बीबीसी । कम्प्युटरको संसारमा पहिले टेक्स्ट कन्टेन्ट हुन्थे । तिनलाई किबोर्डमा टाइप गरिन्थ्यो । तर, समय फेरियो । इन्टरनेट आयो । इन्टरनेटले संसारलाई एउटै डब्बामा समेट्यो । त्यसपछि फेरि मोबाइलको युग आयो । त्यसले साथमा क्यामेरा पनि बोकी ल्यायो । मोबाइलकै कारण विश्वमा इन्टरनेटको प्रयोग अधिक हुन थाल्यो । यसबीचमा इन्टरनेटको स्पीड पनि बढ्यो । भिडियो हेर्न थालियो ।
हामी डेस्कटपमार्फत मोबाइल र कन्टेन्टमार्फत फोटो हुँदै भिडियोको संसारमा पुग्छौं । तर के यो टेक्नोलोजीको अन्त्य छ ? के यसपछि पनि केही हुन सक्छ ? फेसबुक सीईओ मार्क जुकरबर्गले हालसालै यसको जबाफ मेटाभर्सको रुपमा दिएका छन् । उनका अनुसार मोबाइल इन्टरनेटका भावी पिँढी मेटाभर्स बन्नेछन् ।
अग्मेन्टेड रियालिटी
आखिर मेटाभर्स के हो त ? जसलाई बनाउन फेसबुक, माइक्रोसफ्टजस्ता कम्पनीहरु लागिपरेका छन् । अनि यसले विश्व अर्थतन्त्रमा कसरी फाइदा पुग्छ त ?
यहाँनेर भन्नैपर्ने हुन्छ, मेटाभर्स भर्चुअल रियालिटीपछिको संसार अर्थात् अग्मेन्टेन्ड रियालिटीमा आधारित छ । विभिन्न संसाधन र कम्पनीहरुको सहयोगमा यसलाई बनाउन केही वर्ष लाग्न सक्छ । वस्तु र सेवाको माध्यमबाट अर्थव्यवस्थाको विकासका लागि आवश्यक संसाधन उपलब्ध नहुँदा निश्चय नै नयाँ कम्पनीहरु जन्मनेछन् ।
क्रान्तिकारी परिवर्तन
जानकारहरु भन्छन्, कुनै एउटा कम्पनी पूरै संसार बनाउन र त्यसलाई जारी राखिरहन सक्षम हुँदैन । सन् २०२४ सम्म मेटाभर्सको बजार ८०० बिलियन डलरसम्म पुग्ने ब्लुमबर्ग इन्टेलिजेन्सको अनुमान छ ।
हाम्रो जीवनमा क्रान्तिकारी परिवर्तन ल्याउने १८ टेक्नोलोजीमध्ये मेटाभर्सलाई पनि बैंक अफ अमेरिकाले सामेल गरेको छ । ‘द फोर्टिन टेक्नोलोजी द्याट् विल रिभोलुसन अर लाइभ्स्’ मा लेखिएको छ, ‘मेटाभर्समा अनगिन्ती भर्चुअल संसार हुनेछन् जसले एकअर्कालाई वास्तविक संसारसँग जोड्नेछन् ।’
लामो समयदेखि चलिरहेको इन्डस्ट्री तथा मार्केट फाइनान्स, बैंकिङ, रिटेल, एजुकेसन, हेल्थ, फिटनेसका साथै एडल्ट बिजनेसमा पनि यसले परिवर्तन ल्याउनेछ । तपाईं काममा हुनुस् कि फुर्सदमा, तपाईंलाई यसको आवश्यकता पर्छ । २०३० को अन्त्यसम्म वास्तविक संसारको सट्टा मेटाभर्समा अधिक समय बिताउने गुगल इन्जिनियरिङका डाइरेक्टर रेमन्ड कुर्जवेल बताउँछन् ।संसारमा यस्ता कुरा पहिलेदेखि नै थिए
त्यसो त यो कुनै नयाँ कुरा पनि होइन । धेरैजसो अनलाइन भिडियो गेममा भर्चुअल वर्ल्डको प्रयोग दशकौंदेखि हुँदै आइरहेको हो । त्यो मेटाभर्स त होइन । तर, त्यसका धेरै कुरा भेटाभर्ससँग मिल्छन् ।
‘मेटाभर्स नयाँ होइन । नयाँ त त्यसमा गरिएको लगानी र आम मानिसबीच डिजिटल कुराको अधिक स्वीकार्यता हो’ विश्लेषक एवम् विस्डम ट्रिका डिजिटल एसेट निर्देशक बेन्जामिन डिन भन्छन्, ‘टेक्नोलोजी तीव्र गतिमा परिवर्तन भइरहेको छ । औद्योगिक देशका अधिकांश जनसंख्या (झन्डै ५० प्रतिशतभन्दा बढी) लाई इन्टरनेट युगपूर्वको जीवन कस्तो थियो भन्ने पनि थाहा छैन । यस्ता खालका ठूला परिवर्तन आईनै रहन्छन् ।’
मार्क जुकरबर्गका अनुसार मेटाभर्सको डिजिटल संसारमा घरबाट बाहिर ननिस्किकनै अफिस होस् वा पार्टी, वा आफ्ना बुवाआमासँग कुराकानी गर्न कोठामा टेलीपोर्ट हुनेछन् ।
