काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा वाणिज्य बैंकले १८ अर्ब ११ करोड ७३ लाख ८८ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । बैंकहरूले काेभिडकाे समयमा पनि नाफामा उच्च सुधार ल्याएएकाे देखिएकाे छ ।
गत वर्ष १४ अर्ब ६० करोड ४२ लाख ७६ हजार रूपैयाँ खुद मुनाफा गरेकोमा यस वर्षको पहिलो त्रैमासमा बैंकहरुले १८ अर्ब ११ करोड ७३ लाख ८८ हजार रूपैयाँ पुगेको छ । समीक्षा अवधिमा २३ वटा वाणिज्य बैंकको खुद मुनाफा बढेको छ भने ४ वटा वाणिज्य बैंकको मुनाफा भने घटेको छ ।
चालु आर्थिक वर्षको तीन महिनामा ५ वटा बैंकको नाफा उल्लेख्य बढेको छ । तीन महिनामा ५ वटा बैंकको नाफा अर्ब घटेको छ । नाफा आर्जनतर्फ हेर्दा एनएमबि बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक, नबिल बैंक र ग्लोबल आइएमई बैंक अर्बपति क्लबमा प्रवेश गरेका छन् ।
यो अवधिमा सबैंभन्दा बढी नाफा एनआईसी एसिया बैंकले नाफा आर्जन गरेको छ । बैंकले १ अर्ब १८ करोड ६ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १५.६३ प्रतिशतले बढेको छ ।
धेरै नाफा कमाउनेमा नबिल बैंक दोस्रो र ग्लोबल आइएमई बैंक तेस्रो रहेका छन् । नबिल बैंकले १ अर्ब ११ करोड २२ लाख ३४ हजार रुपैयाँ र ग्लोबल आइएमईले १ अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । नबिलको नाफा ७.३८ र ग्लोबलको ५.०४ प्रतिशतले बढेको छ ।
लगानीयोग्य रकमको अभावको बाबजुद पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले २४ प्रतिशतले नाफा वृद्धि गरेका छन् । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा निक्षेपको वृद्धिदर उल्लेख नभए पनि ऋण लगानीमा उल्लेख्य वृद्धि हुँदा वाणिज्य बैंकहरुको नाफामा वृद्धि देखिएको हो ।
केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूले कमाएकाे नाफालाइ सकारात्मक रूपमा लिएकाे प्रतिक्रिया दिएका छन् ।