काठमाडौं । कोभिड–१९ महामारीका कारण पछिल्लो डेढवर्ष निकै कठिन रह्यो । ज्यान बचाउन अहम् भूमिका खेल्ने अस्पतालका परिसर नै मान्छेहरूका लागि जोखिमग्रस्त क्षेत्र बने ।
सुरक्षित रहन पीसीआर परीक्षण तथा स्वास्थ सुनिश्चितता अनिवार्य जस्तै बनेको थियो । तर, परीक्षण गर्न, रिपोर्ट लिन अस्पताल धाउँदा– धाउँदा स्वस्थ व्यक्ति पनि संक्रमणको जोखिममा पर्ने खतरा हुन थाल्यो ।
त्यसै बेला कैलालीस्थित काइचो टेक्नोलोजीका युवाहरूले सार्वजनिक सुरक्षा र सुविधाका लागि पीसीआरको रिपोर्ट व्यक्तिको मोबाइलमै पठाउन मिल्ने सफ्टवेयर निर्माण गरे ।
रिपोर्ट वास्तविक हो वा फर्जी हो भनी सम्बन्धित निकाय वा प्रशासनलाई निक्र्योल गर्न त्यसमा क्यूआर कोडको व्यवस्था पनि थियो । रिपोर्ट लिन डराई–डराई अस्पताल पुग्नु पर्ने बाध्यता र सामाजिक दूरी कायम गर्नुपर्ने आवश्यकता दुवैलाई उक्त सफ्टवेयरले सम्बोधन गर्यो ।
नाफाभन्दा पनि सामाजिक दायित्व निर्वाह गर्न निर्माण गरेको उक्त सफ्टवेयरको उपयोगिता र प्रभावकारितालाई ध्यानमा राखेर पूर्वको मेची अस्पतालदेखि पश्चिम अछामका अस्पतालहरूले समेत त्यसको प्रयोग गर्न थाले । काइचोले उक्त सफ्टवेयरलाई नोवल आरएक्स नाम दिएको थियो ।
मोफसलमा बसेर सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आइरहेका काइचो टेक्नोलोजीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) २७ वर्षीय सुमन पौडेलले अहिले नोवल आरएक्स सफ्टवेयरलाई थप अद्यावधिक र विस्तार गरी नेपालको समग्र अस्पताल व्यवस्थापन प्रणालीको सिङ्गो प्याकेज प्रदान गर्ने सफ्टवेयरमा रुपान्तरण गरिरहेका छन् ।
हाल यो सफ्टवेयर एउटा निजी ल्याबबाहेक अधिकांश सरकारी अस्पतालहरूमा प्रयोग भइरहेको छ । जसमा मेची अञ्चल अस्पताल, कन्काईको कोटिहोम ल्याब, बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज, बागेश्वरी डाइग्नस्टिक नेपालगञ्ज, कर्णाली प्रदेश जनस्वास्थ प्रयोगशाला सुर्खेत, सेती प्रादेशिक अस्पताल धनगढी, डोटी जिल्ला अस्पताल सिलगडी, डडेलधुरा उपक्षेत्रीय अस्पताल डडेलधुरा, कमल बजार नगरपालिका अछाम, बझाङ जिल्ला अस्पताल बझाङ लगायतका ठूला अस्पतालहरूमा प्रयोग भइरहेको छ ।
मोफसलमा बसेर सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आइरहेका काइचो टेक्नोलोजीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) २७ वर्षीय सुमन पौडेलले अहिले नोवल आरएक्स सफ्टवेयरलाई थप अद्यावधिक र विस्तार गरी नेपालको समग्र अस्पताल व्यवस्थापन प्रणालीको सिङ्गो प्याकेज प्रदान गर्ने सफ्टवेयरमा रुपान्तरण गरिरहेका छन् ।
