एजेन्सी । यो वर्ष विश्वभरीका दूरसञ्चार क्षेत्रमा फाइभजी वायरलेस प्रविधिको वर्चस्व रहनेछ । डेलाईटी कन्सल्टिङ एलएलपीस टेक्नोलोजी, मिडिया एण्ड टेलिकम्युनिकेसन (टीएमटी) का व्यवस्थापक निर्देशक मिक लोकरका अनुसार दूरसञ्चार कम्पनीहरुले प्रविधिमा लगानी गर्दा फाइजी र अन्य अवसरलाई मोनिटाइज गर्न विजनेस मोडलको फ्रेमवर्क तयार गर्न पनि निरन्तर केन्द्रित भइरहेको छ । यद्यपि यो एउटा जटिल काम हो । २०१९ मा दूरसञ्चार सेवाप्रदायकहरुले भ्वाइस एसिस्ट प्रविधि र आईओटी अर्थात् इन्टरनेट अफ थिंक्सको पनि फाइदा लिने प्रयास गर्नुपर्छ ।
यस्तै सेवाप्रदायकहरुलाई उनीहरुको आय स्रोतलाई मजबुत बनाउन र नयाँ आय बढाउन धेरै अवसरहरु दिएको छ । धेरै अवसहरु बदलिँदो बजारको अवस्था र सेवाग्राहीको रुचीले उत्पन्न गराएको छ । फाइभजी प्रविधिको रोलआउटले पनि यो अवसर सिर्जना गराएको छ । यसले दूरसञ्चार कम्पनीहरुका लागि उल्लेखनीय व्यापार अवसर सिर्जना गर्ने अपेक्षा गर्न सकिन्छ ।
फाइभजी रोलआउट हुनअघि पनि गर्नुपर्ने कामहरु धेरै छन् । सेवाग्राहीहरुले अझै पनि मोबाइल डाटाको तीव्र प्रयोग गरिरहेका छन् । जति धेरै डाटा त्यत्ति नै हेभी एप्लिकेसनले उपभोक्ताको दैनिक जीवनमा स्थान बनाउँदैछ र यो क्रम जारी रहने विश्वास छ । उपभोक्ताहरु धेरै डाटा लिमिट चाहान्छन् । त्यसैले उनीहरुले अनलिमिटेड डाटा प्याक चयन गर्छन् । डेलाइटी २०१८ को अमेरिकी संस्करणमा ग्लोबल मोबाइल फोन सर्वेक्षणमा समावेश भएकामध्ये ३७ प्रतिशतसँग अनलिमिटेड डाटा प्याक थियो ।
२०१७ मा २५ प्रतिशतसँग थियो । अहिले सेवाप्रदायकले यी सेवाहरुका लागि न्यून मूल्य अफर गरेको देखिन्छ साथै विविध सेवा पनि उपलब्ध गराएको देखिन्छ । योसँगै सेवाप्रदायकहरुले प्रति उपभोक्ताबाट प्राप्त हुने औसत आय एआरपीयू घटाइरहेको छ । दूरसञ्चार क्षेत्रको यो प्रतिस्पर्धी परिदृश्यलाई सन्तुलन र मूल्यलाई स्थिर राख्न दूरसञ्चार कम्पनीहरुले आफ्नो सीमालाई विस्तार गर्ने र नयाँ अवसरहरुको खोजीरहेका छन् ।
एउटा प्रमुख अवसर भनेको एकता र साझेदारीबाट प्राप्त हुनसक्ने देखिन्छ । विशेषगरी केबल र कन्टेन्टको क्षेत्रमा । आज हामी धेरैजना त्यस्ता उपभोक्ताहरु देख्न सक्छौं जसले केबल सब्सक्रिप्सनमा भिडियो स्ट्रिमिङ सेवा रुचाउँछन् । डिजिटल मिडिया ट्रेन्ड सर्वेक्षणले देखाए अनुसार ५५ प्रतिशत अमेरिकी घरधुरीले अहिले पेड भिडियो स्ट्रिमिङ सेवा सब्सक्राइब गर्छन् । जबकी पेड टेलिभिजन सेवा ६३ प्रतिशतमा झरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ७५ प्रतिशतले झरेको छ ।
