काठमाडौं । बजारमा निरन्तर लगानी योग्य रकमको दबाब बढिरहेको छ । केन्द्रीय बैंकले तरलता सहज बनाउने सार्वजनिक अभिव्यक्ति दिए पछि वास्तविकता अर्कै बन्दै गएको छ ।
केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले कात्तिक १५ गते बजारमा लगानी योग्य रकमको अभाव हुन नदिने सार्वजनिक अभिव्यक्ति दिए पनि अहिले प्रणालीमा जम्मा १३ अर्ब ५० करोड रुपैयाँ मात्रै लगानी योग्य रकम छ ।
निक्षेप ४५ खर्ब रुपैयाँ पुगेको छ । त्यसको शून्य दशमलव ३ प्रतिशत मात्रै रकम लगानी योग्य रकमको रुपमा रहेको छ । त्यो भनेको अब प्रणालीमा जम्मा १३ अर्ब ५० करोड रुपैयाँ मात्रै लगानीयोग्य रकम रहेको अवस्था छ ।
केन्द्रीय बैंकले तरलता सहज बनाउन कुनै पनि नीतिगत सुधार गरेको छैन । निजी क्षेत्रले डलर निक्षेपलाई कर्जा–निक्षेप अनुपातबाट हटाउन निरन्तर माग गरेको छ । त्यसैगरी, स्थानीय र प्रदेशमा जाने रकमलाई सतप्रतिशत निक्षेपमा गणना गर्न दिन पनि माग गरेको छ । त्यस बाहेक अन्य औजारहरुको प्रयोग गरेर तरलता अभावलाई हटाउन माग गरे पनि केन्द्रीय बैंकले कुनै सुनुवाई नगर्दा दिन प्रतिदिन तरलता अभाव गरिहिँदै गएको देखिन्छ ।
बैंकहरुका अनुसार कात्तिक १५ गते १७ अर्ब रुपैयाँ लगानी योग्य रकम प्रणालीमा थियो । लक्ष्मी पूजाको दिनबाट बैंकहरु बन्द भए । र आइतबारबाट मात्रै बैंक तथा वित्तीय संस्था खुलेका हुन् । सोमबार प्रणालीमा जम्मा १३ अर्ब ५० रुपैयाँ मात्रै छ । यो रकम भनेको केही पनि नभएको बैंकरहरु बताउँछन् ।
‘केन्द्रीयले बैंक बजारमा देखिएको तरलता अभाव हटाउन कुनै पहल गरेको देखिँदैन्,’ एक बैंकरले भने, ‘अहिले बैंकहरु हात बाँधेर बसेका छन् । उनीहरुसँग कुनै उपाय छैन ।’ केन्द्रीय बैंकका अधिकारीहरु राष्ट्र बैंकको नेतृत्व बेलैमा गम्भीर नबने देशमा गम्भीर तरलता संकट आउने बताइरहेका छन् ।