काठमाडाैं । लिभिङ विथ आईसीटीले आयोजना गर्दै आइरहेको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड मानिने ‘एफवान सफ्ट आईसीटी अवार्ड २०२१’ मा विभिन्न स्टार्टअप, प्रडक्ट तथा इन्नोभेसनहरूको प्रतिस्पर्धा देखिएकाे छ । ४० भन्दा ढी स्टार्टअपहरूबाट विभिन्न ४ चरणको छनौट पश्चात् उत्कृष्ट ५ स्टार्टअपहरू अहिले सर्वोत्कृष्ट क्याटेगोरी विजेताको लागि प्रतिस्पर्धामा छन् । यसैगरी ३५ बढी प्रडक्टहरूबाट छानिएर उत्कृष्ट ५ प्रडक्ट र ६० बढीबाट छानिएका उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसनहरू विजेताका लागि पब्लिक भेटिङमा सहभागी भएका छन् ।
यी तीन विधाका विजेताका लागि मंसिर २२ गतेसम्म ई–सेवा र एसएमएसमार्फत पब्लिक भोटिङ जारी रहेके जनाएके छ । उत्कृष्ट १० मा पर्न सफल ३ विधाका प्रतिस्पर्धीका लागि पब्लिक च्वाइस आइसिटी अवार्ड विधामा पनि भोटिङ कायमै छ । यस्तै अन्य ८ वटा अवार्ड विधाका लागि विभिन्न चरणका छनौट प्रक्रिया जारी रहेके छ । अवार्डको ग्रान्ड फिनाले पुस २ गते द सोल्टी होटलमा हुनेछ ।
प्रतिस्पर्धामा रहेका उत्कृष्ट ५ र पब्लिक च्वाइसमा विजेता बनाउनको लागि ई–सेवा र एसएमएस मार्फत भोट गर्न सकिने लिभिङ विथ आईसीटीले जानकारी दिएकाे छ । भोटिङको लागि विस्तृत जानकारी वेबसाइट www.ictaward.org मा समावेश छ ।
छैटौं संस्करणको रूपमा आयोजना हुन लागिरहेको आईसीटी अवार्डमा एफवान सफ्टले शीर्ष प्रायोजन गरेको छ । नेपाल टेलिकम, जिनसको इन एसोसिएसन, एनटीए, एनसेल, राष्ट्रिय वाणिज्य बैंक, प्रेसिडेन्सियल बिजनेस स्कुल, डिसहोम फाइबरनेट, इमिनेन्स वेइज, रिसेक्युरिटी, डाइनामिक इआरपी, एप्लाइ जब, फ्युज मेसिन्स, टेक्सास कलेज लगायतको सहकार्य तथा सहयोग रहेको छ ।
‘एफवान सफ्ट आईसीटी अवार्ड २०२१’ का उत्कृष्ट ५ स्टार्टअपहरूमा डुलुवा एक्सपेडिसन प्रालि, हाउस अफ बुक्स प्रालि, खेती भेन्चर प्रालि, निर्माण साथी टेक्नोभेसन प्रालि र पुर्याउ सर्भिसेज प्रालि रहेका छन् । यस्तै एफवान सफ्ट आटी अवार्ड २०२१’का उत्कृष्ट ५ प्रडक्टहरूमा बगभी, आईएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट सिस्टम, मिखा, प्लान्टस्याट र सायक रहेका छन् ।
उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसनु मा भने आस्क म्याट्ररब, आइओटी बेस्स्ड इकोनोमिकल एयर प्युरिफायर फर द ग्लोबल साउथ, मसुर, ओपन प्लास्टपेपर र रेन्ट अ बाइक रहेका छन् ।