काठमाडौं । बैंकिङ सेवा नपुगेका ग्रामीण क्षेत्रका ४ स्थानमा मेगा बैंक नेपालले शाखारहित बैंकिङ सेवाको विस्तार गरेको छ।
बागमती प्रदेशस्थित सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्गपाल गाउँपालिका-१, प्रदेश नम्बर १ स्थित सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका १, चौतारा साँगाचोकगडी नगरपालिका– ४ र धादिङ्ग जिल्लाको ज्वालामुखी गाउँपालिका–२, सातदोबाटोमा बैंकले शाखारहित बैंकिङ सेवाको विस्तार गरेको हो।
शाखारहित सेवा सञ्चालनका लागि बैंकले सुनसरीमा प्रविनकुमार मेहता, भोक्राहा नरसिंह गाउँपालिका १, पाँचपोखरी थाङ्गपाल गाउँपालिका– १, सिन्धुपाल्चोकमा महेश दास श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिका–४ कुभिन्डे, सिन्धुपाल्चोकमा दुर्गाप्रसाद सापकोटा र ज्वालामुखी गाउँपालिका–२ सातदोबाटो, धादिङ्गमा नारायणप्रसाद सिम्खडालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ।
शाखारहित बैंकिङ्ग सेवाअन्तर्गत बैंकले नियुक्ति गरेका व्यावसायिक प्रतिनिधिमार्फत खाता खोल्ने व्यवस्था गर्ने, दैनिक खातामा रकम जम्मा गर्ने, झिक्ने, नेपाल टेलिकम, एनसेलमा टपअप, डिसहोमको रिचार्ज गर्ने सुविधा छ।