नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को साधारण सभा बुधबारदेखि राजधानीमा सुरु हुँदैछ । सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व पनि चयन गर्नेछ । पोखरामा अटोपाटर््स व्यवसायबाट आफ्नो सफल व्यावसायिक यात्रा थालेका फोर्स मोटरका आधिकारिक वितरक हिमालयन अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा अध्यक्षको प्रतिस्पर्धामा छन् । थापा अहिले नाडाको उपाध्यक्ष छन् । उनी पश्चिमाञ्चल अटोमोबाइल व्यवसायी संघका पूर्वाध्यक्षसमेत हुन् । महाधिवेशन तथा चुनाव नजिकिँदै गर्दा यसको तयारी, चुनावी अंक–गणितका साथै आगामी योजनालाई लिएर नाडा अध्यक्ष उम्मेदवार थापासँग क्यापिटल नेपालका लागि संवाददाता युजु खालिङले गरेको कुराकानीको सम्पादित अंशः
चुनाव आउन अब दुई दिन मात्र बाँकी छ । तपाईंको तयारी कहाँ पुग्यो ?
तयारी अन्तिम चरणमा पुगेको छ । हामी अझै पनि भोट माग्ने क्रममै छौं । व्यवसायीहरूको घर–घरमा पुगिरहेका छौं । तपाईंका प्रतिद्वन्दी करण चौधरीको पक्षमा अहिलेको कार्यसमितिको ८० प्रतिशत सदस्यको समर्थन र कुल मतदातामध्ये तपाईंकाभन्दा २ सय जना धेरै छन् । तिनलाई फिर्ता ल्याउने तपाईंको अभियान छ भनेर सुनियो । अहिले मतको अंक–गणित कता पुग्यो ?
उहाँहरूको पक्षमा ८० प्रतिशत भन्ने त पक्कै नहोला । अहिलेको हाम्रो कार्य समितिमा १४ जना सदस्य छन् । ६ जना हाम्रोमा र ८ जना उता हुनुहुन्छ । ८० प्रतिशत पक्कै पनि होइन । अर्को कुरा भोट कसको पक्षमा धेरै छ भन्ने कुराचाहिँ चुनावले नै देखाउने कुरा हो । अहिले माहौल हेर्दा पनि कसको पक्षमा कति छ भन्ने कुरा त उहाँहरूले नै आँकलन गरिसक्नु भएको छ होला । अहिले हाम्रो पक्षमा, खास गरी परिवर्तनको पक्षमा लहर नै चलेको छ । त्यो हिसाबले पनि उहाँहरुको बढी कि हाम्रो बढी छ भन्ने कुरा त चुनावपछि स्पष्ट भइहाल्छ ।
तपाईं सानो व्यवसायबाट मोफसलमा उदाउनु भएको मान्छे । देशको एउटा ठूलो व्यापारिक घरानासँग प्रतिस्पर्धामा उत्रिनुभएको छ । चुनौती कत्तिको छ ?
