नेपालमा २०३६ सालदेखि निरन्तर रुपमा ‘साइम ब्युटी सैलुन’ सञ्चालन गर्दै आएकी कमला श्रेष्ठ उमेरले ६४ वर्ष भइन् । नेपालमा ब्युटिसियन व्यवसाय सुरुवात गर्ने पहिलो उद्यमी महिलाको परिचय बनाएकी श्रेष्ठ करिब १८ वर्ष टेलिभिजनमा कार्यक्रमसमेत सञ्चालन गरेकी छन् । यस्तै नेपालमा पहिलोपटक महिला स्कुटर चालकको रूपमा आफ्नो नाम सुरक्षित राखेकी छन् । कराँते खेलमा ‘ब्ल्याक बेल्ट’ पाउने पहिलो महिला कमला नै हुन् । २ वर्षअघि राष्ट्रपतिबाट सौन्दर्यको क्षेत्रमा राष्ट्रिय सम्मान प्राप्त गर्ने पहिलो महिला कमला नै हुन् । नेपालमा ब्युटिसियन क्षेत्रको भविष्य, महिला उद्यमीका चुनौती र उद्योग वाणिज्य महासंघमा महिलाको स्थानलगायत विषयमा केन्द्रित रहेर व्यवसायी श्रेष्ठसँग क्यापिटल नेपाल संवाददाता शर्मिला न्यौपानेले गरेको कुराकानी :
एउटै पेसालाई ४३ वर्षसम्म निरन्तरता दिन कत्तिको चुनौती रहेछ ?
हरेक व्यवसायमा आ–आफ्नै किसिमका चुनौती हुन्छन् । चुनौती नभएको त कुनै पेसा-व्यवसाय नै हुँदैन । मैले २०३६ सालदेखि सौन्दर्यको क्षेत्रमा काम गर्दै आएको छु । त्यो बेलाको चुनौती अर्कै थियो । सैलुनहरू कतै नभएको, यो व्यवसायको सुरुवात नै नभएको समयमा आफूले थालनी गर्नु पर्दा ग्राहकलाई सम्झाउने, बुझाउनुपर्ने, सल्लाह दिने लगायतका काम गर्न चुनौती थियो ।
जो सुकै आओस् तर, अब आउने पुस्ताले त अवसर पाउँछन् । अवसर पाएपछि अझ अगाडि बढ्न सजिलो हुन्छ, पछाडि हट्दैनन् । पछाडि भएर त्यतिकै ब्याक हुनी भए । भवानी, म लगायत ३÷४ जना फाइट गरेरै गएको हो तर, अरु नआउन पनि त सक्छन् । पछि पनि महिला महिला बीचमा नै स्वच्छ प्रतिस्पर्धा गरिदियोस् भन्ने हाम्रो धारणा हो ।
अहिले धेरै सैलुन खुलेका छन् । आफूले सुरु गरेको व्यवसाय हो, यो देख्दा खुसी पनि लाग्छ । आफूले छानेर, रुचाएर सुरु गरेको व्यवसायलाई यहाँसम्म ल्याएँ । अहिले याे सबैको चित्त बुझ्दो व्यवसायमा पनि परेको छ । यो एउटा उद्यमीका लागि राम्रो र खुसीको कुरा हो । तर, अस्वस्थ प्रतिस्पर्धा भएर बजारमा धेरै सैलुनहरू आएका छन् । अब मलाईभन्दा पनि नयाँ पुस्तालाई धेरै ठूलो चुनौती छ । संख्यासँगै गुणस्तर पनि खस्केको देखेको छु मैले ।
तपाईंका सम्झिनलायक र उपलब्धिमूलक काम के–के हुन् ?
ऊ बेला काठमाडौंमा तीनवटा सैलुन थिए । त्यसमध्ये पाटनमा सैलुन खोल्ने पहिलो व्यक्ति म नै भएँ । नेपालमा अहिले करिब ४ लाख ब्युटिसियनहरू छन् । सौन्दर्यकला व्यवसायी संघको पहिलो संस्थापक अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघमा ब्युटिसियन क्षेत्रबाट प्रतिनिधित्व गर्दै महासंघको केन्द्रीय सदस्य हुने पहिलो व्यक्ति, उद्यमी महिलाको अध्यक्ष पनि ब्युटिसियन क्षेत्रबाट पहिलो व्यक्ति हो ।
नेपालमा सौन्दर्यसम्बन्धी तालिम दिने संस्था नै थिएन । चार जना विद्यार्थीबाट सुरु गरेर तालिम दिने संस्था पनि खोलें । नेपालमा स्कुटर चलाउने पहिलो महिला चालक, कराँते खेलमा ‘ब्ल्याक बेल्ट’ पाउने पनि पहिलो महिला, २ वर्षअघि राष्ट्रपतिबाट पनि सौन्दर्यको क्षेत्रमा राष्ट्रिय सम्मान प्राप्त गर्ने पहिलो व्यक्ति हुँ । यसबाहेक पनि अन्य थुप्रै कुरा छन् सम्झनयोग्य ।
नेपाली पाठ्यपुस्तकमा सौन्दर्य शिक्षालाई समावेश गर्नुपर्ने आवश्यकता किन रह्यो ?
