काठमाडौं । केन्द्रीय बैंकले लगानीयोग्य रकमको अभाव हुन नदिने प्रतिबद्धता जनाए पनि व्यवहारमा लागू नगरेपछि सेयर बजार घटेको छ । केन्द्रीय बैंकले तरलता अभावलाई कम गर्न कुनै पनि औजारहरु प्रयोग गरेपछि बजारमा लगानीयोग्य रकमको चरम अभाव छ । त्यसैका कारण तिहारपछि खुलेको सेयर बजार दोहोरो अंकले घटेको हो ।
अहिले बैंकहरुले धमाधम सेयर लगानीकर्ताको लिमिट खारेज गरेका छन् । सेयर किन्नका लागि कर्जा रोकिएपछि त्यसको सिधा असर सेयर बजार सूचकमाथि परेको हो । गभर्नर महाप्रसाद अधिकारीले बजारमा तरलता अभाव हुन नदिने प्रतिबद्धता जनाए पनि बैंकबाट ऋण पाउन सकिएको छैन । स्वीकृत गरेर राखेको कर्जासमेत बैंकहरुले खारेज गरेका छन् । त्यसैले गर्दा सेयर बजार घटेको हो ।
बैंकहरुले सेयर लगानीकर्तालाई फोन गर्दै सेयर कर्जा पूर्णरुपमा बन्द गराएको जानकारी दिइरहेका छन् । अहिले बैंकहरुको औसत सीडी ८९.७० पुगिसकेको छ । यस्तो अवस्थामा नयाँ कर्जा पाउने सम्भावना कम हुन्छ ।
बैंकहरुले कर्जा दिन नसक्ने जनाउ दिएपछि धेरै लगानीकर्ताले सेयर बेच्न थालेका छन् । केन्द्रीय बैंकले सेयर बजारप्रति नकारात्मक धारणा राख्दै आएको छ । बजारलाई नियन्त्रण गर्ने केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमा ४ र १२ करोड बनाएको थियो । त्यसैगरी बैंकलाई कर्जा विस्तारमा रोक लगाएको छ । त्यही भएर बैंकहरुले स्वीकृत गरेको कर्जासमेत खारेज गरेका छन् । धेरैजसो लगानीकर्ताले बैंकबाट ऋण लिएर सेयर किन्न गरेका छन् ।
केही लगानीकर्ताले नाफा गर्दा पनि बजार झरेको अनुमान गरिएको छ । तर, यो बजार नाफा बुक गर्दा खोज्दाभन्दा पनि बजारमा तरलता अभाव गहिरिँदै गएकाले घटेको बुझिन्छ ।
तिहार सुरु हुनुअघि बजार बढेर बन्द भएको थियो । तर, तिहारपछि बजार दोहोरो अंकले घटेर बन्द भएको छ । साेमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.२० अंकले घटेर २८२९.६५ बिन्दूमा आइपुगेको छ । बजार घटेर २४८१ बिन्दूसम्म आइपुगेको थियो । त्यो बेला सेयर किन्ने राम्रो मूल्य वृद्धि गरेको छ । २४८१ मा सेयर किन्नेहरु बेच्न सक्रिय पनि भएका छन् । तैपनि सोमबार कारोबार रकम भने ४ अर्ब ४२ करोड रुपैयाँ मात्रै पुगेको छ ।