काठमाडौं । नेपाल अटोमोबाइल डिलर एसोसिएसन नाडाको आगामी निर्वाचनका अध्यक्ष प्रत्याशी करण चौधरीले आफ्नो १८ सदस्यीय प्यानल घोषणा गरेका छन् ।
नाडाको प्रादेशिक संरचनालाई सक्रिय बनाउन प्यानलमा अटोमोबाइल क्षेत्रका तथा प्रादेशिक संरचनाका सम्पूर्ण साझेदारलाई आफूले समेटेको चौधरीले बताएका छन् ।
चौधरीले आफ्नो प्यानलमा फोर ह्वील्र्स, टु ह्वीलर्स, अटो तथा स्पेयर पार्ट्रस ल्युब्रिक्यान्ट, टायर, सप्लायर च्यानलका साझेदार, डिलर तथा रिटेलर सबैलाई समेटेका छन् ।
उनको प्यानलमा अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, बिक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, निलमणि पाठक, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनील रिजाल, बरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराई छन् ।
चौधरीले आफूले प्यानल सार्वजनिक गर्दै निर्वाचनको अघिल्लो दिनसम्म सर्वसम्मतिमा नयाँ कार्यदल बने आफू सम्झौता गर्न सधैं तयार भएको बताए । तर, मतदान भएको खण्डमा पनि आफ्नो प्यानलको जित निश्चित रहेको उनले बताए ।
आफ्नो प्यानलको कार्यसमिति गठन भएपछि प्रादेशिक संरचनालाई बलियो बनाउन रिटेलर पार्ट्सहरुको नयाँ समिति पनि बनाउने उनले चौधरीले बताए । नाडाको साधारणसभा आगामी मंसिर २२ गते छ भने निर्वाचन २३ गते तय भएको छ ।