८ वर्षसम्म निरन्तर संघर्ष गर्दै सरकारसँग लडेर हामीले सौन्दर्य शिक्षालाई कक्षा ९, १०, ११ र १२ मा ऐच्छिक विषयको रूपमा समावेश गरेका छौं । एसियामै यो पहिलोपटक स्कुलमा सौन्दर्य शिक्षा समावेश भएको छ । राष्ट्रले गर्व गर्ने विषय पनि हो याे । शिक्षामा पनि सौन्दर्य जोडिनु सबैभन्दा ठूलो कुरा हो ।
अहिले स्कुलहरुले प्राविधिक शिक्षा भनेर खोजेको अवस्था रहेछ । फिजिक्स, पोलिटिकल साइन्स, गणितलगायत अन्य पढाइभन्दा अहिले रोजगारी के मा पाइन्छ ? के मा भविष्य र अवसर छ ? भनेर विद्यालयले खोजेका रहेछन् । त्यसैक्रममा यो शिक्षामा समावेश भयो । हामीलाई शिक्षक, विद्यार्थी स्वयम र अभिभाकले पनि राम्रो प्रतिक्रिया दिनुभयो । ‘हामीले खोजिरहेका थियौं, तपाईँहरुले ल्याइदिनु भयो कोसेढुंगा साबित भयो’ भनेपछि शिक्षामा सौन्दर्य समावेश गर्ने हाम्रो पहिलो प्रयास सफल भएको छ ।
१८ वर्ष विभिन्न टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्नुभयो, उद्यमी महिलाको रुपमा भर्खरै पाइला चाल्नै गर्दा २०४२ सालमै राष्ट्रिय टेलिभिजनमा कार्यक्रम चलाएको क्षण कसरी स्मरण गर्नुहुन्छ ?
२०३६ सालमा सैलुन खोलेँ, २०४२ सालमा नेपाल टेलिभिजनको स्थापना भयो । एकहप्ता भित्रमा ‘घर परिवार’ भन्ने कार्यक्रम चलाउ भनेर टिभीले अनुरोध गर्यो । म त छक्क परेँ, ब्युटिसियन मान्छे, त्यहीँका सामान चलाएर बसिरहने मान्छे मिडियामा कसरी जाने ? कसरी बोल्ने ? क्यामेरा देखेपछि तर्सिने होला भनेर धेरै डर थियो । पहिलादेखि नै चुनौतीलाई स्वीकार्दै आएको, कुनै पनि नयाँ कुरा आउँदा पछाडि नहट्ने, गर्नै पर्छ भनेर अगाडि बढ्ने मान्छे हो म । त्यसैले गरौंन, हेर्दै जाऊ, हारजित र सफल असफल नहुनु आफ्नु ठाउँमा छ भनेर कार्यक्रम चलाएँ ।
अस्वस्थ प्रतिस्पर्धा भएर बजारमा धेरै सैलुनहरु आएका छन् ।
अब मलाई भन्दा पनि नयाँ पुस्तालाई धेरै ठूलो चुनौती छ । संख्या धेरै भयो तर, गुणस्तर खस्केको देखेको छु मैले ।
त्यो बेला टिभीमा महिलामा रीता गुरुङ र रमा सिंह मात्रै थिए । काम गर्दाको रमाइलो पक्ष क्यामेरा कतातिर छ ? खिच्ने कहाँ हो ? बोल्ने कसरी ? भ्वाइस ओभर गर्नुपर्ने । जे–जसो हुन्छ त्यो प्रोग्राम चलाएँ ।
विस्तारै नेपालका इमेज च्यानेल, कान्तिपुर, च्यानल नेपालमा सबैभन्दा लामो समय ५ वर्ष काम गरेँ, नेपाल वान, सगरमाथा, हिमालय टेलिभिजनलगायत धेरै टिभीमा कार्यक्रम चलाएँ । अहिले धेरै क्यामेराम्यान साथीहरुसँग भेट हुन्छ, हामी त यहाँ छौं म्याम भन्नु हुन्छ सबैसँग भेट भइरहेको हुन्छ । त्यस्तै ब्युटिसियनहरुलाई जम्मा गरेर नेपालमै पहिलो पटक जनकपुरमा तालिम पनि दिएँ । त्यस्तै मिस नेपाललाई सन् २००७ मा ग्रुमिन क्लास पनि दिए र निर्णयक मण्डलिमा पनि बसेँ ।
नेपालमा ब्युटिसियनको क्षेत्रमा रोजगारीको अवसर कस्तो छ ? तपाइले तालिम दिन्छु म आफैंले, संस्था छ पनि भन्नु हुन्छ तर, ब्युटिसियनको तालिम लिएकाहरु नै किन विदेश गइरहेका छन् ? नेपालमा रोजगारी दिन असम्भव छ वा नसक्नु भएको हो ?