‘अस्पतालमा हामीले देखेको मुख्य समस्या भनेको सञ्चारमा धेरै समय खर्च हुन्छ,’ सुमन भन्छन्, ‘ओपीडीमा जाउ चेक गर, फेरि ल्याबटेस्ट गर, रिपोर्ट कुर, रिपोर्ट भयो भएन फल्लोअप गरिरहनु पर्ने आदि समस्या थिए । टाढाबाट अस्पताल धाउनेहरूका लागि यो समय खाने धेरै खर्चिलो र झन्झटिलो कुरा हो । अस्पतालका यस्ता विभिन्न अव्यवस्थित पाटाहरूलाई ध्यानमा राखेर हामीले अस्पताललाई व्यवस्थापन गर्ने सिंगो प्रणाली नै विकास गर्ने तयारीमा छौं ।’
यसका लागि काइचोले विभिन्न प्याकेजमा सफ्टवेयर सोल्युसन ल्याएको छ । नोवल आरएक्सकै नामअन्तर्गत कम्पनीले ल्याब म्यानेजमेन्ट, फार्मेसी म्यानेजमेन्टलगायत समग्रमा अस्पताल व्यवस्थापनको सिंगो प्रणाली विकास गरेको छ ।
ल्याबमा परीक्षण गरेपछि बिरामीलाई आफ्नै फोनमा रिपोर्ट आएको नोटिफिकेसन र रिपोर्ट आउँछ । यस्तो बेला सुदुर पूर्वको अस्पतालमा रहेको आफ्नो रिपोर्टमा सुदुर पश्चिममा बसेको बिरामीले रिपोर्ट पाउन तथा प्रिन्ट गरेर निकाल्न सक्छन् ।
यसैगरी प्याथलोजी तथा डायग्नस्टिक ल्याबहरूमा ल्याब म्यानेजमेन्ट सिस्टम प्रयोग गर्न सकिन्छ । ल्याबको एलएसआई अर्थात् लेब्रटरी इन्फर्मेसन म्यानेजमेन्ट सिस्टमलाई यसले मेनुअल बनाउने काम गर्छ । अस्पतालका ल्याबमा प्रयोग हुने विभिन्न ठूला उपकरण जसमा सीबीसी अर्थात् कम्पिलिट ब्लड काउन्ट, बायोपेनिक सबै कामहरू मेनुअल्ली भइरहेको हुन्छ । तीनको आउटपुटलाई अटोमेट गर्न ल्याब म्यानेजमेन्ट सिस्टमले सहयोग गर्छ ।
‘हामी ल्याबमा प्रयोग भएका उपकरण तथा तीनका हार्डवेयरहरूलाई इथरनेटबाट सर्भरसँग जोड्छौं । मेसिनमा कुनै सिरम, युरिन, ब्लड जे हाले पनि त्यसको रिजल्टलाई मेनुअल्ली अपडेट गर्न पर्दैन । त्यसको रिपोर्ट सिधै बिरामीको मोबाइलमा आउँछ । मोबाइलबाटै त्यसलाई प्रिन्ट गर्न सकिन्छ,’ पौडेल भन्छन् ।
यसैगरी प्याथलोजी तथा डायग्नस्टिक ल्याबहरूमा ल्याब म्यानेजमेन्ट सिस्टम प्रयोग गर्न सकिन्छ । ल्याबको एलएसआई अर्थात् लेब्रटरी इन्फर्मेसन म्यानेजमेन्ट सिस्टमलाई यसले मेनुअल बनाउने काम गर्छ । अस्पतालका ल्याबमा प्रयोग हुने विभिन्न ठूला उपकरण जसमा सीबीसी अर्थात् कम्पिलिट ब्लड काउन्ट, बायोपेनिक सबै कामहरू मेनुअल्ली भइरहेको हुन्छ । तीनको आउटपुटलाई अटोमेट गर्न ल्याब म्यानेजमेन्ट सिस्टमले सहयोग गर्छ ।
यसबाहेक फार्मेसी म्यानेजमेन्टका लागि कम्पनीसँग फार्मेसी म्यानेजमेन्टको प्याकेज पनि छ । फार्मेसीमा कुनै मिति गुज्रन लागेको औषधी छ भने त्यसको म्यासेज पनि सम्बन्धित फार्मेसीलाई जान्छ । यसैगरी कुनै औषधी एक हजार थान भण्डारन गर्नुपर्ने थ्रेसहोल्ड तोकिएका छ भने हजारभन्दा कम हुँदा पनि फार्मेसीले नोटिफिकेसन पाउन सक्छ ।
फार्मेसीमा अघिल्लो औषधीको प्रेस्क्रिप्सन पर्चा नलगी संवेदनशील रोगका बिमारीहरूलाई औषधी नदिने चलन छ । यस्तोमा बिरामीले आफ्नो आईडी बताएको अवस्थामा फार्मेसी म्यानेजमेन्ट प्रणालीबाट पनि विरामीको सिंगो हिस्ट्री हेरेर प्रेस्क्रिप्सनअनुसार औषधी दिन मिल्छ ।