प्रतिक्रियास्वरुप केबल कम्पनीहरु आफ्नो पे टिभी व्यवसायलाई कम्युनिकेसन सर्भिससँग विस्तार गर्ने प्रयास गर्दै छन् । फिक्स्ड लाइनभन्दा बाहिर पनि प्रोग्रामिङ वितरणलाई विस्तार गरेर । बदलिँदो आयाम र प्रतिस्पर्धाको दबाबले दूरसञ्चार सेवा प्रदायकलाईहरु मर्जर एण्ड एक्युसेसन एमएण्डए डिललाई स्वीकार गरेर आफ्नो सेवामा कन्टेन्ट र मिडियालाई मिलाउन उत्साहीत बनाइरहेको छ । सेवाप्रदायकहरुले नयाँ व्यवसायको मोडलको विकास र फाइभजी प्रविधिमा आधारित सेवालाई तीव्रता दिँदै गर्दा साझेदारी पनि बढ्ने देखिएको छ ।
फाइभजी एकपटक आइसकेपछि यसले दूरसञ्चार कम्पनीलाई उल्लेखनीय व्यवसाय अवसर प्रदान अपेक्षा गरिएको छ । यसले उनीहरुलाई फिक्स्ड ब्रोडब्याण्ड मार्केटबाट आय थप सिर्जना गर्ने र स्मार्ट सिटिज र आईओटी अर्थात् इन्टरनेट अफ थिंक्सजस्ता विजनेस टु विजनेस अवसर दिन मद्दत पुर्याउने देखिन्छ ।
यसले दूरसञ्चर सेवा प्रदायकहरुलाई उनीहरुको अफरहरुलाई कस्टमाइज गर्न राम्रो वातावरण पनि सृजना गर्नेछ । फाइभजीको परिप्रेक्षमा यसले आईओटी, मोबाइल ब्रोडब्याण्ड र एकदमै न्यून ल्याटेन्सी एप्लीकेसनहरु जस्तै धेरै कनेक्टेड कारहरु र कनेक्टेड होम फंक्सन रन गर्न फिजिकल नेटवर्क सेयरिङलाई सक्षम बनाउने छ । यसले २०१९ को वर्षमा सेवा प्रदायकहरुलाई एकदमै नयाँ आय स्रोतको सिर्जना गर्न मद्दत गर्नेछ ।
दूरसञ्चार सेवा प्रदायकका लागि दुई महत्वपूर्ण आर्थिकपार्जन गर्ने अवसरहरु भनेको एमहेल्थ र एमपेमेन्ट बन्नसक्छन् । एमहेल्थको क्षेत्रमा सञ्चालकहरुले हेल्थ केयर सेन्ट्रिक वेयेरेबल्सको सब्सक्राइबर्सको बढ्दो संख्यालाई ध्यानमा राख्दै आफ्नो सेवालाई मनिटाइज गर्न सक्छन् । उदाहरणका लागि उनीहरुले सही मात्रामा औषधिको डोज लिदैँछन् भन्ने कुराको सुनिश्चितता गरिदिएर ।
यस्तै एमपेमेन्टको क्षेत्रमा मोबाइल सञ्चालकहरुले अर्कोतर्फ भूमिका निभाउन सक्छन् । उपकरण, एप्लिकेसन, मोबाइल पेमेन्टको विधि र कस्टमर आइडेन्टिटी म्यानेजमेन्टको समायोजकको रुपमा । एक अध्ययनअनुसार यो रणनीतिले दूरसञ्चार सेवा प्रदायकको मोबाइल पेमेन्टको आयलाई २०२२ सम्म चौगुणाले बढाउन सक्छ ।
वृद्धिको लागि योजना बनाउँदै गर्दा व्यवसायीले के कुरा ध्यान राख्ने ?