राम्रो प्रश्न गर्नुभयो, वास्तवमा सम्भावना भएको कारणले नै आफू एक्लैले सुरु गरेको व्यवसायमा आज लाखौं लाख संलग्न छन् । यसको मतलब हो, सम्भावना भएर नै हाम्फाले सबै जना । सम्भावना धेरै छ ।
तर, बजार सानो अनि हाम्रो बानी के छ भने, छेउमा भएको अर्कोले जे गरेको त्यसैको पछि लाग्ने । एकजनाले कुनै नयाँ व्यवसाय गर्यो भने म पनि त्यसैमा जाने भनिहाल्छौं । उसले त्यसमा गरेको त्याग, तपस्या र बलिदान कति छ ? भन्ने कुरा दोस्रो व्यक्तिले हेर्दैन । कति मेहेनत गरेको छ, पनि ख्याल गर्दैनन् । सौन्दर्यको काम भनेको परिश्रम गरेर ग्राहकलाई खुसी पारेर मात्रै पारिश्रमिक लिने क्षेत्र हो ।
मलाई मेरा विद्यार्थीले सोध्छन्, सफल ब्यूटिसियन कसलाई भन्ने म्याम ? तर, म भन्छु ब्यूटिसियन मात्रै होइन हरेक व्यापारी तथा क्षेत्रका व्यक्तिलाई सफल बन्न त्याग, तपस्या र बलिदान गर्नुपर्छ । धैर्यतामा कमि हो, अत्तालिने, आजको भोलि नै राम्रो कमाई खोज्ने बानी छ । त्यसकारण अस्वस्थ प्रतिस्पर्धा मैले देखेको छु ।
हामीले लुकिछिपी, ढाट्ने छल्ने, केही गर्दैनौं । प्रत्यक्ष सेवा दिने अनि रिजल्ट पनि अगाडि आइहाल्छ, त्यसपछि मात्रै पारिश्रमिक पाउने हो । यो सबै गरेर मात्रै त्यो सफलता पाइन्छ भन्ने कुरामा मैले देख्दा अहिलेको पुस्तामा धैर्यताको कमी भएको छ । नेपालमा जति पनि ब्युटिपार्लर र सैलुनहरु छन्, ती सबै मेरै उत्पादन हुन् र आफ्नै परिवारका सदस्य मान्छु सबैलाई, आफूले सुरु गरेको व्यवसायमा सम्भावना भएर नै यति धेरै मान्छे लागि रहेका छन् ।
मलाई मेरा विद्यार्थीले सोध्छन्, सफल ब्युटिसियन कसलाई भन्ने म्याम ? तर, म भन्छु ब्युटिसियन मात्रै होइन हरेक व्यापारी तथा क्षेत्रका व्यक्तिलाई सफल बन्न त्याग, तपस्या र बलिदान गर्नुपर्छ । धैर्यतामा कमी हो, अत्तालिने, आजको भोलि नै राम्रो कमाई खोज्ने बानी छ । त्यसकारण अस्वस्थ प्रतिस्पर्धा मैले देखेको छु ।
तर, पनि नेपालमा अवसर, सम्भावना छ, साथै गरेकै पनि छन् । यो व्यवसायलाई धेरै खर्च गरेर सुरु गर्नुपर्छ भन्ने पनि छैन । म पनि १०/१० (१० बाई १०) को काठामा १० हजार लगानी गरेर ८० रुपैयाँ महिनामा कमाएर सुरु गरेको व्यक्ति हुँ । यही व्यवसाय गर्छु भनेर बिदेसिनेहरु कम छन् । तर, बाहिर पढ्न जानेहरु, डिभी परेर जाने तथा केही महिना घुम्न जानेहरु छन् तिनीहरुले ब्युटिसियनको तालिम लिएर गएको भेटेको छु ।
एउटा उदाहरण मेरै साथीको छोराको सन्दर्भमा छ । साथीले आफ्नो छोरो विदेश पठाउने बेला मसँग लिएर आइन् । किन रहेछ त भन्दा पढ्न विदेश जाने मान्छेलाई अलिअलि भए पनि सैलुनको काम सिकेर गयो भने पार्टटाइम काम गर्न सजिलो हुुन्छ भनेर रे । त्यसैले विदेश जाने क्रम यो हो, त्यहाँ जाँदा खाली हात जाँदैनन् । केही सीप लिएर नै जान्छन्, त्यसमा पनि ब्युटिसियन क्षेत्रको अवसर धेरै छ । त्यसकारण पार्टटाइम काम गरेर पैसा कमाएर कलेजको फि तिर्न पनि भ्याउँछन् ।
विदेशमा ब्युटिसिन नै गर्छु भनेर जानेको संख्या अलि कम छ । पहिला धेरै थियो होला अहिले हामीले नेपालमै गर्नुपर्छ भनेर अड्काउन खोजेका छौं । अर्काको देश जानु पर्दैन, गर्न सक्नु पर्छ आफ्नै देशमा छ भनेर सम्झाएका छाैं ।
विदेशबाट ब्युटिसियन पठाइदिनु पर्यो भनेर कतिको माग हुन्छ ?
