काठमाडौं । यसमा वर्क स्टेसन र मनोरन्जन दुवैको लागि अल इन वान ट्याब्लेट उपलब्ध रहेको छ, प्ले हार्ड–वर्क स्मार्ट साओमी नेपालले साओमी प्याड फाइभ र प्याड सिरिजलाई सार्वजनिक गरेको छ ।
साओमी प्याड फाइभ हाई पर्फमेन्स प्रदान गर्न सक्ने स्लिक प्याड हो जसले उत्कृष्ट सौन्दर्यता प्रदान गर्दछ । यसमा ट्रु टु लाइफ भिविङ एक्पेरियन्स, इमर्सिभ क्वाड स्टेरियो स्पिकर र २२.५ वाटको इन–बक्स चार्जरसहित ८७२० एमएएचको उच्च क्षमताको ब्याट्री पाउन सकिन्छ ।
यसमा बिल्ट इन लो ब्लु लाइट हार्डवेयर, ब्लु लाइट रिडक्सन सफ्टवेयर, ट्रु डिस्प्ले छ । १२० हर्जको रिफ्रेस रेट भएको यसको डिस्प्लेमा १ अर्बभन्दा धेरै रंगहरू पाउन सकिन्छ ।
यसमा १३ मेगापिक्सलको सिंगल र ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा पनि छ । क्वाड स्पिकर, डल्बी एटमस सहितको हाई रेज्युलेसन अडियो भएको कारण यसमा ध्वनी गुणस्तर पनि एकदमै राम्रो छ ।
साओमी प्याड फाइभको सफ्टवेयरको कुरा गर्दा यसमा क्वलकम स्नापड्रागन ८६०, क्वालकम काइरो ४८५, अक्टा कोर सीपसीयू २.९६ गिगाहर्ज ८६० प्रयोग भएको छ जसमा ७ न्यायोमिटरको प्रोसेस टेक्नोलोजी छ । यसमा ८७२० एमएएच(टाइप) ब्याट्री र २२.५ वाटको चार्जर छ ।
५ सय ११ ग्राम तौलको यो प्याड दुई कलर भेरियन्ट कस्मिक ग्रे र पर्ल वाइडमा उपलब्ध छ । यो मोबाइल दुई स्टोरेज भेरियन्टमा पाइन्छ । जसमा ६ जीबी र्याम र २५६ जीबी इन्टरनल स्टोरेजको मूल्य नेपाली बजारमा ४९ हजार ९ सय ९९ रहेको छ भने अर्को ६ जीबी र्याम १२८जीबी इन्टरनल स्टारेजको मूल्य ४४ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।
साओमी प्याड ५ कात्तिक २१ गते देखि कस्मिक ग्रे र पर्ल वाइट रंगमा नेपालको सबै आधिकारिक स्टोरहरूमा उपलब्ध छ ।