काठमाडौं । टोयोटाको आधिकारिक बिक्रेता कम्पनी युनाइटेड ट्रेडर्स सिन्डिकेटले यो वर्षको नाडा अटो सोमा दुईओटा हाइब्रिड भेहिकलको प्रदर्शनमा राख्ने भएको छ । कम्पनीले नाडा अटो सो २०१९ मा क्यामरी हाइब्रिड र र्याभ फोर हाइब्रिड भेहिकलहरुको सोकेस गर्ने मार्केटिङ प्रमुख विवेक बलामीले क्यापिटल नेपालसँग बताएका छन् ।
क्यामरी हाइब्रिड
टोयोटाको हाइब्रिड भेहिकल क्यामरी हाइब्रिडमा २.५ लिटरको चार सिलिण्डर इन्जिन छ, जसमा २०८ हर्सपावर जेनेरेट गर्ने एउटा इलेक्ट्रिक मोटर छ । यसमा निकेल मेटल हाइड्रिड, २४५ भोल्टको ब्याट्री रियर सिटमुनि राखिएको छ । यसमा ५० लिटरको फ्युल ट्याङ्क छ । बलियो एक्सिलेरेसन र फ्युल इफिसियन्सी दिने यो क्यामरी हाइब्रिड एउटै मात्र भेरियन्टमा उपलब्ध छ । यसैले यसमा सबै राम्रा फिचरहरु रहेका छन् ।
यसले प्रतिलिटर १९.१६ किलोमिटरको माइलेज दिन्छ ।
यसको इन्टेरियर एकदमै आरामदायी र पर्याप्ट स्पेस भएको छ । चार ओटा ढोका, पाँच ओटा सिट यसमा छन् । यसले २१५ बीएचपी पावर र २२१ एनएम टर्क जेनेरेट गर्दछ ।
यसमा अटोमेकिट सीभीटी सिक्स गियरवाला स्पोर्ट मोडको ट्रान्समिसन छ । भारतीय बजारमा यसको मूल्य ३६ लाख ९५ हजार भारतीय रुपैयाँ रहेको छ ।
र्याभ फोर हाइब्रिड
र्याभ फोर हाइब्रिड गाडीमा २.५ लिटरको चार सिलिन्डर इन्जिन र कन्टिन्युअस भेरियबल अटोमेटिक ट्रान्समिसनवाला इलेक्ट्रिक मोटर छ । अन्तर्राष्ट्रिय बजारमा यो पाँचओटा भेरियन्टमा उपलब्ध छ— एलई, एक्सएलई, एक्सएसई प्रिमियम, एड्भेन्चर र लिमिटेड । यी सबै मोडल हाइब्रिड पावरट्रेनमा उपलब्ध छ । र्याभ फोर उपलब्ध हाइब्रिड र इलेक्ट्रिक एसयूभीहरुमध्येमा हाई र्याङ्कमा पर्ने गर्छ ।
टोयोटाले सार्वजनिक गरेकामध्ये र्याभ छैटौं हाइब्रिड मोडल हो । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य २७ हजार डलरदेखि लिएर ३४ हजार डलरको बीच रहेको छ ।
यो गाडीको पाँच सिट क्षमता छ । यसको इन्जिनको कुरा गर्दा अन्तर्राष्ट्रिय बजारमा यो एउटै मात्र २.५ लिटरको इन्जिन अप्सनमा उपलब्ध छ । जसमा २०३ हर्सपावर रहेको छ । यो २.५ लिटरको चार सिलिन्डरले १७६ एचपी पावर र १६३ आईबी एफटी टर्क जेनेरेट गर्छ ।
यसमा ८ स्पिड सीभीटी अटोमेटिक ट्रान्समिसन छ । यसमा १९ इन्चको अलोय ह्विल्स रहेको छ । यसमा ड्योल जोन क्लाइमेट कन्ट्रोल, इन्टेरियरमा लेदरको सिट, प्यानोरामिक सनरुफ, एलईडी हेडलाइट र टेललाइट पनि यसमा उपलब्ध छन् ।
यसमा डिपार्चर र एपार्चर एङ्गल एकदमै राम्रो उच्च छ । यसमा सात आठ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन उपलब्ध छ ।