मेरो साइम ब्युटी सैलुन नेपालकै पुरानो भएको नाताले पनि धेरैले चिन्नुहुन्छ । सामाजिक सञ्जालमा विभिन्न माध्यममा ब्युटिसियन ( मेकअप आर्टिस्ट, नेल आर्टिस्ट) पठाइ दिनु भनेर म्यासेजहरु आइरहेको हुन्छ । त्यस्तै जहाजमा हिँड्नेहरुलाई पनि मेकअप गर्नका लागि मान्छे चाहियो भनिरहेको हुन्छ । इच्छुक छन्, विदेश जान भने पठाउँछौं पनि तर, हामीले जाऊ नै त भन्दैनौं । मान्छे मागेको छ भनेर जानकारी दिन्छौं ।
नेपालमा मात्रै होइन विदेशमा पनि संगठन विस्तार गरेको छु । अहिले यूकेमा छ, अब अमेरिका र दुवैमा पनि खोल्ने सोचमा छौं, कोरोनाको कारण अलि पछाडि परेको छ । जहाँ जहाँ नेपाली ब्यूटिसियन छन्, त्यहाँसम्म विस्तार गर्ने हाम्रो उद्देश्य छ ।
अर्को उदाहरण लण्डनमा मेरो बहिनी र ज्वाइँ छोराछोरी जानु भयो, बहिनीले यहाँ २५ वर्षसम्म सैलुन चलाएर बसेकी थिइन् । त्यहाँ गएपछि ज्वाइँले काम पाउँनु भएन तर, ब्यूटिसियन मेरो बहिनीले काम पाइन् । ६ महिनासम्म सबै परिवार एक्लैले पालिन् । भन्न खोजेको प्राथमिकता त यो सीपले पायो । बढ्ता अवसर नेपाल बाहिर नै छ । किनकि त्यहाँ फेसनको रुपमा मात्रै होइन आवश्यकताको रुपमा सौन्दर्यलाई लिने गरिन्छ ।
सीटीइभिटीबाट मान्यता प्राप्त नेपालकै पहिलो सौन्दर्य सम्बन्धि तालिम दिने संस्था चलाउनु भएको छ, अहिलेसम्म कतिजनालई तालिम दिनुभयो ? ति जनशक्ति अहिले कहाँ-कहाँ छन् ?
४ जना विद्यार्थी लिएर सुरु गरेको संस्थाबाट हजारौंको संख्यामा विद्यार्थी उत्पादन गरेको छु । कति उत्पादन गरेँ भन्ने विवरण अहिले मसँग छैन् । अहिले ५६ औं ब्याजले तालिम लिइरहेका छन् । संसारको हरेक कुनामा मेरा विद्यार्थी पुगेका छन् । धेरैजसो अष्ट्रेलिया, लण्डन, अमेरिका, दुवै र नेपालका ७७ वटै जिल्लामा छन् ।
नेपालका उपभोक्ता पनि सचेत छैनन्, भने हामी ब्यूटिसियनहरुले पनि गुणस्तरमा त्यति धेरै जोड गरेको मैले देख्दिनँ । ब्राण्डेड सामान महंगो र नक्कली सामान सस्तो पर्छ, अनि मिल्न गएको छ । किन्नेले पनि सस्तो खोज्दिन्छन् बेच्नेले पनि छिटो जान्छ भनेर सस्तो सामान बेच्छन् । यसरी हेर्दा त्रिकोण जस्तोः सरकार, हामी ब्युटिसियन र उपभोक्ता सबैको कमजोरी छ ।
नेपालमा मात्रै होइन विदेशमा पनि संगठन विस्तार गरेको छु । अहिले यूकेमा छ, अब अमेरिका र दुवैमा पनि खोल्ने सोचमा छौं, कोरोनाको कारण अलि पछाडि परेको छ । जहाँ जहाँ नेपाली ब्यूटिसियन छन्, त्यहाँसम्म विस्तार गर्ने हाम्रो उद्देश्य छ ।
नेपालमा सौन्दर्यका सामानको गुणस्तर जाँच हुँदैन, त्यसको लागि कानुन नै छैन, यस विषयमा तपाईँले के सोच्नु भएको छ ?
