काठमाडौं । कोका–कोला नेपालले कोका–कोला अगमेन्टेड रियालिटी (एआर) भाइबर लेन्स ‘फूड र्याण्डमाइजर’ सार्वजनिक गरेको छ । कोका–कोलाले राकुटेन भाइबरसँगको सहकार्यमा कोक एण्ड मील्सको थिम अन्तर्गत अगमेन्टेड रियालिटी (एआर) भाइबर लेन्स ‘फूड र्याण्डमाइजर’ सार्वजनिक गरेको हो ।
नेपालका १ करोड बढी भाइबर प्रयोगकर्ताहरूले सो रमाइलो फिल्टरको मज्जा लिन सक्ने कोका–कोलाले जनाएको छ । फिल्टरमा कोक र मोमोस, कोक र पिज्जा, कोक र चाउमिन जस्ता लोकप्रिय कोक र मील्सका कम्बोहरू र्याण्डम्ली जेनेरेट हुन्छ ।
जेनेरेट भएको एउटा कोक एन्ड मिल्सको कम्बोमा फिल्टर आएर रोकिएपछि प्रयोगकर्ताले लेन्सलाई सेभ गरी कम्बो किनि दिन अनुरोध गरी आफ्ना साथीलाई पठाउन सक्छन् ।
एआर लेन्सलाई मंगलबार ‘राकुटेन भाइबर एक्स कोका–कोलाः स्ट्राटेजिक पार्टनरसीप’ कार्यक्रममा भर्चुअल रूपमा सार्वजनिक गरिएको हो । राकुटेन भाइबर र कोका–कोलाबीचको सहकार्यले भाइबरका नेपाली प्रयोगकर्ताहरूलाई रोमाञ्चक सुविधाहरू उपलब्ध गराउने लक्ष्य राखेको छ ।
भाइबरका सिनियर निर्देशक डेभिड त्सेले भने, ‘हामी कोका–कोलासँग साझेदारी गरी यो रमाइलो, प्रविधि–सञ्चालित परिवार र साथीहरुलाई विभिन्न खानाको संयोजन पस्किन पाउँदा उत्साहित छौं ।
कोक एन्ड मिल्स भाइबर लेन्स प्रियजनहरूसँग जोडिनुलाई अझ आकर्षक र अद्वितीय बनाउनका लागि रहेको हाम्रा धेरै पहलहरू मध्येको एक हो । यसले हाम्रो नेपाली बजारमा खुसी ल्याउनेमा म विश्वस्त छु ।’
त्यस्तै कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने, ‘ कोका–कोलाले सबै परिवारजनलाई साथमा ल्याएर खानाको पललाई विशेष बनाउँछ । कोक एन्ड मिल्स भाइबर लेन्स विशेष गरी नेपालका युवाहरु माझ रमाइलो कुराकानी गराउने तथा कोक र खानाका साथ विशेष पलहरु मनाउने हाम्रो प्रयास हो ।’