चुनौती त भइहाल्छ नि ! निर्वाचनमा होमिएपछि सबै प्रतिस्पर्धी समान हुन्छन् । भलै उहाँ ठूलो व्यवसायी हुनुहोला । म सानो व्यवसायबाट नै अगाडी बढेको व्यक्ति हुँ । व्यवसायीका समस्याबारे पनि अवगत छु । मोफसलबाट आएको हुँ र अहिले पनि मोफसलमै बसेर काम गरिरहेको छु । गाडी आयातकर्ता एवम् स्पेयर पाटर््सको डिलरको रुपमा समेत काम गरिरहेको छु । व्यवसायीका यी तमाम समस्या र भावनालाई बुझेर आएको छु । यसर्थ धेरै क्षेत्रको अनुभव छ मसँग ।
हो, कहीँकतैबाट विरासतमा पाएको भए मलाई पनि केही पनि थाहा हुने थिएन । तर, आफैंले भोगेर, जानेर आएको हुँदा व्यवसायीका समस्या के हुन् ? र, तिनलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा मेरो टिम सचेत छ । त्यसमाथि १७ जनाको समावेशी टिम पनि छ । महिला, युवा, अनुभवी तथा सम्पूर्ण क्षेत्रलाई समेट्ने गरी टिम बनेको छ । यस हिसाबले पनि हाम्रो जित निश्चित छ ।
कहीँकतैबाट विरासतमा पाएको भए मलाई पनि केही पनि थाहा हुने थिएन । तर, आफैंले भोगेर, जानेर आएको हुँदा व्यवसायीका समस्या के हुन् ? र, तिनलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा मेरो टिम सचेत छ । त्यसमाथि १७ जनाको समावेशी टिम पनि छ । महिला, युवा, अनुभवी तथा सम्पूर्ण क्षेत्रलाई समेट्ने गरी टिम बनेको छ । यस हिसाबले पनि हाम्रो जित निश्चित छ ।
चुनावमा गुटबन्दी स्वाभाविक हो । तर, जसरी अहिले नाडाको चुनावमा व्यापारिक घरानाले एक–एक प्रतिनिधिलाई समर्थन गरी अघि बढाइरहनु भएको छ, यसरी व्यवसायीबीच आफूआफू गूटबन्दी गरेर हिँड्दा यसले तपाईंहरुको सामूहिक नीतिगत पहल तथा आगामी लक्ष्यलाई अप्ठ्यारोमा पार्दैन ?
नाडा एउटा संस्था हो । मिलेर जाँदा राम्रै हुन्छ । तर, नमिल्दा प्रजातान्त्रिक अभ्यासमा गुटबन्दी भन्ने कुरा हुँदै गर्छ । त्यसले व्यवसायीबीचमा दरार ल्याउँछ भन्ने हुँदैन । चुनावको दिनसम्म हाम्रो प्यानल बन्छ । चुनावपछि सबै आ–आफ्नो काममा लाग्छन् । जसको टिम आए पनि समस्या सबैका एकै हुन्छन् । त्यतिखेर सामूहिक हकहितका लागि पहल तथा सम्बोधन गर्नैपर्ने हुन्छ ।
दुवै पक्षले चुनावको दिनसम्म पनि सम्झौता भएमा सर्वसम्मत गर्न सकिन्छ भनेर भनेको छ । यसमा तपाईंहरुको सर्त के हो ? कस्तो सम्झौता भएको खण्डमा सर्वसम्मतमा जानुहुन्छ ?
मिलेर जाने भन्ने कुरामा हामी पनि तयार छौं । मिल्ने कुरामा सधैं एउटा मात्र पक्ष दबिएर बस्नुपर्छ भन्ने हुँदैन । म यसअघि २ पटकसम्म उपाध्यक्ष बनिसकेको छु । बाँकी १५ वर्ष पश्चिमाञ्चल अटोमोबाइल्स डिलर संघमा अध्यक्ष तथा अन्य विभिन्न सेवामा बिताइसकेको छु । करिब २०/२१ वर्ष मैले यसमै बिताइसकें । तर कोही भने विरासतमा पाएर एक–दुई कार्यकाल खाएर तत्काल अध्यक्ष भइहाल्ने, कोही वर्षौंसम्म पनि त्यहाँ बसेर योगदान गर्दा पनि नेतृत्व नपाउने ! यो प्रवृत्ति ठीक भएन । त्यसैले यसमा पनि केही परिवर्तन ल्याउन पर्यो भनेरै म उठेको हुँ ।
अर्को कुरा नाडामा केही सिमित कर्पोरेट हाउसहरुको मात्र बोलवाला रह्यो । उहाँहरुले जसलाई चाह्यो त्यसलाई अध्यक्ष बनाउने र आफूले चाहेको काम मात्र सरकारलाई गराउने प्रवृत्ति हाबी भयो । यसो हुँदा आम व्यवसायीको आवाज प्रतिनिधित्व हुन पाएन । यो परम्परालाई चुनौती दिनका लागि पनि उम्मेदवारी दिएको हुँ ।
सरकारले हरेक वर्ष अटोमोबाइल्सलाई छुँदै आइरहे पनि स्पेयर पाटर््सलाई खासै छोएको देखिन्न । यसमा तपाईंहरुको नीतिगत पहल नपुगेको हो ? अनि अर्को एसेम्बल उद्योगको कुरा आयो । त्यसमा पनि सीमित व्यसायीलाई मात्र लाभ हुने सुविधा आयो भनिन्छ । यसमा तपाईंको धारणा के छ ? एसेम्बलपछि नेपाली बजार उत्पादन तथा बजारीकरणका लागि कत्तिको तयार देख्नुहुन्छ ?