यो एकदम दुःख लाग्दो कुरा हो । नेपालमा अर्बौं रुपैयाँको शौन्दर्यका सामानहरु भित्रिन्छन् , खपत धेरै हुन्छ, बजार छ तर, मापदण्ड छैन । यहाँनेरी फितलो भएको छ सरकार । अति कमजोरी पक्ष भनेकै सरकारको छ ।
अनि हाम्रो पनि गल्ती मान्छु । किन भने हामीले पनि सरकारलाई दबाब दिन सकेका छैनौं । नक्कली सामानको बिगबिगी बजारमा धेरै छ । ग्राहकले पनि सामान किन्नु हुन्छ तर, आफ्नो छाला कस्तो छ ? मलाई कुन सामान उपयुक्त हुन्छ जस्ता कुरामा ध्यान दिनु हुन्न् । त्यो खालको बुझाई र शिक्षाको पनि कमी छ । विदेशमा भनेको आफ्नो उमेर, छालालगायत सबै कुरामा पहिला नै सतर्क भएर तयारीका साथ सामान किन्छन् । विचार गरेर मात्रै सामान दिने चलन विदेशमा हुन्छ । तर, यहाँ सबै उमेर समूह तथा छालाको लागि एउटै सामान दिने चलन छ ।
विदेशमा बिना तालिम सौन्दर्यका सामान बेच्न पनि पाउँदैन । हाम्रोमा गुणस्तरमा समेत ध्यान दिइएको अवस्था छैन । मुख्य कुरा बजारलाई नियन्त्रण नगरेर यस्तो समस्या आएको हो । डेट सकिएको सामान बेचेको पनि निगरानी गर्ने निकाय नै छैन ।
नेपालका उपभोक्ता पनि सचेत छैनन्, भने हामी ब्युटिसियनहरुले पनि गुणस्तरमा त्यति धेरै जोड गरेको मैले देख्दिनँ । ब्राण्डेड सामान महँगो र नक्कली सामान सस्तो पर्छ, अनि मिल्न गएको छ । किन्नेले पनि सस्तो खोज्दिन्छन् बेच्नेले पनि छिटो जान्छ भनेर सस्तो सामान बेच्छन् । यसरी हेर्दा त्रिकोण जस्तोः सरकार, हामी ब्युटिसियन र उपभोक्ता सबैको कमजोरी छ ।
आफूले दुःख गरेर हुर्काएको व्यवसायमा गुणस्तर घटेको देख्दा नराम्रो लाग्छ । छाला, स्वास्थ्य जस्तो कुरामा खेलबाड गर्नु हुँदैन । हामी तीनै पक्षले ध्यान दिइयो भने सुधार ल्याउन सकिन्छ कि जस्तो लाग्छ ।
सौन्दर्यका सामान कुन-कुन देशबाट आयात हुन्छ ? स्वदेशमै उत्पादन गर्नका लागि सम्भावना कत्तिको छ ?
आयात हुनेमा चाइनिज उत्पादन धेरै छ । चीनबाट त अन्धाधुन्ध सामान आउँछ, त्यसपछि इण्डिया, कोरिया, केहीहदसम्म जापानिज सामानको आयात हुन्छ भने, युरोपको पनि आउँछ छ । तर, अधिकांश सामान एसियाकै छ ।
म एउटा उद्यमी महिलाको हिसाबले पनि मेरा चाहना र इच्छासँगै अरुको कुरा पनि के हो भने यति अग्रज भएपछि म्यामले स्वदेशमा सौन्दर्यका सामानको उत्पादन किन नगर्नु भएको ? भनेर जिज्ञासा राख्नुहुने धेरै हुनुहुन्छ । म पनि जोड गर्दै छु, सबैको फोर्स र म आफैंमा पनि खड्किरहेको छ ।
बाहिरको पतञ्जलीले यहाँ आएर फलानो ठाउँमा यो बनाउने, त्यो बनाउने भनेर हाम्रै प्राकृतिक स्रोत र साधनलाई प्रयोग गरेर लगिरहेको छ भने हामी आफ्नो ठाउँको कुरा चिन्दैनौं, नजिकको तीर्थ हेला भनेको जस्तो गर्छौं । यसको लागि जमर्को गर्दै छु ।
भन्सार छुट छैन । निकै मर्का परिरहेको हुन्छ, साना व्यापारी त खुत्रुक्कै हुन्छन् । दैनिक प्रयोग गर्नुपर्ने सामग्रीहरु छन् त्यहाँ । नेपालमा केही छैन, बाहिरबाट ल्याउँदा भन्सार महंगो भएपछि मुल्य बढ्छ । ग्राहकले मूल्य बढ्नुको कारण बुझ्दैनन् । अस्ति आउँदा सस्तो थियो आज महंगो भएछ भन्छन्, त्यसमा चै गाह्रो छ ।
नेपालमा सौन्दर्यका सामान उत्पादन गर्न चुनौती कस्ता छन् ?
यहाँ बजार बिग्रियो । तेस्रो मुलुकले पहिला नै बजार लिइसकेको छ । अब कस्तो हुन्छ भने, उनीहरुको ठूलो मात्रामा सामान उत्पादन हुन्छ र सस्तो पर्न जान्छ । हाम्रोमा त्यो सबै सुविधा नभएको कारण नेपालमै बनेको झन महंगो भन्ने कुरा पनि आउँँछ ।
हाम्रा सामू ठूलो चुनौती भनेको यही हो । त्यस्तै अर्को कुरा हामी स्वयम् पनि बाहिरको सामान प्रयोग गर्न बानी भइसकेका छौं, नेपाली त केही होइन भन्ने लाग्छ । तर, यसो हेर्दा त नेपाली कपडा, जुत्ता, अग्र्यानिक खानेकुरा, हस्तकला सम्बन्धी सामान जस्ता धेरै कुराहरु आएर अगाडि बढेका छन् । त्यो हिसाबमा हामी अगाडि बढेर पहल गर्यौं भने नेपाली कस्मेटीको प्रयोग गर्न सक्छौं, सम्भावना धेरै देखेको छु । त्यसका लागि अध्ययन गर्नु अवश्यक छ ।
लामो रस्साकस्सीबीच सरकारले सौन्दर्य सामग्रीका मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउने निर्णय गरेको हो । त्यस्तो अत्यावश्यक वस्तु नै हो र सौन्दर्य सामग्री, जसलाई भ्याट छुट दिनुपर्ने ?
