काठमाडौं । हार्ड रक क्याफे राजधानीको दरबारमार्गस्थित शेर्पा मलमा यही २८ अक्टोबरदेखि सञ्चालनमा आएको छ । संगीत उद्योगका केही प्रख्यात कलाकारहरु लेडी गागा, रिहाना, मेटालिका, द रोलिङ स्टोन्स् र माइकल ज्याक्सनको स्मरणीय मेमोरेबिलिया, प्रदर्शन गर्नुका साथै, क्याफेले अमेरिकाको प्रसिद्ध मेनु र हस्तसिल्पबाट बनाइने ककटेल्स उपलब्ध गराएको छ ।
मलको पहिलो र माथिल्लो तल्लामा सञ्चालनमा आएको रेष्टुरेन्टले करिब २६० जना अटाउने गरी भित्री भागका साथसाथै बाहिरी छत पनि समेटेको छ् । जहाँ बसेर दरबारमार्गको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । क्याफेको मेनुको सबैभन्दा मुख्य आकर्षण भनेकै बर्गर हो, जसको लागि हार्ड रक प्रसिद्ध छ ।
यी बर्गरहरुमा चेद्दार चीजसँग मिसाइएको राँगाको मासुसहित, क्रिस्पी प्याज रिङ, लेटस पत्ता र भाइन–रिपेण्ड गोलभेंडा भएको प्रख्यात बर्गरसमेत रहेको छ, जसलाई हार्ड रकको मौलिक पहिचान बनेको स्टीक ससका साथ उपलब्ध गराइने रेष्टुरेन्टले जनाएको छ ।
यसैगरी मेनुमा ग्रील्ड, ताजा, इच्छाइएको चिकन वा पोलेको मकैको साथमा क्यालिफोर्निया स्टाइलको कब–चिकन, कालो सीमी र आयातित चेद्दार चीजको साथमा सलाद रहनेछ भने स्याण्डवीचहरु बार्बीक्यू गरिएको चिकन वा ग्रील्ड हनी मस्टर्ड चिकन सबै सिजनिङ गरेर वा चीज फ्राई गरेर पस्किइनेछ ।
मेनुमा संलग्न परिकारहरु मध्ये एक आकर्षण बेबी ब्याक पोर्क रिब्स पनि हो, जुन खास गरेर हार्ड रक क्याफे काठमाडौंको लागि डेनमार्कबाट आयात गरिएको छ । ७५० ग्राम रिब्सलाई मौलिक स्पाइस ब्लेण्डसँग सिजनिङ गरिन्छ, त्यसपछि घरेलु बार्बीक्यू ससको साथमा मिसाएर सटिकताको लागि ग्रील्ड गरिन्छ र सिजन्ड फ्राइज, कोलस्ल र ¥यान्च स्टाइलका सिमीहरुसँग पस्किइन्छ ।
त्यस्तै क्याफेमा सन् १९४० को हर्रिकेन–ह्वाइट रमको न्यू ओर्लन्स क्लासिक मिश्रण, सुन्तला, आँप, भुईंकटहरको जुस र चक्काको ब्लेण्ड जसलाई फ्लोट डार्क रम र अमारेट्टोका साथ तयार पारिएको हुन्छ ।
त्योलगायत बूजी मिल्कसेकहरु र मौलिक कक्टेलसहितका उत्कृष्ट बियर र वाइनहरुको संग्रह रहेको छ । क्याफेमा आउनेहरुले आफ्नो सम्झनाको चिनो स्वरुप विषेश वस्तुहरु खरिद गरिने हार्ड रक सपपनि छ ।
क्याफेले प्रारम्भमा हरेक दिन राती स्थानीय प्रतिभाहरुको साँगीतिक सिर्जना प्रस्तुत गरेर उनीहरुको प्रतिभा प्रवद्र्धनमा सहयोग गर्नेछ र हरके शनिबार दिउँसो १ देखि ३ बजेसम्म एकोइस्टिक ब्रन्चको संचालन गर्ने छ ।
क्याफे हरेक दिन विहान ११ः३० बजेदेखि खुला हुनेछ भनें बिहीबारदेखि शनिबारसम्म विहान २ बजे बन्द हुनेछ र आइतबारदेखि बुधबारसम्म मध्यरातमा बन्द हुनेछ । हार्ड रक सप हरेक दिन विहान १० बजेदेखि राती ११ बजेसम्म संचालन हुनेछ ।