काठमाडौं । चरम तरलता अभावबीच एनआईसी एसिया बैंकको व्यापार उत्कृष्ट रहेको छ । बैंकले पहिलो त्रैमासमा सार्वजनिक गरेको वित्तीय विवरणमा ४०.८४ प्रतिसेयर आम्दानी (ईपीएस) निकालेपछि व्यापारमा आक्रामक रहेको देखिएको हो ।
त्यसैगरी, एनआईसीपछि सबैभन्दा बढी व्यापार गर्नेमा सिद्धार्थ बैंक छ । उसको ईपीएस ३४.६२ छ । त्यसैगरी तेस्रो स्थानमा नबिल बैंक छ । अहिलेको हिसावमा सबैभन्दा मुख्य कुरा ईपीएस हो । ईपीएस बढ्नु भनेको त्यो बैंकको व्यापार बढिरहेको छ भन्ने देखाउँछ ।
धेरै व्यापार गर्ने र थोरै पुँजी भएका बैंकले हकप्रद सेयर निकाल्नसम्म पाउने अवस्था छ । यद्यपि अहिले नेपाल राष्ट्र बैंकले हकप्रद सेयर निष्कासन गर्न रोकेको छ ।
उनीहरु आक्रामक व्यापार गरिरहेका छन् । तर, थप व्यापार गर्न बैंकसँग लगानीयोग्य पुँजी भएन भने त्यस्तो अवस्थामा थोरै पुँजी भएका बैंकलाई केन्द्रीय बैंकले थप हकप्रद सेयर जारी गर्न दिन सक्ने सम्भावना रहेको बैंकरहरु बताउँछन् ।
केन्द्रीय बैंकले थोरै पुँजी भएको र व्यापार बढी भएका बैंकलाई सबैभन्दा पहिला हकप्रद सेयर ल्याउन दिने सम्भावना हुन्छ । नाफा धेरै कमाउन व्यापार पनि त्यहीअनुसारनै गर्नुपर्छ ।
पहिलो त्रैमासमा सबैभन्दा बढी व्यापार गर्नेमा एनआईसी एसिया छ । उसले ४०.८४ ईपीएस निकालेको छ । उसको पुँजी ११ अर्ब ५० करोड रुपैयाँ छ । सिद्धार्थ बैंकले ३४.६२ ईपीएस निकालेको छ । उसको पुँजी १० अर्ब ९६ करोड रुपैयाँ छ ।
तरलता अभाव भएको बेला पनि सबै व्यापार गरेर व्यवसाय बढाउन सक्दैनन् । बिजनेस ग्रोथको सम्भावना नभएको बेला जसको ग्रोथ बढी छ, उसलाई केन्द्रीय बैंकले राइट दिने सम्भावना हुन्छ ।
त्यसैगरी, निष्क्रिय कर्जा (एनपीएल) सबैभन्दा कम हुने बैंकमा सानिमा परेको छ । उसकाे एनपीएल ०.११ प्रतिशत मात्र छ । त्यसैगरी सबैभन्दा बढी एनपीएल नेपाल इन्भेष्टमेन्ट बैंकको छ । उसको २.२७ प्रतिशत रहेको छ ।