भ्याट छुट गराउन पनि सजिलो थिएन । उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यको नाताले, सातै प्रदेशका सदस्यहरुको ज्ञापन पत्र आयो । धेरैजनाले सहकार्य गर्यौं, नकराइ त यहाँ केही पनि नपाउनी, नरोइ बच्चाले पनि दूध खान पाउँदैन नि । सातै प्रदेशका संस्थाका सदस्यहरुले चिच्याए, कराए, हामीले त सटर नै बन्द गर्नुपर्ने भयो भनेर । भ्याट भनेको के हो ? प्यान नम्बर नभएकाहरुले भ्याट कसरी तिर्ने ? आम्दानी के छ र तिर्नलाई ? भनेर करिब ५ हजारले सटर बन्द गरेपछि हामीलाई एकदम टेन्सन भयो ।
उद्योग वाणिज्य महासंघले ठूलो सहयोग गर्यो त्यो बेला । भन्सार विभागका महानिर्देशक, अर्थ सचिव, अर्थमन्त्रीसँग छलफल गर्यौं । उहाँले सिधैं भन्नुहुन्छ, सौन्दर्यको सामान विलासी वस्तुमा पर्छ त्यसकारण हामीले भ्याट लिनै पर्छ ।
विलासितामा त पर्छ तर, सबैलाई भ्याटको नाममा एउटै डालोमा हाल्नु भएन । दार्चुला, हुम्ला, जुम्ला, डडेलधुरा, डोटीमा बस्ने सानो बिजनेस गरेर, झोलुङ्गामा बच्चा सुताएर, साँझ बिहान थ्रेडिङ गरेर ५÷७ हजार कमाउनेहरुसँग भ्याट के लगाउनु हुन्छ ? लाउनुस् सक्षम, सक्नेहरुलाई । तर, सबैलाई एउटै डालोमा हाल्न मिल्दैन, स्तर छुट्याउनु पर्छ भनेर अर्थ मन्त्रीसँग छलफल भयो । त्यहाँबाट पनि समस्या समाधान नभएपछि प्रधानमन्त्री कहाँ पुग्यौं ।
प्रधानमन्त्रीकोमा पुगेर कि त उद्यमीहरुलाई व्यवसाय नगर, चुपलागेर बस्, ऋणको भार बोक भनेको हो या गरि खाने बाटो देखाउँने ? भनेपछि भ्याट पूर्ण रुपमा हटाइएको हो, सरकारले त्यो बेला राम्रो सहयोग गरेको हो ।
तर, भन्सार १०० प्रतिशत नै लगाएको छ । कस्मेटिकहरुलाई विलासी वस्तुको रुपमा नै लिएर गइदियो । त्यसमा हामीभन्दा पनि व्यापारी अर्थात् सामान आयात गर्नेहरु अगाडि बढ्नु पर्ने हो तर, त्यसको भार हामीलाई खप्टिएको छ । किन भने १०० प्रतिशत भन्सार तिरेर ल्याएको हुन्छ, अनि हामीले किन्दा पैसा तिर्नु परिहान्छ ।
भन्सार छुट छैन । निकै मर्का परिरहेको हुन्छ, साना व्यापारी त खुत्रुक्कै हुन्छन् । दैनिक प्रयोग गर्नुपर्ने सामग्रीहरु छन् त्यहाँ । नेपालमा केही छैन, बाहिरबाट ल्याउँदा भन्सार महंगो भएपछि मुल्य बढ्छ । ग्राहकले मूल्य बढ्नुको कारण बुझ्दैनन् । अस्ति आउँदा सस्तो थियो आज महंगो भएछ भन्छन्, त्यसमा चै गाह्रो छ ।
तपाई महासंघमा लगातार तीन पटक विजयी हुनु भइसक्नु भएको छ । त्यहाँ गरेर आफ्ना सदस्यको हितमा गरेको काम चै के हो ?
२०६४ सालमा सौन्दर्य कला व्यवसायी संघ महासंघमा आबद्ध भयो । र, म पनि अत्याधिक बहुमतले जितेर सदस्य भएँ । ३ पटकसम्म एउटै पदमा ३/३ वर्ष निरन्तर रहिरहेँ । महिलाई हेर्ने दृष्टिकोण अझैसम्म राम्रो भइनसकेको महासंघमा मेरो त्यो स्थान साच्चै नयाँ थियो ।
त्यत्रो उद्योगी व्यवसायीहरुको छाता संगठनमा हामी महिलाहरुको एउटा सानो संगठनबाट ३ पटक लगातार जितेर उनीहरुले दिएको जिम्मेवारी मैले राम्रोसँग पूरा गरेँ । कोरिया, दिल्ली र थाइल्याण्डमा त्यहाँका उद्योगी व्यवसायीहरुले कसरी काम गरेका छन्, त्यो देखाएँ । जति गरेँ त्यो सबै उद्योगी व्यवसायीहरुकै हक हितको लागि काम गरेँ र लडेँ ।
पछिल्लो समय उपाध्यक्षमा उठ्नुपर्ने तर, अरुलाई उपाध्यक्ष छोड्ने भएँ सदस्यमा त कतिपटक दोहोरिने भनेर अहिले उद्योग वाणिज्य महासंघका थुप्रै फोरमहरु छन् त्यसको सल्लाहकारको रुपमा मात्रै छु । किनकि उमेर, अनुभव सबै कुराले अहिले आएको पुस्ताभन्दा अग्रज भइसकेछु म ।
महासंघको नेतृत्व लिने सोचमा पनि हुनुहुन्छ । फेरि महिलालाई प्राथमिकता नदिने प्रवृति छ महासंघमा भन्नु हुन्छ । अब यो चुनौती सामना कसरी गर्नुहुन्छ ?