एसेम्बल प्लान्टका लागि सरकार पछिल्लो समय अलिक सकरात्मक बनेको छ, त्यसलाई हामीले पनि स्वागत गरेका छौं । देशमै एसेम्बल प्लान्ट भएपछि रोजगारी सिर्जना हुनुका साथै अर्थतन्त्रमा पनि टेवा पुग्छ । हुन त उत्पादन नै भएको राम्रो हो । कुनै पनि देशले सुरुमा एसेम्बल नै गर्छ र पछि उत्पादनमा जान्छ । सरकारकै नीतिले व्यवसायीलाई फाइदा भने भएको छैन । व्यवसायीलाई फाइदा हुनु भनेको उपभोक्तालाई पनि फाइदा हुनु हो ।
यसपालि सरकारले उद्योगमा केही कर छुट दिएको छ । यो बजेट आउनुअघि नेपालमा एसेम्बल भएका र बाहिरबाट आयात भएका गाडीको मूल्यमा खासै फरक भएन भन्ने आरोप पनि लाग्ने गरेको थियो । दुई–चार हजारको फरकलाई खासै उपलब्धि मानिएन । तर, अहिले सरकारले केही राहत दिएपछि मूल्यमा फरक त पर्छ नै । साथै उपभोक्ता पनि लाभान्वित हुनेछन् ।
हामीले सरकारलाई यतिले मात्र पुग्दैन, बजेटमा दर घटाउने बढाउने भन्दा पनि एउटा स्पष्ट नीति नै बनाएर ल्याउन भनेका छौं । यसरी नीति बन्यो भने जुनसुकै सरकार आए पनि हामीलाई फरक पर्दैन । आज अर्बौं रुपैयाँ लगानी गरी एसेम्बल प्लान्ट खोलेर भोलि बन्द गर्नु पर्यो भने त्यसको अर्थ हुँदैन ।
अहिले दुईचक्के सवारीसाधन एसेम्बल भइरहेका छन् । भोलि गएर चारचक्के पनि एसेम्बल हुन सक्छन् । त्यसका लागि चाहिने स्पेयर पाटर््सको उद्योग पनि भोलि नेपालमा खुल्न सक्छ । यसले समग्र फाइदा त नेपाली अर्थतन्त्रलाई नै दिन्छ । एउटा स्पष्ट नीतिगत व्यवस्था बनोस् भन्ने हाम्रो माग हो ।
स्पेयर पाटर््सका कुरामा नीतिगत समस्या धेरै छन् । त्यो बिस्तारै आउनै पर्छ । हिजोआज लुब्रिकेन्ट्समा अत्याधिक भन्सारमूल्य बढेको छ । त्यो बढाएका कारण व्यवसायीले धेरै दुःख पाएका छन् । यस्तो हुनु भएन । सधैं एकनासको हुनुपर्यो । जसले गर्दा व्यवसायीलाई व्यवसाय गर्ने राम्रो वातावरण बन्न सक्छ ।
यसपालि सरकारले उद्योगमा केही कर छुट दिएको छ । यो बजेट आउनुअघि नेपालमा एसेम्बल भएका र बाहिरबाट आयात भएका गाडीको मूल्यमा खासै फरक भएन भन्ने आरोप पनि लाग्ने गरेको थियो । दुई–चार हजारको फरकलाई खासै उपलब्धि मानिएन । तर, अहिले सरकारले केही राहत दिएपछि मूल्यमा फरक त पर्छ नै । साथै उपभोक्ता पनि लाभान्वित हुनेछन् ।
अहिलेको कार्यसमितिमा तपाईं विद्युतीय सवारीजस्तो उदीयमान क्षेत्रसँग सम्बन्धित विभागको अध्यक्ष पनि हुनुहुन्छ । नेपालमा ईभीका लागि अझै पनि स्पष्ट कानुनी व्यवस्था छैन । यसबीच नीतिगत पहल तथा व्यापार प्रवर्धनमा तपाईंको भूमिकाबारे केही भनिदिनुस् न !