यसैगरी अस्पतालमा बिरामीले कुनै डाक्टरलाई स्वास्थ अवस्था चेक गर्न अनिवार्य रिपोर्ट ल्याउन पर्दैन । अस्पतालको ओपीडीमा आईडी नम्बर दर्ता गराएपछि त्यहाँबाटै आफ्नो सबै विवरण तथा रिपोर्ट पाउन सकिन्छ ।
आईसीयूहरूमा मुटु धड्कन, ब्लड, प्रेस सबै हेर्न मिल्ने मोनिटरलाई सिस्टमसँग सिंक्रोनाइज गरिएको हुँदा डक्टरले चाहेको समयमा आफ्नै क्याबिनमा बसेर आईसीयूको बिरामीलाई टाढैबाट निगरानी गर्न सक्छ ।
यसबाहेक प्रत्येक वार्डमा खटिएका स्वास्थकर्मीले सिस्टमबाटै बिमारीको रिपोर्टहरू पनि थाहा पाउन सक्छन् । काइचोले यसमा एम्बुलेन्स ट्रयाकिङ सिस्टम पनि राखेको सुमन बताउँछन् ।
‘अस्पतालमा धेरै एम्बुलेन्स छन् भने ती कहाँ कहाँ कुदिरहेका छन् पुगिरहेका छन् सबै कुरा ट्रयाक गर्न सकिन्छ । यसरी आपतकाल र आवश्यक परेको बेला थोरै समयमै एम्बुलेन्स सेवाको व्यवस्थापन गर्न सकिन्छ ।
कुन वार्डमा कति बेड खाली छन्, कुन बेडमा कुन बिमारी छन् यी सबै तथ्यांक एक क्लिकको भरमा अस्पतालले पाउन सक्छ । यसबाहेक अस्पतालको वित्तीय पाटोको व्यवस्थापन गर्न यसमा विलिङको अप्सन पनि छ जसले हाते बिललाई रिप्लेस गरेको छ ।
समय र खर्च दुवैको आधारमा मितव्ययी यो प्रणालीले गर्दा अस्पताल, बिरामी र चिकित्सकबीचको सञ्चारमा धेरै समय खर्च हुँदैन । एउटा अस्पतालसँग दिनमा २ सय जना बिरामीलाई चेकअप गर्ने क्षमता छ भने सिस्टमले यसलाई दुई गुणा बढाइदिन सक्छ ।
कोभिड संक्रमणको रिपोर्टिङका लागि समेत काइचोले उक्त सफ्टवेयरमा मन्त्रालयको सिस्टमसँग सिंक्रोनाइज गरिदिएको छ । जसले गर्दा संक्रमण तथा प्रगतिको डेटा स्वतः मन्त्रालयको सिस्टममा इन्ट्री हुन्छ रिपोर्टिको झन्झट मोल्न पर्दैन । यो सफ्टवेयरको सबैभन्दा राम्रो पाटो भनेको यो अनलाइन र अफलाइन दुवै अवस्थामा चल्छ । अफलाइनमा इन्ट्री भएको डेटाहरू अनलाइनमा आएपछि स्वत सिंक्रोनाइज हुन्छन् ।
कोभिड संक्रमणको रिपोर्टिङका लागि समेत काइचोले उक्त सफ्टवेयरमा मन्त्रालयको सिस्टमसँग सिंक्रोनाइज गरिदिएको छ । जसले गर्दा संक्रमण तथा प्रगतिको डेटा स्वतः मन्त्रालयको सिस्टममा इन्ट्री हुन्छ रिपोर्टिको झन्झट मोल्न पर्दैन । यो सफ्टवेयरको सबैभन्दा राम्रो पाटो भनेको यो अनलाइन र अफलाइन दुवै अवस्थामा चल्छ । अफलाइनमा इन्ट्री भएको डेटाहरू अनलाइनमा आएपछि स्वत सिंक्रोनाइज हुन्छन् ।
हाल नेपालका अधिकांश अस्पतालहरूमा भारतीय सफ्टवेयरहरू प्रयोगमा छन् । विश्वभर गोपनियताको विषयलाई गम्भिररुपमा लिई रहँदा स्वास्थजस्तो संवेदनशिल क्षेत्रमा विदेशी सफ्टवेयर सिस्टमको प्रयोग खासै उचित र आधिकारिक मानिँदैन ।
यस्तो बेला भारतीय सफ्टवेयरभन्दा केही सस्तो मूल्यमा उच्च गुणस्तरियता कायम गरी काइचोले यो सफ्टवेयर नेपाली बजारमा ल्याएको सुमन बताउँछन् । यसले हाल बजारमा एकाधिकार चलाइरहेका केही अन्य कम्पनीको सफ्टवेयरलाई समेत मूल्यको मामिलामा धेरै राहत दिने उनी बताउँछन् ।