नेतृत्व लिने सोचमा पनि छु र सुरुदेखि नै चुनौतीसँग लड्दै, जुुध्दै आएको मान्छे भएर पछि नहड्ने हो । वास्तवमा त्यति धेरै पुरुषहरुको हुलमा म एउटा ब्युटिसियन भएर त्यहाँ काम गर्नु नै ठूलो कुरा हो । सबै अनुभवीहरु, करोडौंका उद्योगीहरुको बीचमा म हराउथ्येँ होला नि ? तर, मुटु बलियो बनाएर गएँ चुनाव लडेँ, जितेँ पनि ।
भवानी राणा एकजना महिला अध्यक्ष हुनुभयो । मेरो इच्छा भनेको उहाँ नै महिला नेतृत्वको पहिलो र अन्तिम व्यक्ति हुनु भएन । महिलाहरु त्यति कमजोर छैनन्, सक्षम धेरै निस्किन सक्छन् । एकदम कृपा बनाई राख्नुपर्ने, कसैको सान्तवता पाउनुपर्ने, भरोसा, आश्वासन, दया मायाको भोगी महिलाहरु छैनन् । आफैं सक्षम र परिपक्क छन् । तर, उनीहरुलाई अवसर दिनुपर्छ भन्छु ।
उद्योग वाणिज्य महासंघमा पनि अहिले राजनीति हुन थालेको छ । राजनीति क्षेत्र भनेर हामी दिक्क मान्छौं, कहिले पनि शुद्ध भएन धमिलो भयो भन्छौं । यता महासंघमा पनि उस्तै कथा दोहोरिन थाल्यो । त्यहाँ पनि कतै न कतै राजनीतिक छाप छदैंछ ।
महासंघमा महिलालाई अगाडि बढाउन के के गर्नुपर्ने आवश्यकता देख्नुहुन्छ ?
महिला कोटा एकदमै भएन । हरेक संघ/संस्थामा ३३ प्रतिशत ल्याउनुपर्ने नियम छ । तर, महासंघमा ३ प्रतिशत पनि महिला छैनौं । त्यसकारण यसको लागि लड्नु पर्ने छ । मैले आवाज पनि उठाएको छु प्रत्येक जिल्ला महासंघमा उपाध्यक्ष महिला राख्नुपर्यो । महिला उद्यमी काठमाडौं उपत्यकामा मात्रै होइन । सातै प्रदेशमा एकसय एक छन् मात्र खोज्नु पर्यो । सक्षम, क्षमतावान महिला देखेको छु मैले जिल्लामा हिँड्दा ।
तिनीहरुलाई खोजेर ल्याएर ठाउँ दिइयो भने गरेर खान सक्न छन् । त्यो अवसर दिइयो भने महासंघमा महिला र पुरुष बीचको खाल्डो पुरिन्छ कि जस्तो लाग्छ । १२ सय बढी सदस्य रहेको संघमा मुस्किलले २/३ जना मात्रै महिला छौं, यो कस्तो बिडम्बना हो ? त्यसकारण उपाध्यक्षमा महिला हुनुपर्छ भन्ने हाम्रो धारणा रहेको छ । त्यस्तै विभिन्न क्षेत्रका सदस्यमा पनि महिला राख्नुपर्छ भनेर विधान संसोधनमा जोडदार माग गरेका छौं । अहिलेका अध्यक्ष शेखर गोल्छाले पनि पहल गर्दै हुनुहुन्छ, तापाइँको एजेण्डालाई पहिलो प्रथमिकता दिन्छु भन्नु भएको छ ।
जोसुकै आओस् तर, अब आउने पुस्ताले त अवसर पाउँछन् । अवसर पाएपछि अझ अगाडि बढ्न सजिलो हुन्छ, पछाडि हट्दैनन् । पछाडि भएर त्यतिकै ब्याक हुनी भए । भवानी, म लगायत ३/४ जना फाइट गरेरै गएको हो तर, अरु नआउन पनि त सक्छन् । पछि पनि महिला महिला बीचमा नै स्वच्छ प्रतिस्पर्धा गरिदियोस् भन्ने हाम्रो धारणा हो ।
कुनै पनि व्यक्ति अगाडि बढ्नका लागि श्रीमान-श्रीमतीबीच कस्तो किसिकमको सहयोगको आवश्यकता पर्ने रहेछ ?