नाडामा दुई वर्षदेखि विद्युतीय सवारीसाधनको विभागमा अध्यक्ष भएर काम गरेँ । यसमा एसेम्बलको जस्तै समस्या छ । प्रस्ट नीति आइसकेको छैन । प्रस्ट नीति आयो भने विद्युतीय सवारीसाधन आयात मात्र होइन । नेपालमै एसेम्बल हुन पनि सक्छ । बरु अर्को इन्धन गाडी बनाउन गाह्रो हुन्छ । एसेम्बल पनि गाह्रो छ । विद्युतीय गाडीमा धेरै पाटर््स चाहिँदैन । यसैले यो सहज छ । पछिल्लो समय सरकारले प्रबद्र्धन गरिरहेको छ । तर, स्पष्ट नीति भने छैन । विगतमा केही अप्ठ्यारो स्थिति सिर्जना भएको भए पनि अहिले ठीकै छ ।
विद्युतीय सवारीसाधन सरकारका लागि मात्र होइन मानवीय स्वास्थ्य तथा वातावरणका हिसाबले पनि महत्वपूर्ण छ । अतः यसको प्रबद्र्धन गर्नैपर्छ । यसमा प्रस्ट नीति बन्यो भने आयात होस् वा निर्माण, सहज हुने थियो । बरु सरकारलाई सुझावका लागि नाडाले सहयोग गर्छ । हामीसँग विज्ञहरू पनि छन् । हिजोको दिनमा विद्युतीय सवारीसाधनमा एकदमै कम भन्सार थियो । बीचमा थाहा नै नदिई ह्वात्तै बढाइयो । जसकारण ईभीको आयात नै बन्द भयो । बीचमा हामीले धेरै लबिङ गर्यौं । मिडियाको पनि सहयोग भएका कारण सरकारमा दबाब सिर्जना भएर घटाइयो । तर यो भोलि पुनः नबढ्ला भन्न सकिन्न । नीतिगत अस्थिरता हुन भएन भन्ने हाम्रो कुरा हो ।
कोभिडको समय टरेको छैन । फेरि नयाँ भेरियन्ट आयो । पहिले पनि अटो व्यवसाय निकै प्रभावित भयो । अहिले पुनः चिप अभावको प्रभाव अन्तर्राष्ट्रिय तथा स्वदेशी बजारमा देखिन थालिसकेको छ । नीतिगत अस्थिरता अर्कोतिर छ । यस्तो अवस्थामा तपाईंमा नाडा नेतृत्व आइपुग्यो भने व्यवसाय क्षेत्रलाई कसरी अघि लैजाने योजना छ ?