‘हामीले सुरुमा त नाफाभन्दा पनि सहजताका लागि यो प्रविधि विकास गरेका थियौं । तर, पछि यो निकै उपयोगी र प्रभावकारी सावित भयो । सुरुमा हामीले कोभिड रहिन्जलसम्म भनेर वान टाइम पेड लिएर दिएका थियौं । तर धेरै लम्बिएको अवस्थामा ३ वर्षसम्म हेर्ने भनी दियौं ।’
पीसीआर रिपोर्ट दिने सोही सफ्टवेयरको अद्यावधिक संस्करण भएको कारण यसको मूल्यमा खासै फरक नरहेको उनी बताउँछन् । अस्पतालको आकार र उनीहरूले लिने प्याकेजअनुसार वान टाइम सेल्समा न्यूनतम ४० हजारदेखि साढे ३ लाख रुपैयाँसम्मको सफ्टवेयर सोल्युसन प्याकेज कम्पनीले प्रदान गर्छ ।
यसबाहेक वार्षिक रुपमा मर्मत खर्चका लागि ठूलो प्याकेजको २० हजार र सानो ४० हजारमा वार्षिक ५ हजार रुपैयाँ शुल्क लिने गरेको कम्पनीले बताएको छ ।साढे ३ लाखको प्याकेजमा अस्पतालभित्र आवश्यक पर्ने सम्पूर्ण सोल्युसन प्याकेज उपलब्ध हुन्छ ।
पीसीआर रिपोर्ट दिने सोही सफ्टवेयरको अद्यावधिक संस्करण भएको कारण यसको मूल्यमा खासै फरक नरहेको उनी बताउँछन् । अस्पतालको आकार र उनीहरूले लिने प्याकेजअनुसार वान टाइम सेल्समा न्यूनतम ४० हजारदेखि साढे ३ लाख रुपैयाँसम्मको सफ्टवेयर सोल्युसन प्याकेज कम्पनीले प्रदान गर्छ ।
कैलालीका नवप्रवर्तनमा लागेका युवाहरूले विचार विमर्श तथा ज्ञान आदान प्रदानका लागि २०६७ सालमा काइचो ग्रुपको स्थापना गरेका हुन् । पछि तीनै युवाहरूले काइचो टेक्नोलोजी कम्पनीको स्थापना गरे जसले काइचोमा बनेको टेक्निकल प्रोडक्टहरूको बिक्री तथा बजारीकरणको काम गर्छ ।
काइचोले टीकापुरबाट हाल आफ्नो प्रोडक्सन युनिट बुटवलमा स्थानान्तरण गरी सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको क्षेत्रमा मोफसलमा बसेर उपत्यका तथा विदेशका प्रविधिलाई समेत मात दिने काइचो कुनै नौलो नाम होइन ।
यसअघि काइचोलेनै निर्माण गरेको चल्ला कोरल्ने स्मार्ट पोथी मसिन आईडिया स्टुडियोको सिजन फाइभको विजेता पनि बनिसकेको छ । मेड इन नेपाल क्याटागोरीमा उक्त पोथी प्रविधि तथा व्यवसायिक आइडिया प्रथम भएको हो ।
काइचोले पोथीका विभिन्न प्रोडक्टलाई नेपालमात्र नभई दक्षिण एसियाली मुलुक भुटान बंगलादेश तथा भारतका केही भूभागमा समेत निर्यात गरिसकेको छ । पोथी हाल विभिन्न क्षमता र फिचर सहित नेपाली बजारमा यी मोफसलका युवाहरूले बिक्री गरिरहेका छन् ।
आईडिया स्टुडियोमा प्रथम भएपछि अहिले पोथीले १५ लाख रुपैयाँको सिड इन्भेस्टमेन्ट आईडिया स्टुडयो र प्रभु बैंकबाट पाउँदैछ भने राष्ट्रिय आविष्कार केन्द्रबाट यसअघि नै ८ लाख रुपैयाँको फण्ड प्राप्त गरिसकेको छ ।
हाल काइचोले १५ हजार अण्डा कोरल्न मिल्ने पोथीको अर्को संस्करण पोथी भविष्यको निर्माणमा काम गर्दैछ । यसैगरी नेपालको अव्यवस्थित लाइनलाई व्यवस्थापन गर्न क्यु म्यानेजमेन्ट सिस्टम पनि निर्माण गर्दैछ ।