पुरुष होस् या महिला, दाम्पत्य जीवनमा आबद्ध हुुन्छ भने एकअर्काको साथ, सहयोग सुझाव सल्लाहको अत्यन्त आवश्यक पर्छ । हाम्रो कुरा गर्दा मैले श्रीमानलाई पनि पूर्ण रुपले सहयोग गरेको हो । उहाँ वन अधिकृत हुनुहुन्थ्यो, जापानमा डेढ वर्षसम्म बस्नुभयो, उहाँको सबै जिम्मेवारी मैले यहाँ निर्वाह गरेँ । आफ्नो व्यवसाय, सन्तान, घर परिवार, रितिरिवाज, समाज सबैलाई मैले सम्हाल्दै उहाँलाई काम गर्न समय दिएँ ।
क्षेत्रीकी छोरी म नेवारसँग बिहे गरेर आएको थिएँ, त्यो बेला घर, समाजले स्वीकारेका थिएनन् । उहाँले त्यो बेलामा सीपलाई खेर फाल्नु हुन्न अगाडि बढ, साथमा म छु भन्नुभयो । अनि मलाई आँट, हिम्मत आयो र भरोसा पनि भयो । मुख्य कुरा म एक्लै छैन भन्ने महसुस हामी दुवैजनालाई भयो । कुनै पनि जोडिलाई म यही भन्छु एकअर्काको साथ सहयोग धेरै आवश्यक कुरा हो सफल बन्नको लागि छ ।
नेपालमा एउटा ब्युटिसियन बन्न लगानी कतिसम्म आवश्यक हुन्छ ?
मैले १० हजार रुपैयाँ लगानी गरेर १० बाई १० को काठाबाट व्यवसाय सुरु गरेँ । घरमै थियो, त्यो बेलाको जमाना अर्कै थियो र धेरै लगानीको आवश्यकता पनि थिएन ।
अहिले भने कति लगानी गर्ने भन्ने कुरा स्वयम उद्यमीमा भरपर्छ । ६ महिनाको तालिम लिनासाथ सैलुन खोल्छु भनिहाल्ने पनि होइन । अलिकति आफूमा परिपक्कता आओस् अनुभवको लागि पनि कतैन कतै तपाईले काम गर्नुस् । मेहेनत गर्नुपर्यो । अनुभवी भएपछि मात्रै व्यवसाय गर्नुपर्छ ।
व्यवसाय सञ्चालन गर्न सक्छु भन्ने हिम्मत आएपछि मात्रै, लगानीको कुरा आउँछ । २/३ लाखदेखि करोड रुपैयाँसम्म लगानी गरेर सैलुन खोल्नेहरु पनि छन् । पैसाको मान्यता रहेन त्यहाँ, झकिझकाउ गरेर खोल्ने र सामान्य रुपमा कोठाबाट व्यवसाय सुरु गर्नेहरु पनि छन् । त्यसैले लगानीको लागि निश्चित रकम छैन, आफ्नो आवश्यकता र क्षमता अनुसार लगानी गर्नुपर्छ ।
अनि हाम्रो पनि गल्ति मान्छु । किन भने हामीले पनि सरकारलाई दबाब दिन सकेका छैनौं । नक्कली सामानको बिगबिगी बजारमा धेरै छ । ग्राहकले पनि सामान किन्नु हुन्छ तर, आफ्नो छाला कस्तो छ ? मलाई कुन सामान उपयुक्त हुन्छ जस्ता कुरामा ध्यान दिनु हुन्न् । त्यो खालको बुझाई र शिक्षाको पनि कमी छ ।
लगानी गरेपछि त्यसलाई निरन्तरता दिन र जोगाउन के गर्नुपर्छ ? नयाँ उद्यमीलाई तपाईको सुझाव के छ ?
लगानी जोगाउन समर्पित हुनुपर्छ काममा र मिहिनेत गर्नुपर्छ । मन्त्र नै छ, त्याग, तपस्या, बलिदान, अनुशासन, समय व्यवस्थापन, हाम्रो त सेवामूलक काम हो त्यसैले संयम, धैर्य हुनुपर्छ ।
पछिल्लो समय सैलुनहरु धेरै खुलेका छन् राम्रो कुरा पनि हो र स्वागत पनि गर्न चाहान्छु । तर, जो अन्धधुन्ध व्यवसायमा लाग्नु भएको छ । एकअर्कामा इगो, अस्वस्थ प्रतिस्पर्धा, मुद्दामामिला, झैझगडा भएको सुन्दा दुःख लाग्छ । त्यो नहोस् हामी सबै व्यवसायी हौं र हाम्रो लक्ष्य पनि एउटै हो, अनावश्यक कुरामा नअल्झि आफ्नो व्यवसायको राम्रा परिचय दिऊ र संख्यामा भन्दा गुणस्तर बढाउन तिर लागौं ।
साथै व्यवसायलाई निरन्तरता दिनतर्फ पनि ध्यान दिऊ । मैले मेरो उमेरमा नाम, दाम सबैको लागि गरिसकेँ अब नयाँ आउने पुस्तालाई मेरो सहयोग रहनेछ । हातखुट्टा चल्दासम्म काममा निरन्तरता दिने मेरो सोच छ । नयाँ पुस्तासँग जोस जाँगर छ अनि मसँग अनुभव, यसलाई मिलाएर अगाडि बढौं भन्ने मेरो सोच हो ।