काठमाडौं । लुम्बिनी विकास बैंकले ५ नयाँ शाखा कार्यालय एकैसाथ उद्घाटन गरेको छ । बैंकिङ्ग सेवा विस्तार क्रममा आइतबार काठमाडौं, नवलपरासी, रूपन्देही, दाङ र बाँकेमा एकैसाथ नयाँ शाखा खोलिएको सो बैंकले जानकारी दिएको छ ।
रूपन्देहीको मणिग्राम, दाङको घोराही, काठमाडौंको नयाँ बानेश्वर चोक, नवलपरासीको बर्दघाट र बाँकेको कोहलपुर साझाचोकमा बैंकले नयाँ शाखा खोलेको हो । यी शाखाहरू बैंकका क्रमशः ७३, ७४, ७५, ७६ र ७७ औं हुन् । अब देशभर बैंक शाखा संख्या ७७ पुगेको छ ।
बर्दघाट शाखा बर्दघाट नगरपालिकाकी उपप्रमुख मायादेवी पौडेल र बैंक सञ्चालक केशव खतिवडा, नयाँ बानेश्वर शाखा उद्घाटन बैंक सञ्चालकहरु चिन्तामणि भट्टराई र अंजुकुमारी गुप्ता, मणिग्राम शाखा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिहं बोहराले संयुक्त गरेका हुन् ।
घोराही शाखा उद्घाटन घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दाङ्ग जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी र बैंकका सञ्चालकहरु प्रतापकुमार आचार्य तथा रामचन्द्र सिग्देलले संयुक्त गरेका बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार कोहलपुर शाखा उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत र बैंक सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले गरेका हुन् ।
७७ शाखासहित देशभर लुम्बिनी विकास बैंकका १७ वटा एटिएम सञ्चालनमा छ ।