काठमाडौं । पछिल्लो समय दोस्रो बजारमा सेयर कारोबार गर्नेको संख्या बढिरहेको छ । अनलाइन प्रणालीबाट सेयर किन्ने व्यवस्था प्रभावकारी रुपमा लागू भए पछि सेयर बजारमा देश तथा विदेशबाट समेत सेयर बजारमा लगानी गर्नेको संख्या ह्वात्तै बढेको छ ।
धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुले समेत विदेशमा आफ्नो सम्पर्क कार्यालय खोलेर सेयर बजारसम्बन्धी जानकारी समेत गराउन थालेका छन् । सेयर बजारमा ठूलो संख्यामा भित्रिए पनि थोरै व्यक्तिले मात्रै सेयर बजारबाट कमाउने गरेका छन् ।
कस्ता सेयर लगानीकर्ताले कमाउँछन् ?
कमाउन गुणस्तरमा ध्यान दिन जरुरी छ । यदि एक पटक आएको ग्राहकलाई यो वस्तु, सेवा तथा गुणस्तर राम्रो छ भन्ने लागेमा ऊ पटकपटक आउन थाल्छ । त्यसैले युवामा लगानीसम्बन्धी सोच जागृत हुन जरुरी छ ।
लगानीका लागि पछिल्लो दिनमा सेयरबजार राम्रो विकल्पको रुपमा देखिएको छ । कम्पनीहरुको प्रतिसेयर आम्दानी (ईपीएस), यसको सम्पत्ति तथा दायित्वको संरचना, रिटर्न अन इक्विटी, नेटवर्थ आदि हेरेर लगानी गर्दै जाने हो भने दीर्घकालमा पूरै नोक्सान हुने सम्भावना निकै कम छ ।
अब कमोडिटी बजार, इन्ट्राडे लगानी, फ्युचर एन्ड अप्शन (एफएओ) जस्ता फरक लगानीका अवसर सेयरबजारमा उपलब्ध छन् । यी सबै क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने भावना जागृत भएमा विस्तारै आर्थिक समस्याबाट मुक्त हुने उपाय प्राप्त हुँदै जान्छ ।नाफा हुने दिन आएमा १ हजार मात्र लगानी गरेर पनि अर्बपति भएका उदाहरण पनि छन ।
यसैले लगानी गर्न लजाउनु पर्दैन र डराउनु पर्दैन । असफलता यदि कतै छ भने लगानीमा होइन, लगानीकर्तामा छ । लगानी गर्दा आँखा चिम्लेर गर्ने अनि त्यसपछि कुनै योजना र रणनीति नबनाउने र सरकारले झैं काम गर्ने कर्मचारी मात्र थप्ने हो भने पक्कै व्यवसाय घाटामा जान्छ । त्यसैले लगानी सम्भावना भएको ठाउँमा गर्नुपर्छ, ग्राहकको आवश्यकता सम्बोधन गर्ने वस्तु तथा सेवामा गर्नुपर्छ र त्यसमा प्रतिबद्ध भएर लाग्नुपर्छ, धैर्य हुन सिक्नुपर्छ, प्रविधिको तह र स्तरमा सचेत भइरहनुपर्छ । घाटा हुँदैन ।