एन्ड्रोइडलाई त्यति सुरक्षित मानिँदैन । यसलाई साबित गर्न केही भनिरहनुपर्ने आवश्यकता छैन । यसले हाम्रो कामलाई बर्बाद गरिदिन्छ । मालवेयरबाट प्रभावित यस्ता एप्स या भाइरसले एन्ड्रोइडतिर आफ्नो बाटो स्वतः खोज्छन् । जसले गर्दा एन्ड्रोड फोन सुरक्षित नभएको प्रमाणित हुन्छ । त्यसो त गुगलले बेलामौकामा यस्ता खालका एप्स प्ले स्टोरबाट हटाउँछ । र पनि कतै न कतैबाट यस्ता एप्स एन्ड्रोइडमा आइजान्छन् ।
जोकर भाइरस हिजोआज लगातार एन्ड्रोइड फोन्समा देखिन थालेको छ । तर, यसले प्रयोगकर्ताको जानकारी र बैंकिङ डिटेल्स चोरी गर्ने खुलासा भएको छ । आखिर यो भाइरस के हो रु के गर्छ रु र यसबाट कसरी बच्न सकिन्छ भन्नेबारे यहाँ जानकारी दिइएको छ ।
जोकर भाइरस पहिलोपटक सन् २०१७ मा एन्ड्रोइमा देखिएको थियो । तर, समयानुसार यसले प्रयोगकर्तालाई दुःख दिन कैयौं तरिका निकालेको छ ।
के हो जोकर भाइरस ?
यो भाइरस तपाईं हाम्रै एन्ड्रोइड एप्समा लुकेर बसेको हुन्छ । यसले आफ्नो पहिचान एउटा एपको रुपमा गर्छ । यस्ता खालका एप्स बेलाबेला गुगल प्ले स्टोरमा देखिन्छ । यी एप्स डाउनलोड गर्दै गर्दा प्रयोगकर्तालाई यसमा जोकर लुकेर बसेको छ भन्ने पत्तो हुँदैन । यसलाई स्पाइवेयर ट्रोजनका रुपमा वर्गीकृत गरिएको छ । यो भाइरस Beard नामक फेमिलीसँग सम्बन्धित छ । यसले प्रयोगकर्ताको जानकारी र सहमतिबिनैै फाइनान्सियल ड्यामेज गर्न सक्छ । हानि पुर्याउन सक्छ ।
के गर्छ यसले ?
जोकर भाइरसले तपाईंसँग एसएमएस फ्रड गर्न सक्छ । तपाईंको कन्टेन्ट लिस्ट चोरी गर्न सक्छ । यिनै डिटेल्सको आधारमा विज्ञापन वेबसाइटसँग कुराकानी गरी तपाईंको सहमतिबिनै प्रिमियर सर्भिस सब्सक्राइब गर्छ । यसले अनलाइन पेमेन्ट पनि जानकारीबिनै गर्न सक्छ । सीधा भाषामा भन्दा यसले तपाईंलाई कसरी हुन्छ हानि पुर्याउने काम गर्छ ।
कसरी सुरक्षित रहने ?
– कुनै पनि थर्ड पार्टी एप्स डाउनलोड नगर्ने ।
– गुगल प्ले स्टोरबाट एप्सको पूर्ण जानकारी लिएर मात्रै डाउनलोड गर्ने ।
– एप्स डाउनलोड गर्नुपूर्व त्यसको रिभ्यू पढ्ने ।
– विश्वसनीय डेभलपरले बनाएका एप्स मात्रै डाउनलोड गर्ने ।
– यदि यस्ता खालका एप्स डाउनलोड गर्नुभएको छ भने तुरुन्तै डिलिट गर्ने ।