काठमाडौं । स्प्राइटले ४ जनालाई बजाज पल्सर वितरण गरेको छ । ‘स्क्रिन टाइम प्रमोसनल अभियान’ अन्तर्गत स्प्राइटले ४ जना विजेतालाई १२५ सीसीका एक–एक वटा बजाज पल्सर वितरण गरेको हो ।
‘स्क्रिन टाइम प्रमोसनल अभियान’ अन्तर्गत ‘चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ शीर्षकको क्याम्पेनसमेत समापन भएको छ । बोट्लर्स नेपालका च्यानल मार्केटिङ म्यानेजर सुमित दास र हंसराज हुलासचन्द एन्ड को प्रालिका असिस्टेन्ट जनरल म्यानेजर पुनम सिंहले टेकुस्थित बजाज
शोरुममा विजेताहरूलाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।
त्यस्तै विराटनगर, चितवन र हेटौंडाका विजेताहरूलाई पनि चाँडै मोटरसाइकल हस्तान्तरण गर्ने स्प्राइटले जनाएको छ । साे बाँकी ५ जना विजेताहरूलाई ४३“ को सामसङ टीभी र २६३ जना विजेताहरूलाई सामसङ मोबाइल पनि प्रदान गरिएको थियो । कार्यक्रममा पर्सा, वीरगन्ज, धरान, ताप्लेजुङलगायत स्थानबाट उल्लेखनीय सहभागिता रहेको तथा सोही क्षेत्रबाट विजेता भएका थिए ।
बजाज पल्सर १२५ सीसी विजेता सौगात पुलामीले भने, ‘यो क्याम्पेनमा सहभागी लाखौंमा छनिएर मैले बाइक जितेकोमा खुसी लागेको छ । यो मेरो पहिलो बाइक भएकाले म यसलाई अत्यन्तै सम्हालेर राख्नेछु । यो पुरस्कारका लागि म स्प्राइट नेपाललाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’
सो क्याम्पेन २०२१ सेप्टेम्बर १५ देखि नोभेम्बर ४ सम्म सञ्चालन भएको थियो । उक्त क्याम्पेन दिउँसको महत्वपूर्ण समयमा युवाहरूलाई रिफ्रेस हुन प्रेरित गर्ने उद्देश्यको साथ सुरु गरिएको स्प्राइटको ‘क्लियर छ’ क्याम्पेनको एउटा हिस्सा भएको बताइएको छ ।