काठमाडौँ । के तपाईं, कुनै वस्तु तथा सेवाको प्रचारप्रसार गर्दा चर्को शुल्क तिर्नुपर्ने तनावमा हुनुहुन्छ । यदि त्यस्तो तनावमा हुनुहुन्छ भने, आजैदेखि तनाव मुक्त हुनुहोस् ।
तपाईंले बिना शुल्क आफ्नो सेवा तथा वस्तुको निःशुल्क विज्ञापन गर्नसक्ने गरी फिटकिरी डटकम तपाईंको हातैमा आइसकेको छ । आफ्नो मोबाइल फोनमाफिटकिरी डटकमलगइन गरी तपाईंले निःशुल्क विज्ञापन गर्न सक्नु हुनेछ ।
विभिन्न सेवाहरु विस्तारै डिजिटल रुपमा परिवर्तन भइरहँदा बजारको आवश्यकतालाई मध्यनजर गर्दै तुलसीराम पौडेलले फिटकिरी डटकम सञ्चालनमा ल्याएका छन् । फिटकिरी डटकम निःशुल्क अनलाइन वर्गीकृत विज्ञापन गर्न सकिने माध्यम हो ।
आफ्नो पुरानो तथा नयाँ सामानको विज्ञापन गर्नु परेमा प्रयोगकर्ताले फिटकिरी डटकममा निःशुल्क एकाउन्ट खोली सामान, सेवा तथा जागिरको विज्ञापन गर्न सक्नेछन् ।
अनलाइन सेवा फिटकिरी प्रयोगकर्ताले आफ्नो कम्प्युटर र मोबाइलबाट आफूलाई चाहिने पुरानो तथा नयाँ सामान चयन गरी बिना एजेण्ट सिधा विक्रेतासँग सम्पर्क गरी कारोबार गर्न सक्नेछन् ।
फिटकिरी डटकम एकदमै नौलो र सजिलो अनलाइन वर्गीकृत विज्ञापन माध्यम भएको निर्देशक पौडेलले बताए ।
एउटै विज्ञापनमा धेरै फोटो अपलोड गर्न सकिने, सजिलै खोज्न सकिने, वर्गीकृत ट्याग र सफा डिजाइन फिटकिरी डटकमको विशेषता रहेको उनी बताउँछन् ।
एकीकृत वर्गीकृत विज्ञापन सेवालाई स्थापित गर्ने उद्देश्यले यो माध्यम विकास गरिएको देखिन्छ । आफूलाई कर्मचारी चाहिएमा यो माध्यममा विज्ञापन गर्न र जागिर खान खोज्नेलाई जागिर खोज्न सकिने यसको अर्को मुख्य विशेषता हो ।
सञ्चालनमा आएको एकदमै छोटो समयमा प्रयोगकर्ताले दिएको प्रतिक्रियाले आफू उत्साहित भएको र चाँडै मोबाइल एप्लिकेशन पनि सञ्चालनमा ल्याउने पौडेलले बताए ।