प्राकृतिक प्रकोप र महामारीलाई त कसैले रोक्न सक्दैन । त्यो बेलामा व्यवसायीले कसरी राहत पाउन सक्छ भन्ने कुरामा चहिँ हामी सधै सचेत हुनुपर्छ । निषेधाज्ञाको बेला सरकारले अटो व्यवसायीका कुरा सुनेन । अरू कतिपय व्यवसायी मर्कामा परे भनी सरकारले हेर्यो । तर, हामीलाई वास्तै गरेन । वर्षौंसम्म हाम्रा गाडी तथा स्पेयर पाटर््स स्टोरमा थन्किरहेका छन् । तर, न बैंकले राहत दिन्छ न सरकारले ।
त्यसका लागि नाडाबाट पनि बलियो गरी आवाज उठेन । विगतमा नाडाको जुन गरिमा थियो, पछिल्लो समय त्यो रहेन । त्यस बेला हामी केही कमजोर भयौं । सरकारसम्म हाम्रो आवाज लाँदा सुनुवाइ नुहुनु भनेको त्यो संस्था कमजोर हुनु हो । त्यसलाई आगामीे दिनमा मजबुत पार्ने दायित्व हामीमाथि छ, पार्ने पनि छौं ।
अरू कतिपय व्यवसायी मर्कामा परे भनी सरकारले हेर्यो । तर, हामीलाई वास्तै गरेन । वर्षौंसम्म हाम्रा गाडी तथा स्पेयर पाटर््स स्टोरमा थन्किरहेका छन् । तर, न बैंकले राहत दिन्छ न सरकारले । त्यसका लागि नाडाबाट पनि बलियो गरी आवाज उठेन । विगतमा नाडाको जुन गरिमा थियो, पछिल्लो समय त्यो रहेन । त्यस बेला हामी केही कमजोर भयौं । सरकारसम्म हाम्रो आवाज लाँदा सुनुवाइ नुहुनु भनेको त्यो संस्था कमजोर हुनु हो । त्यसलाई आगामीे दिनमा मजबुत पार्ने दायित्व हामीमाथि छ, पार्ने पनि छौं ।
उद्योग विभागले पछिल्लो समय नेपालमा एसेम्बल उद्योग स्थापना गर्ने उद्योगीले पहिलो वर्षमा १०, दोस्रोमा २० र तेस्रो वर्षमा ३० प्रतिशतसम्म आन्तरिक मूल्य अभिवृद्धि गर्नुपर्छ भन्ने व्यवस्था गरेको छ । त्यो कत्तिको व्यवहारिक देख्नुहुन्छ ?
सरकारले ल्याएको यो नीति नराम्रो होइन । अहिले यसलाई कार्यान्वयन गर्न कत्तिको सम्भव छ भन्ने कुरा महत्वपूर्ण छ । हामी पनि भ्याल्यु एड होस् भन्ने चाहन्छौं । तर, त्यो भ्याल्यु एड हुनलाई त त्यसका कारक तत्वहरु पनि हुनुपर्छ, जुन छैन । भोलि गएर भ्याल्यु एड गर्ने अवस्था छ–छैन त्यो पनि सरकारले हेर्नु पर्छ ।
अन्तिममा दुवै पक्षले गोल्छा अर्गनाइजेसन आआफ्नो साथमा छ भन्ने दाबी गर्नुभयो । दाबीको आधार स्पष्ट पारिदिनुहोस् न ।
गोल्छा अर्गनाइजेसनका निर्देशक आकाश गोल्छा नै हाम्रो प्यानलमा भएपछि गोल्छा अर्गनाइजेसन कता छ भन्ने कुरामा प्रश्नै आउँदैन । भिन्न संस्थाको जिम्मेवार पदमा बसेका कारण अहिले खुल्न मिल्दैन । उहाँका भतिज र छोरा हाम्रो टिममा हुनुहुन्छ ।
करण जीको टिमले यो कुरालाई दाबी गर्नु स्वाभाविक हो । नखुलेको टिमलाई दाबी गर्नु स्वभाविक पनि हो । यस्तै ज्योति ग्रुप पनि खुलेको छैन । हामी दुवैले आ–आफ्नो टिममा भनेका छौं । वास्तविकता त भोटपछि मात्रै देखिन्छ ।