काठमाडौं । एमएडब्लूले आज नेपाली बजारमा यामाहाको एफजेड एस एफआई भी थ्री बाइक सार्वजनिक गरेको छ ।
एफआई जडित प्रविधिको साथमा आएको यो बाइकको ब्लुटुथ कनेक्टेड यामाहा मोटरसाइकल कनेक्टेड एक्स एपसँग सिंक्रोनाइज भई अत्याधुनिक तरिकाले काम गर्छ । उक्त एपको माध्यमबाट बाइकलाई इ लकिङ गर्न, पछिल्लो २० दिनको यात्राको डिटेल हेर्न, बाइक लोकेट गर्न, इन्डिकेटरहरु एक्टिभ गर्न जस्ता विभिन्न फिचरहरु प्रयोग गर्न सकिन्छ । यो एप हाल एप्पल र गुगल दुवैको एप स्टोरमा उपलब्ध छ ।
उत्कृष्ट पर्फमेन्स र माइलेज भएको यो बाइकको तौल १३५ किलो छ । यो बाइकमा १४९ सीसीको पावर इन्जिन छ । यस बाइकमा बीएस सिक्स आधारित इन्जिन छ । यसले १२.४ पीएस पावर र १३.३ एनएमटर्क दिन्छ । माइलेज र पर्फमेन्सका लागि प्रख्यात यामाहाको यस बाइकमा ४९.३१ किलोमिटर प्रति लिटरको माइलेज पाउन सकिन्छ ।
यसमा १२.८ लिटरको फ्युल ट्यांक छ । यसले १०३.३३ किलोमिटर प्रतिघण्टाको अधिकतम स्पिड दिन्छ । १६५ एमएम ग्राउण्ड क्लिरेन्स भएको यो बाइकले अफरोजमा समेत गज्जब पर्फमेन्स दिन सक्छ ।
यामाहाको यामाहाको एफजेड एस एफआई भी थ्री बाइक सार्वजनिक समारोहमा बोल्दै आधिकारिक वितरक एमएडब्लू ग्रुपका सीईओ राजु क्षत्रीले बाइकमा अन्तराष्ट्रिय गुणस्तरको प्रविधि सहित एफआई जडित प्रविधि भएको हुँदा बाइकमा गुणस्तर, अत्याधुनिकता र स्टाइल सबै सुनिश्चित रहेको बताए ।
२ वर्षभित्र सबै कम्पनीहरुले एफआई जडित प्रविधि आफ्ना गाडीहरुमा प्रयोग गर्नबाहेक विकल्प नभएको र यामाहाले भने यसअघिदेखि नै त्यसको अभ्यास गरिरहेको कार्यक्रममा बताए ।
नेपाली बजारमा चार कलर भेरियन्टमा भित्रिएको यो बाइक दुईओटा प्राइस भेरियन्टमा उपलब्ध छ । समा भिन्टेज ग्रिन, डार्क म्याट ब्लू र म्याट रेडको मूल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ छ भने डार्क नाइट कलर भेरियन्टको मूल्य ३ लाख ८४ हजार ९ सय रुपैयाँमा उपलब्ध छ ।