तर, आज जुन भर्चुअल रियालिटीको प्रयोग; विशेष गरी भिडियो गेममा हुन्छ । मेटाभर्समा मनोरञ्जन, गेम्स, कन्सर्ट्स, सिनेमा, काम, शिक्षाजस्ता अन्य कुरा सामेल हुने आशा छ । त्यसका लागि सम्बन्धित क्षेत्रमा नयाँ कम्पनी र नयाँ टेक्नोलोजी पनि आउनेछन् ।
कन्सर्ट, कन्टेन्ट र मनोरञ्जन
एरियाना ग्रान्ड, मार्समेलो या र्यापर स्कट, सबै अनलाइन भिडियो गेम फोर्टनाइमा देखिइसकेका छन् । त्यसमा मेटाभर्समा कन्सर्टजस्ता कार्यक्रमको भविष्य के हुन्छ भन्ने देखाइएको छ । गत अप्रिल महिनामा स्कटले किड क्युडीसँग लेखेको गीत रिलिज गर्दा झन्डै डेढ करोड प्रशंसकहरु (फ्यान) रियल टाइममा अनलाइन उपस्थित थिए ।
वाल्ट डिज्नीका सीईओ बबका अनुसार यस्ता समूह अब आफ्नो थीमपार्कलाई भर्चुअल रियालिटीको संसारमा उतार्ने तयारी गरिरहेका छन् । बैंक अफ अमेरिकाको रिपोर्टअनुसार जेनेरेसन जेडले यो परिवर्तनलाई देख्नेछ, मेटाभर्स र होलोग्राम्स देख्नेछ । ठूलो मात्रामा भर्चुअल संसारमा कन्टेन्ट बन्दै गरेको देख्नेछ । र, यसले इन्डस्ट्रीलाई फाइदा पुग्नेछ ।
उदाहरणका लागि मुभी इन्डस्ट्री (डिज्नी), टेलिभिजन (डिस्कोेभरी), खेल (फक्स स्पोर्टस्), म्युजिक (युनिभर्सल म्युजिक ग्रुप, लाइभ नेसन), ओटीटी (नेटफ्क्सि), न्युजपेपर (न्युयोेर्क टाइम्स) ले प्रयोग गर्न थालिसकेका छन् ।
भर्चुअल उपस्थिति
हामी सबैलाई थाहा छ, कोभिड कहरले विश्व ठप्प बन्यो । तर, भर्चुअल वर्क (वर्क फ्रम होम) मार्फत कुनै पनि अफिसियल काम रोकिएनन् । फेसबुकमा एउटा त्यस्तै खालको अफिसको परिकल्पना गरिएको छ जहाँ मिटिङ रुममा बसेर भर्चुअल बैठक आयोजना गर्न सकिन्छ । मानिसहरु आफ्नो मोबाइल या ल्यापटपअघि बसेर त्यसमा भाग लिन सक्छन् । तर, यस्तो गर्ने फेसबुक एक्लो भने होइन ।
माइक्रोसफ्टले हालसालै माइक्रोसफ्ट टिमका लागि मेटाभर्स तयार गर्ने कुरा गरेको छ । महामारीको अवधिमा मानिसहरुले यसको प्रयोग भर्चुअल मिटिङका लागि गरेका थिए । कम्पनीले यसको प्रयोग अब कार्यक्रम आयोजना, बैठक र नेटवर्किङका लागि पनि गर्न चाहन्छ ।
के हुन् त चुनौती ?
मेटाभर्सले कसरी काम गर्छ भन्ने हेर्न बाँकी रहेको जानकारहरुको मत छ । इन्टरनेट इन्फ्रास्ट्रक्चर, रियल टाइमा अधिक संख्यामा मानिसहरु कुराकानी गर्नु, भाषिक समस्या र वेब पेज खोल्न क्लिक गर्दा लोड हुन लाग्ने समय मेटाभर्सका लागि मुख्य चुनौती रहेका आईबीएमका पूर्वइन्जिनियर थोमस फ्रे बताउँछन् ।
उनका अनुसार, कम्प्युटर, ग्राफिक कार्ड र भिडियोलाई अझै बलियो बनाउनुपर्ने हुन्छ । तत्काल यो क्षेत्रमा एनभीडीए, एमएमडी र इन्टेलजस्ता कम्पनीले काम गरिरहेका छन् । मेटाभर्सद्वारा क्रान्तिकारी परिवर्तन आउन सक्ने अर्को महत्वपूर्ण क्षेत्र हो, शिक्षा ।
कुनै विषयलाई पढाइरहँदा विद्यार्थीले कस्तो प्रतिक्रिया दिइरहेका छन् त्यसअनुसार च्याप्टर परिवर्तन गर्न सकिन्छ । जस्तो कि, शिर झुकाउनु वा सुत्नु, अतिरिक्त क्विज, भिडियो र विस्तारमा बुझाउनलाई पनि यसमा जोड्न सकिन्छ । जसले गर्दा विद्यार्थीलाई पढ्न र बुझ्न सहज हुनेछ ।
उच्च शिक्षामा विश्वविद्यालयले आफ्नो भर्चुअल क्याम्पस बनाउनेछन् । त्यहाँ विद्यार्थीको संख्या पनि बढ्नेछ ।
यो पनि हेर्नुहोस्
फेसबुकले नाम परिवर्तन गरेर बनायो मेटा, भर्चुअल रियालिटीमा लगानी विस्तार गर्ने
फेसबुकको ३ महिनामा ९ अर्ब डलर नाफा, मेटाभर्समा १० अर्ब डलर खर्च गर्ने
इन्टरनेटको भविष्य बन्दै मेटाभर्स, फेसबुक र इपीकले लगानी बढाउँदै