विराटनगर । विराटनगरमा पछिल्लो समय नयाँ नयाँ सपिङ मलसँगै ठूला होटल तथा रेष्टुरेन्टबार खुल्नेक्रम बढिरहेको छ । यसैक्रममा विराटनगरमा डान्स नाईट क्लव सञ्चालनमा आएको छ ।
विराटनगरका युवा जसन्वत सिंहले २ करोड रुपैयाँ लगानीमा नाईट क्लव सञ्चालनमा ल्याएका हुन् । विराटनगर मेन रोडस्थित सेन्ट्रल मलको तेस्रो तल्लमा ‘ईलुजन’ नामक नाईट क्लव सञ्चालनमा ल्याएका हुन् ।
क्लवभित्र नयाँ प्रविधिका अत्याधुनिक साउण्ड सिष्टम प्रयोग गरी विराटनगर मै पहिलो पटक एलईडी स्क्रिन राखेर क्लव भित्रको लुक्स आर्कषित बनाइएको ईलुजन नाईट क्लवका सञ्चालक जसवन्त सिंहले बताए ।
क्लवमा अधिक मात्रामा ठुला साउण्ड बज्ने भएका कारण १८ बर्ष मुनिका बालबालिकाहरुका लागि प्रवेश निषेध गरिएको उनले जानकारी दिए । क्लवका लागि आवश्यक पर्ने साउण्ड सिस्टम अमेरिकाबाट मगाइएको र जेवियल कम्पनीको ४३ लाख रुपैयाँबराबर लाईट खरिद गरिएको सञ्चालक सिंहले जानकारी दिए ।
‘म आफु पनि मनोरन्जन क्षेत्रको पारखी भएका कारण कुनै पनि कार्यक्रम गर्नुपर्यो भने काठमाडौंसम्म जानुपर्ने वाध्ययता छ’, उनले भने, ‘त्यसैले अहिले विराटनगर प्रदेश नम्बर १ को राजधानी पनि भएका कारण अबका पिडीहरुले यही आफ्नो ठाँउमा मनोरञ्जन गर्न पाउन् भन्ने उदेश्यले सुरुवात गरेका छौँ ।’
नाईट क्लवमा दैनिक स्थानीय र राष्ट्रिय ख्यातीप्राप्त गायकहरुको उपस्थितीमा लाईभ म्युजिक हुने उनको भनाई छ । आगामी दिनमा अन्तर्राष्ट्रिय गायकहरुको पनि सहभागिता गराउन लागिएको उनले बताए ।
क्लवभित्र २५ टन बराबरको फुल एसीजडित आगलागीबाट जोगाउन फायर आलमको समेत व्यवस्था गरिएको छ । साथै क्लवमा ८ जना वाउन्सरको साथमा २४ जनालाई रोजगारी प्रदान गरिएको सिंहले बताए ।