माथि उल्लेखित अवसरहरुले दूरसञ्चार सेवाप्रदायकहरुका लागि सम्भावित व्यापक वृद्धि गराउन सक्छ । उनीहरुलाई त्यस्तो सेवा विकास गर्न र आपूर्ति गर्न ठूलो लगानीको खाँचो छ । नेटवर्क लगानीसँग दूरसञ्चार कम्पनीले विजनेस इफिसियन्सी र स्ट्रिमलाइनिङ प्रोसेसलाई सिर्जना गर्न पनि निरन्तर केन्द्रित रहनुपर्छ । आईओटी अर्थात् इन्टरनेट अफ थिंक्सको केसमा उदाहरणका लागि विभिन्न नेटवर्कमा जोडिएका उपकरणको सम्पूर्ण संख्यालाई कन्सिडर गर्नु । आजको कार्यभारलाई थेग्न सक्ने अधिकांश दूरसञ्चार सेवाप्रदायकको बिलिङ प्रणाली तयारी छैन ।
दूरसञ्चार सेवा प्रदायकले आफ्नो लगानीलाई कसरी नयाँ प्रविधिमा मोनिटाइज गर्छु भन्ने कुराको बारेमा पनि सोच्न सुरु गर्नुपर्छ । निश्चित व्यावसायिक र आयको मोडल के हो भन्ने कुरा, को हो सेवाग्राही, कस्ता सेवा र बस्तुु उनीहरुलाई पुर्याउनु पर्छ भन्ने इत्यादी कुराहरु सोच्नु पर्छ । उदाहरणका लागि एउटा खुद्रा चेनको उदेश्य भनेको साना सेल र फाइभजी प्रविधिका एप्लिकेसन प्रयोग गरेर उपभोक्ताको अनुभवलाई थप राम्रो बनाउन सक्ने हुनसक्छ । धेरै केसहरुमा व्यवसायिक मोडल र आयको मोडल नै पूरै नयाँ हुनसक्छ ।
२०१९ मा सेवा प्रदायकहरुका लागि सुरक्षा र गोपनियता एउटा पेचिलो विषय हुनेछ । विशेषगरी उपभोक्ताहरुको व्याक्तिगत डेटालाई तेस्रो पक्षले स्टोर गरेर राखेको अवस्थामा । यस्तो अवस्थामा दूरसञ्चार सेवाप्रदायकका लागि अवसर भनेको पर्सनलाइज सेवा र विज्ञापनको सट्टा व्याक्तिगत डेटाको नियन्त्रण र भिडिबिलिटी अफर गर्नु रहेको छ ।
यो क्षेत्रमा इमर्जिङ के देखिन्छ ?
निश्चय पनि २०१९ को वर्षभरी दूरसञ्चार उद्योगको क्षेत्रमा फाइभजी सुनिरहेको एउटा थिम हो । बजार पनि फाइभजीलाई अंगाल्न तयार रहेको देखिन्छ । डेलोईटी २०१८ को ‘ग्लोबल मोबाइल कन्जुमर सर्भेः अमेरिकी इडिसन’ को अनुसार सर्वेक्षणमा सहभागी ६० प्रतिशत व्यक्तिहरुले फाइभजी आफूका लागि महत्वपूर्ण भएको बताएका थिए । आगामी वर्षहरुमा फाइभजीसँग एजुमेन्टेड रियालीटी र भच्र्युअल रियालीटीलाई पूर्ण रुपमा विस्तार गर्ने सुनिश्चित छ ।
२०१९ मा हेर्न बाँकी एउटा फाइनल प्रविधि भनेको ब्लकचेन हो । ब्लकचेन सम्पूर्ण दूरसञ्चार सेवा प्रदायकको राडरमा हुनुपर्छ । दूरसञ्चार कम्पनीले आफ्नो विलिङ प्रणालीलाई सहज बनाउन, आइडेन्टिटी फ्रड, रोमिङबाट आय लिक हुने क्रमको कटौती गर्न र स्मार्ट कन्ट्राक्ट र टोकनबाट सेटलमेन्ट स्वचालित बनाउन ब्लकचेन प्रविधि अगाडी बढाउन सक्छन् । यो प्रविधिले अन्य धेरै फाइदा अपर गर्नसक्छ जसले फाइभजीलाई फाइदा पुर्याउँछ ।