविधिका लागि बनाइएको टेक प्लेटफर्म, डेस्कटपको लडाइँ हारेर क्लाउडमा जान पर्यो ।
जब नाडेला माइक्रोसफ्टमा आए तब उनी सबैभन्दा पहिला माइक्रोसफ्टको संस्कृति परिवर्तन गर्नमा केन्द्रित भए । भारतीय मूलका बुद्ध धर्मावलम्बी नाडेलला कम्पनीमा छुट्टै संस्कृति बसाल्ने तयारीमा थिए । ‘सबै कुरा जान्नुपर्छ’ भन्ने विश्वव्यापी मान्यतालाई चिरेर उनले कम्पनीभित्र रुची लिएर ‘सबै कुरा सिक्न पर्छ’ भन्ने संस्कृति बसाले । उनले पहिले जस्तो पुरानो, आक्रामक स्वभावलाई कम्पनीले अब नस्वीकार्ने घोषणासमेत गरे ।
कार्यकारी वैठकमा गाली गर्ने, अरुको आक्रमकतालाई सहने, आफ्नो आवाज नउठाउने, कर्मचारीमाथि रिस पोख्ने जस्ता संस्कृतिलाई उनले बर्जित गरेर एउटा सौहार्द वातावरण बनाउन मद्दत गरे ।
कम्पनीको संस्कृति र रणनीतिमा परिवर्तन गरेपछि कम्पनीको बजार पूँजीकरण बढेर गयो । तत्कालिन समयमा ३ खर्ब डलर रहेको कम्पनीको बजार पूँजीकरण आज नाडेलाको नेतृत्वमा करिब २५ खर्ब डलर पुगेको छ । जसबाट आज माइक्रोसफ्ट विश्वको सबैभन्दा मूल्यवान कम्पनीमा सूचिकृत छ ।
यसैगरी भारतीय मुलका अर्का सीईओ सुन्दर पिचाईले पनि गुगललाई विशाक्त संस्कृतिले गिजोलिएको अवस्थामै कम्पनीलाई ‘टेक ओभर’ गरेका थिए । शीर्ष तहका कार्यकारी र कर्मचारीबीचको शारीरिक सम्बन्धका कारण गुगल कम्पनी नै आन्तरिक लफडामा फसेको थियो । पिचाई जब कम्पनीमा आए उनले कम्पनीको समस्या र सम्भावनालाई ठण्डा दिमागले मापन गरे । यसैले उनले पनि गुगललाई अतुलनीय सफलता दिलाए ।
यसैगरी अन्य भारतीय टेक कम्पनीका सीईओ जस्तै एडोबीका सान्तनु नारायण, आर्टिस्टा नेटवर्कका जेयश्री उलालले पनि आआफ्ना कम्पनीलाई नयाँ उचाईँमा पुर्याए । टेक क्षेत्र बाहेक भारत मूलका अन्य सीईओले पनि विभिन्न बहुर्राष्ट्रिय कम्पनीलाई अदभूत सफलता दिलाएका छन् । जस्तै पेप्सी कम्पनीका इन्द्र नोयी र मास्टरकार्डका अजय बांगा रहेका छन् ।
तर, विश्वका यी ठूला कम्पनीहरुले भारतीयहरुलाई कसरी यति ठूलो शिर्षस्थ पदका लागि योग्य ठाने त ? उनीहरु कसरी यति सफल भए त ? चासोको विषय बनेको छ ।
क्यालिफोर्निया विश्वविद्यालयले गरेको एउटा अध्ययन अनुसार १९९९ मा अमेरिका छिरेका आप्रवासी मध्ये एक तिहाई सिलिकन भ्याल्लीमा विज्ञान तथा इन्जिनियरिङ क्षेत्रका जनशक्ति थिए । जसमध्ये भारतीय सीईओहरुले मात्र सिलिकन भ्याल्लीका करिब ७ प्रतिशत हाई टेक कम्पनीहरुको नेतृत्व गरिरहेका थिए ।
२००६ मा भएको अर्को संयुक्त अध्ययनका अनुसार आप्रवासीहरुले संस्थापन गरेको नवप्रवर्तन (स्टार्टअप) को संख्या ५२.४ प्रतिशतले वृद्धि भएको थियो । जसमध्ये भारतीय मूलका सीईओले संस्थापन गरेको स्टार्टअपले पनि सिलिकन भ्याल्लीमा १५.५ प्रतिशत हिस्सा ओगटिसकेको थियो । जसमा सिलिकन भ्याल्लीमा कार्यरत कूल कर्मचारीको ६ प्रतिशले काम गर्दथे ।
शिक्षा र संस्कृति मूख्य कारक
शिक्षाले भारतीय सीईओलाई त्यहाँ पुर्याएको हो भन्ने कुरामा कुनै शंका छैन । तर, शिक्षाको आधारमा मात्र गुगल, माइक्रोसफ्ट, आईबीएम तथा ट्वीटर जस्ता कम्पनीहरुले आफ्नो बोर्डमा उत्तिकै योग्य स्वदेशीको सट्टा विदेशीलाई चयन गर्दैन । वास्तवमा यसको उत्तर सांस्कृतिक मूल्य, मान्यता र आप्रवासी संघर्षमा लुकेको छ ।
भारत जस्तो भ्रष्टचारले गाँजेको, कमजोर पूर्वाधार र सिमित अवसरबाट उठेर सिलिकन भ्याल्लीमा पुगि घरेलु ट्यालेन्सीहरुसँग प्रतिस्पर्धा गर्न सानो हिम्मत र ज्ञानले पुग्दैन । यसका लागि शक्तिशाली, संघर्षशिल र धैर्यशिल हुनपर्छ । यहीँ कुराले मात्र मान्छेलाई उद्यमी, सृजनशिल र सफल बनाउँछ ।
यस्ता स्वभाव र क्षमताले मात्र एउटा सीईओलाई कम्पनीको संस्कृति परिवर्तन गर्न सक्षम तुल्याउँछ । भारतीय सीईओहरुमा भएको यहीँ विशेष खुबीका कारण आज अमेरिकाको भूमिले उनीहरुलाई पहिचान गरी आफ्नो महत्वपूर्ण नेतृत्वको कुर्सी सुम्पिएको छ ।
भारतीय मूलका सीईओहरुको नेतृत्वमा अन्य ठूला कम्पनीहरुको लोभलाग्दो सफलता देखेर नै ट्वीटर इंकले पनि भारतीय मूलका पाराग अग्रवाललाई आफ्नो सीईओमा सजिलै चयन गरेको थियो । उनी भर्खरै ट्विटरको सीईओ बनेका हुन् । हाल ट्वीटरलाई पनि संस्कृतिक परिवर्तनकै त खाँचो छ । उनले के गर्छन त्यो हेर्न बाँकी छ ।